Khabar Dabali २४ श्रावण २०८३ आईतवार | 9th August, 2026 Sun
Investment bank

अनाथ आश्रम बनाउन अनवरत फोहोरसँग खेल्दै पूर्वलडाकु ढुंगाना

भन्छन्: पार्टीलाई चन्दा दिएकाे माओवादी लडाकुको पारिश्रमिक कहाँ गयो ?

मनाेज भट्टराई

काठमाडौं । झापाको अर्जुनधारा, बिर्तामोड, बुट्टाबारीलगायतका स्थानहरुमा एक व्यक्ति फोहोर टिपिरहेका भेटिन्छन् झट्ट हेर्दा फुटपाथमा फेहोर टिपेर गजरा चलाउने जस्ता देखिन्छन् । हुलिया हेर्दा फोहर टिपेर गुजारा गर्ने जस्तो देखिएपनि ति व्यक्ति हुन् फोहरसँग साइनो गाँसिरहेका झापा अर्जुनधारा नगरपालिकाका गणेश ढुंगाना ।

ढुंगाना माओवादी पूर्वलडाकु हुन् । २०३५ साल असोज ५ मा जन्मिएका गणेश स्व कुमार ढुंगाना र सविता ढुंगानाका एकमात्र सन्तान हुन् । बुवालाई देख्न नपाएका ढुंगानाले दूध खाँदै आमा गुमाए । अनि टुहुरो बने । बालपन देखिनै उनी बेसहारा भएका थिए ।

उनले स्कुल देखेमात्रै । औपचारिक शिक्षा हासिल गर्न पाएनन् । गणेशका अनुसार आमाको मृत्युपछि स्थानीय समाजसेवी कुसन अधिकारीले उनलाई हुर्र्काए र बढाएका हुन् ।

आमाको माया र बुवाबाट संस्कार पाउन बञ्चित गणेशका आफन्त भन्नेसमेत कोही थिएनन् । हुर्के बढेपछि गणेश आफूलाई सहारा दिने अधिकारीसँगै चक्र सिटौला र गोमा सिटौलाको घर छाडेर हिँडे । झापा छाडेपछि आफ्नो ओछ्यान सडक र सिरक आकाश भएको उनी बताउँछन् । ‘उमेर बढ्दै गयो । अर्काको घरमा कति बस्नु भनेर उहाँहरुको घर छाडेर हिँडें । अहिले सडकमै मेरो बास छ’, उनले भने ।

कहिले इटहरी, कहिले धरान त कहिले विराटनगर र झापाको बिर्तामोड पुगेर प्लाष्टिक टिपेर दिनहरु कटाएको आफुले नर्सिेको उनले बताए । दुई छाक खानकै लागि प्लाष्टिक टिपेको उनी सुनाउँछन् ।  तर प्लाष्टिक टिप्दा पनि उनले धेरैको भनाइ खानु परेको गुनासो गर्छन् । ‘प्लाष्टिक टिप्दा कतिले खाते खान नपाएको भन्थे त कति पिट्न पनि पछि पर्दैनथे’, उनले भने, ‘यस्तो भोग्नुपर्दा र विगत संझदा दुःख लाग्छ ।’

गणेशको दैनिकी चलिरहेको थियो । देशमा आमूल परिवर्तनको नारा दिएर नेपाल कम्युनिष्ट पार्टी माओवादीले २०५२ फागुन १ देखि जनयुद्धको शैख घोष गर्यो । हुनेखानेदेखि हुँदा खाने परिवारका अधिकांश युवामा जनयुद्धको प्रभाव पर्दा गणेश अछुतो रहने कुरै भएन । जनयुद्धले देश तथा विदेशमा चर्चा पाइरहेको थियो । गणेश २०५९ साल साउन १९ गते माओवादीको जनसेनामा लामबद्ध हुन पुगे । अर्काको घरमा बसेर घाँस काटेका, हलो जोतेका र प्लाष्टिक टिपेका उनले जीवनमा बन्दुक बोकेको अनुभव पनि संगाले । हातमा बन्दुक आएपछि उनी गणेश ढुंगाना नभई ‘कमरेड मौसम’का नामले चिनिन थाले ।

उनले धेरै मोर्चामा लडाइँ लडेको अनुभव लिन पाएनन् तर पूर्वी नेपालका केही लडाइँमा आफू बाँच्न सफल भएको उनी बताउँछन् । लडाइँमा सँगै गएका केही साथी ढलेको सम्झँदा गणेश अहिले पनि भावुक हुन्छन् । उनले भने, ‘लडाइँका मोर्चामा सँगैका साथीहरु ढल्दा नरमाइलो लागे पनि त्यसबेला दुश्मनलाई जहाँ भेट्यो त्यही मार्छु जस्तो गरी रगत उम्लिन्थ्यो ।’

माओवादी जनयुद्धको बलमा भएको २०६२–०६३ को जनआन्दोलनले नेपालमा ठूलो परिवर्तन भयो । देशमा गणतन्त्र स्थापना भयो । जनताले पनि आफ्नो जीवनमा परिवर्तन हुने सपना देखेका थिए । जुन सपना गणेशले पनि देखेका थिए । तर त्यो सपना सपनामै सीमित रह्यो । ‘धेरै सपनाहरु थिए । म जस्ता अनाथ, विपन्न र हुँदा खानेको जीवन परिवर्तन हुने आशा थियो’, उनले भने, ‘व्यवस्था परिवर्तन त भयो तर हामी जस्ताको अवस्था फेरिएन । हामीले झन् दुःख भोगिरहनु परेको छ ।’

कहाँ गयो माओवादी लडाकुको पारिश्रमिक ?

माओवादी लडाकुहरु क्यान्टोनमेन्टमा रहेको समय गणेश प्रथम डिभिजन कार्यालय ब्रिगेड चुलाचुलीको एफ कम्पनीमा कार्यरत थिए । नेपाल सरकारले उनीहरुलाई पारिश्रमिक उपलब्ध गराएको थियो । सोही पारिश्रमिकसमेत माओवादी लडाकुहरुले पूरा पाउँदैनथे । त्यो पैसा कहाँ गयो अहिलेसम्म अत्तोपत्तो छैन ।

गणेशले जस्तै अरु सयौं माओवादी लडाकुहरुले आफ्नो पारिश्रमिक सहिद कोषमा जम्मा गरेका थिए । पार्टीले त्यही निर्देशन दिएको थियो । सोहीअनुसार उनले आफ्नो पारिश्रमिकबापतको रकम २०६४ असार ११ देखि पार्टीलाई चन्दाको रुपमा बुझाए । जुन रकम कहाँ छ, अहिले गणेशलाई केही थाहा छैन ।

‘मासिक २ हजारका दरले आउने रकम सबै पार्टीलाई बुझाएका थियौं । त्यो रकम कहाँ उपयोग गरियो मलाई केही जानकारी छैन’, उनले भने, ‘झापाका पार्टीका मान्छेहरुलाई हामीले बुझाएको पैसा कहाँ छ, सदुपयोग गरियो कि दुरुपयोग भयो भन्दा कसैले यो ठाउँमा खर्च भयो भन्न सकेनन् । आखिर लडाकुसँग लिएको पैसा माओवादीले कहाँ हाल्यो ?’

आफूले पाउने रकम सबै पार्टीको सहिद कोषमा जम्मा गरेको कारण त्यो रकम कहाँ के भयो भन्नेसम्म आफूलाई थाहा नहुँदा पीडा अनुभूति हुने गरेको उनले बताए ।

जागिरप्रति आफ्नो कुनै चाहना नभएको बताउँदै उनले स्वेच्छिक अवकास लिएर माओवादी लडाकुबाट बाहिरिएको बताए । ‘मैले पाउने ५ लाखमध्ये म ७५ हजार रुपैयाँमात्रै लिएर हिँडें । म जस्ता सयौं लडाकुको पैसा कहाँ के गरियो, अहिलेसम्म केही थाहा छैन’, उनले भने ।

अनाथ आश्रम बनाउने यात्रा

उनी माओवादी सेनाबाट बहिर्गमन भएपश्चात गाउँ समाजमा केही गरौं भनेर लागि नै रहे । आफू अनाथ भएकै कारण अनाथहरुका लागि केही गरौं भन्ने सोचका साथ अगाडि बढे । तर आर्थिक अवस्था कमजोर भएकाले २०७३ सालबाट फोहर संकलन थालेको गणेश बताउँछन् । फोहर व्यवस्थापन टाउको दुखाइको विषय भइरहेका स्थानमा गणेशले उदाहरणीय काम गरेका छन्  ।

सुरुमा बोरामा फोहर बोकेर हिँड्दा उनलाई मानसिक रोगी भनेर धेरैले गिज्याए । तर अहिले उनको कार्य देखेर ती नै मानिसहरुले प्रशंसा गर्न थालेका छन् । गणेशले पनि स्थानीयलाई जथाभावी फोहर नफाल्न सचेतसमेत गर्दै आएका छन् ।

दैनिक संकलन गरिएको प्लाष्टिकजन्य फोहोर बिक्री गरी अनाथ बालबालिकाका लागि खर्चको जोहो गर्ने उनको उद्देश्य रहेको छ । त्यसैले फोहर टिप्नु नै गणेशको दैनिकी भएको छ । उनी भन्छन्, ‘मैले जस्तो दुःख र व्यथापूर्ण जिन्दगी कसैले भोग्नु नपरोस् ।’

गणेशले अनाथ आश्रम बनाउने आफ्नो योजनाबारे अरुलाई नभनेका होइनन् । तर धेरैबाट उनले सहयोगको आश्वासनमात्रै पाए । ‘प्लाष्टिकजन्य फोहर बिक्रीबाट आएको रकम बैंकमा छ । अब संकलन भइसकेको दुई ट्रक फोहर बेचेर आएको पैसा लगानी गरेर अनाथ आश्रम निर्माण थाल्ने योजनामा छु’, उनी भन्छन्, ‘केही उद्योगपति तथा विदेशमा हुने सहयोगी मनहरुबाट आश्वासन आइरहेको छ । जग्गाको निधो हुनासाथ भवन निर्माण गर्न केही समस्या छैन ।’

उनको अनाथ आश्रम निर्माण गर्न अर्जुनधारा नगरपालिका– ३ मा एक बिगाहा जग्गा उपलब्ध गराउने भनिएको छ । तर राजमार्गबाट टाढा भएका कारण कन्काइ कोटीहोममा पनि जग्गाको कुरा भइरहेको उनले बताए । कोटीहोममा जग्गा नमिलेको खण्डमा खुदुनाबारीमै पनि बनाउन पर्छ भन्ने सोचमा आफू रहेको गणेशले बताए ।

कोभिडमा चुलो बाल्ने अभियान

यतिमात्र होइन, उनले कोरोना भाइरसको महामारीको पहिलो लकडाउन भएको तेस्रो दिन अर्थात २०७६ चैत १३ गतेबाट चुलो बाल्ने अभियान चलाए । उक्त अभियानअन्तर्गत नगरपालिकाको समन्वयमा उनले नगर क्षेत्रमा पहिलोपटक राहत वितरण गरेका थिए ।

उनले हालसम्म झापाको अर्जुनधारा, बिर्तामोड, मेचीनगरलगायतका स्थानमा ४ हजार ५०० बढी विपन्न परिवारलाई चुलो बाल्ने अभियानमार्फत सहयोग गरे । उनले हरेक परिवारलाई दाल, चामल, नूनसहित खाद्यान्न वितरण गरे । स्वास्थ्य उपचार नपाएका मृगौला तथा मुटुरोगीलाई उपचारमा समेत गणेशले सहयोग गर्दै आएका छन् ।

उनले आफ्नो अभियानमा साथ दिने पत्रकार मोहनकाजी न्यौपाने, रञ्जित परियार, समाजसेवी शेरबहादुर थापा, अर्जुनधारा नगरपालिका प्रमुख हरिकुमार राना, बिर्तामोड नगरपालिका प्रमुख ध्रुव शिवाकोटी र जगत रानामगरलाई कहिल्यै बिर्सन नसकिने बताए । आफ्नो अभियानमा अमेरिकाबाट अरुण डाँगी र हेम थापा तथा कतारबाट डा। गणेश भट्टराईले पनि साथ र सहयोग गरेको गणेशले सुनाए ।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सात महिनामा सक्नुपर्ने सडक दुई वर्षमा पनि अधुरै, ठेकेदारको ढिलासुस्तीले यात्रु सास्तीमा

बागलुङ । सात महिनामा निर्माण सम्पन्न गर्ने सम्झौता भएको बागलुङ बजारको महत्वपूर्ण सडक दुई वर्ष बित्न लाग्दा पनि अधुरै छ । राष्ट्रिय गौरवको आयोजना मध्यप...

कप्तानगञ्ज हिंसात्मक घटनामा संलग्न भएको आशंकामा पाँच जना पक्राउ

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको हिंसात्मक घटनामा संलग्न भएको आशंकामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी ...

घाटामा डुबेका सरकारी उद्योगमा सुधारको संकेत, औषधिदेखि दुग्धसम्म नाफातर्फ

काठमाडौं । लामो समयदेखि घाटा व्यहोर्दै आएका सरकारी स्वामित्वका उद्योगमा सुधारको संकेत देखिन थालेको छ। सरकारले सञ्चालन व्यवस्थापन, उत्पादन वृद्धि, खर्च...

खारेज हुने सूचीबाट ब्युँतिँदै सहरी यातायात प्राधिकरण, अब उपत्यकाको सार्वजनिक यातायातमा ‘कमाण्ड’

काठमाडौं । खारेजीको सूचीमा परेको सहरी क्षेत्र सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरणलाई सरकारले पुनः सक्रिय बनाउने भएको छ। काठमाडौँ उपत्यकाको अस्तव्यस...

‘संघीयता र समावेशिता कमजोर बनाउने प्रयास स्वीकार्य छैन’ : भीष्मराज आङदेम्बे

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संघीयता, धर्मनिरपेक्षता, समावेशिता र लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने प्रयास स्वी...

वर्षा र पहिरोले देशभरका सडक अस्तव्यस्त, प्रमुख राजमार्गका विभिन्न खण्ड अवरुद्ध

काठमाडौं । लगातारको वर्षासँगै आएको पहिरो, सडक भासिने र कटानका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन्। प्रमुख राजमार्ग तथा करिडोरका विभिन्न खण...

ग्यास नपाउने गुनासा बढेपछि ‘क्विक रेस्पोन्स’ टिम सक्रिय, दैनिक ४ सयसम्म गुनासा

काठमाडौं । बजारमा खाना पकाउने ग्यासको अभाव देखिएपछि उपभोक्ताका गुनासा तत्काल सम्बोधन गर्न स्थापना गरिएको ‘क्विक रेस्पोन्स’ टिम सक्रिय बनेको छ। ग्या...

मनसुन सक्रिय, विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा विभिन्न प्रदेशका पहाडी तथा तराई क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाश...

सडकबाट झरेको पहिरोले १३७ मुरी धान फल्ने खेत बगर बनायो, किसानको मेहनत खेर

खोटाङ । गोडमेल गर्ने बेलामा धान खेतमा पहिरोको लेदो र गेगर पसेपछि खोटाङका किसानको वर्षदिनको मेहनत जोखिममा परेको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिक...

ऋषि धमलाको प्रश्न–‘जनताको आवाज बोल्ने ठाउँ नै बन्द किन?’

काठमाडौं । भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लब नेपाल तीन महिनादेखि बन्द रहेपछि क्लबका अध्यक्ष ऋषि धमलाले सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending