Khabar Dabali १ असार २०८३ सोमबार | 15th June, 2026 Mon
Investment bank

आरोग्य पर्यटन दशकले नेपाललाई विश्व स्वास्थ्य गन्तव्य बनाउने : चेम्बर अध्यक्ष अग्रवाल

खबरडबली संवाददाता

काठमाडौं  । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले सरकारले घोषणा गरेको ‘आरोग्य दशक’ पहलले नेपाललाई आरोग्य, स्वास्थ्य तथा चिकित्सा पर्यटनको अन्तर्राष्ट्रिय गन्तव्यका रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।

काठमाडौंमा आयोजित आयुष अन्तर्राष्ट्रिय कन्क्लेभ २०२६ लाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै अध्यक्ष अग्रवालले नेपालमा रहेका हिमाल, जडीबुटी, योग, ध्यान तथा परम्परागत उपचार पद्धतिजस्ता प्राकृतिक तथा सांस्कृतिक सम्पदाले स्वास्थ्य पर्यटनका क्षेत्रमा अपार सम्भावना बोकेको उल्लेख गरे ।

उनका अनुसार नेपाल चेम्बर अफ कमर्सले ‘आरोग्य दशक’ अभियानलाई पूर्ण समर्थन गर्नेछ । यस पहलले स्वास्थ्य क्षेत्रमा लगानी, नवप्रवर्तन, अनुसन्धान तथा अन्तर्राष्ट्रिय सहकार्यलाई प्रवद्र्धन गर्ने विश्वास उनले व्यक्त गरे ।

सन् १९५१ मा स्थापित नेपाल चेम्बर अफ कमर्सले सात दशकभन्दा बढी समयदेखि व्यापार, उद्योग, पर्यटन तथा आर्थिक कूटनीतिमा योगदान दिँदै आएको पनि उनले स्मरण गरे ।

अध्यक्ष अग्रवालले विश्व स्वास्थ्य प्रणाली उपचारमुखी अवधारणाबाट स्वास्थ्य प्रवद्र्धन, रोग रोकथाम, जीवनशैली व्यवस्थापन तथा समग्र कल्याणतर्फ उन्मुख भइरहेको बताए । कोभिड–१९ महामारीले स्वास्थ्य प्रणाली सुदृढता, मानसिक स्वास्थ्य र समुदायस्तरीय तयारीको महत्व अझ स्पष्ट पारेको उनको भनाइ थियो ।

उनले परम्परागत चिकित्सा प्रणाली र आधुनिक विज्ञानबीचको सहकार्य भविष्यको स्वास्थ्य सेवाको आधार बन्न सक्ने उल्लेख गर्दै कृत्रिम बौद्धिकता (एआई), डिजिटल स्वास्थ्य, टेलिमेडिसिन, जैव प्रविधि तथा डाटा विश्लेषणजस्ता प्रविधिले स्वास्थ्य क्षेत्रमा नयाँ अवसर सिर्जना गरिरहेको बताए ।

नेपालका जडीबुटी, प्राकृतिक उपचार पद्धति, योग तथा ध्यानलाई वैज्ञानिक अनुसन्धानमार्फत विश्व बजारमा प्रवद्र्धन गर्न सके आर्थिक वृद्धि, रोजगारी सिर्जना र दिगो विकासमा महत्वपूर्ण योगदान पुग्ने उनको भनाइ थियो ।

सम्बोधनका क्रममा उनले नेपाल र भारतबीचको ऐतिहासिक, सांस्कृतिक तथा जनस्तरको सम्बन्ध उल्लेख गर्दै स्वास्थ्य तथा आरोग्य क्षेत्रमा सहकार्यले द्विपक्षीय सम्बन्ध अझ सुदृढ बनाउन सक्ने बताए । उनले संयुक्त अनुसन्धान, शैक्षिक आदान–प्रदान, औषधि उद्योग, जडीबुटीजन्य उत्पादन तथा स्वास्थ्य पर्यटनमा सहकार्य विस्तार गर्नुपर्ने आवश्यकता औंल्याए ।

सरकार, निजी क्षेत्र, शैक्षिक संस्था, स्वास्थ्यकर्मी, अनुसन्धानकर्ता र विकास साझेदारबीचको सहकार्यबाट मात्र समावेशी र दिगो स्वास्थ्य प्रणाली निर्माण सम्भव हुनेमा उनले जोड दिए ।

नेपाल–भारतबीच स्वास्थ्य, अनुसन्धान, औषधि उद्योग तथा पर्यटन क्षेत्रमा सहकार्य विस्तार गर्नुपर्ने उनले दोहोर्‍याए । आयुष कन्क्लेभ २०२६ ले नयाँ साझेदारी विकास गर्दै मानव कल्याण र दिगो विकासमा योगदान पुर्‍याउने विश्वास उनले व्यक्त गरे ।

नेपाल चेम्बर अफ कमर्सको सहकार्यमा आयोजित कन्क्लेभको चौथो संस्करण काठमाडौंमा सम्पन्न भएको हो । जुन १४ मा भएको उक्त कार्यक्रमको मुख्य उद्देश्य आयुष प्रणालीलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्नु तथा चिकित्सकहरूलाई भविष्य उन्मुख प्रविधिसँग परिचित गराउनु रहेको थियो ।

कार्यक्रममा नेपाल, भारत, बंगलादेश र युएईका आयुर्वेद विशेषज्ञ, चिकित्सक, अनुसन्धानकर्ता र प्राविधिकसहित २०० भन्दा बढी प्रतिनिधिहरूको सहभागिता रहेको थियो । यसअघि भारतको आग्रा, गोवा र जयपुरमा सफलतापूर्वक सम्पन्न भइसकेको यो कन्क्लेभ नेपालमा पहिलो पटक आयोजना गरिएको हो । कार्यक्रममा नेपालस्थित भारतीय दूतावासका उच्च अधिकारीहरूको पनि उपस्थिति थियो ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आज सातै प्रदेशले ल्याउँदै आर्थिक वर्ष २०८३–८४ को बजेट

काठमाडौँ । आज देशका सातै प्रदेश सरकारले आर्थिक वर्ष २०८३–८४ का लागि वार्षिक बजेट सार्वजनिक गर्दैछन् । अघिल्ला वर्षहरूमा अत्यधिक महत्वाकांक्षी बजेट ल्य...

अमेरिका–इरानबीच शान्ति सम्झौता, होर्मुज जलमार्ग पुनः सञ्चालन हुने तयारी

काठमाडौँ  । फारसको खाडी क्षेत्रमा लामो समयदेखि जारी तनाव अन्त्य गर्ने उद्देश्यसहित अमेरिका र इरानबीच महत्वपूर्ण शान्ति सम्झौता भएको छ । सम्झौता भएपछि ...

आरोग्य पर्यटन दशकले नेपाललाई विश्व स्वास्थ्य गन्तव्य बनाउने : चेम्बर अध्यक्ष अग्रवाल

काठमाडौं  । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले सरकारले घोषणा गरेको ‘आरोग्य दशक’ पहलले नेपाललाई आरोग्य, स्वास्थ्य तथा चिकित्सा पर्यट...

निशान्त विक र संगीना थापा मगर बने ‘९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता’का विजेता

काठमाडौं । ‘९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३’ को उपाधि निशान्त विक र संगीना थापा मगर (प्रतिष्ठान उपत्यका समन्वय समिति (ख))ले जितेका...

सुविधा बढे, गाउँ रित्तिए: अर्घाखाँचीमा ७ हजार हेक्टरभन्दा बढी जमिन बाँझो

काठमाडौं । एक समय नुन–तेल किन्न बुटवलसम्म ढाकर बोकेर पुग्नुपर्ने अर्घाखाँचीका गाउँमा आज सडक, बिजुली, इन्टरनेट, खानेपानी र स्वास्थ्य सेवाको पहुँच पुगेक...

जयतु संस्कृतम् : शिक्षा सुधारको मागबाट सुरु भएको आन्दोलन, प्रजातन्त्रको आधार बन्यो

काठमाडौँ । नेपालको पहिलो संगठित विद्यार्थी आन्दोलनका रूपमा चिनिने ‘जयतु संस्कृतम्’ आन्दोलनको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी ८०औँ जयतु संस्कृत...

भारतीय बाँधले बढायो गौरको चिन्ता, डुबान जोखिम झन् गहिरियो

रौतहट । भारतले नेपाल–भारत सीमावर्ती क्षेत्रमा रहेको बाँध मर्मतको नाममा थप अग्लो र बलियो बनाउन थालेपछि रौतहटको सदरमुकाम गौरसहित आसपासका बस्ती पुनः डुबा...

पहिलो हाफमा स्वीडेन २-१ ले अगाडि

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मेक्सिकोको मोन्टेरे स्टेडियमा भइरहेको समूह एफको खेलमा स्वीडेनले ट्युनिसिया विरुद्ध पहिलो हाफमा २-१ को अग्रता बना...

एमालेमा बढ्दै ध्रुवीकरण, ओलीको निशानामा पौडेल–पोखरेल

काठमाडौं । नेकपा एमालेभित्र पुनर्गठन बहस चर्किरहेका बेला अध्यक्ष केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेतामाथि सार्वजनिक रूपमा नभए पनि आन्तरिक बैठकमा कडा ...

निजी लगानीमा अन्तर्राष्ट्रिय क्रिकेट मैदान, सरकारी रङ्गशाला भने अझै अलपत्र

भैरहवा । रुपन्देहीमा क्रिकेट पूर्वाधार विस्तारले तीव्रता पाइरहेका बेला निजी क्षेत्रको सक्रियताले नयाँ आशा जगाएको छ। निजी लगानीमा अन्तर्राष्ट्रिय स्तरक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending