काठमाडौं। भारतीय सेनाको हेलिकप्टर बिनाअनुमति नेपाली आकाशमा उडेको भनिएको विषय प्रतिनिधिसभामा उठेको छ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा नेपाल कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले उक्त विषय उठाउँदै सरकारसँग स्पष्ट जवाफ माग गरेका हुन्।
दुलालले भारतीय सेनाको हेलिकप्टर दार्चुला क्षेत्रको नेपाली भूमि हुँदै उडेको र त्यसमा भारतीय सेनाका उच्च पदस्थ अधिकारी सवार रहेको भन्ने जानकारी प्राप्त भएको उल्लेख गरे।
उनले नेपालको सार्वभौमसत्ता र हवाई क्षेत्रसँग सम्बन्धित विषय भएकाले घटनाबारे सरकारको आधिकारिक धारणा सार्वजनिक गर्न माग गरे।
‘भारतीय सेनाको हेलिकप्टर नेपाली भूमि हुँदै उडेको र त्यसमा भारतीय सेनाका प्रमुख व्यक्ति सवार रहेको भन्ने कुरा आएको छ। यस विषयमा सरकारले स्पष्ट जानकारी दिनुपर्छ,’ दुलालले संसद्मा भने।
उनले घटनाको वास्तविकता के हो, हेलिकप्टरले आवश्यक अनुमति लिएको थियो वा थिएन भन्नेबारे सरकारबाट स्पष्ट जवाफ आउनुपर्ने आवश्यकता औंल्याए।
उक्त विषय संसद्मा उठेसँगै सरकारले यसबारे औपचारिक जानकारी दिने अपेक्षा गरिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १ गते, २०८३ - १३:३९
सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी कर्णाली प्रदेश सभापति पदका लागि तीन जनाको उम्मेदवारी दर्ता भएको छ। पार्टी स्रोतका अनुसार वर्तमान सभापति मदन खड...
आषाढ़ १ गते, २०८३ - १३:२७
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालले दिएको ‘खुट्टा भाँच्ने’...
आषाढ़ १ गते, २०८३ - १३:२०
कपिलवस्तु। कपिलवस्तुको शिवराज नगरपालिकाबाट नक्कली नेपाली नोटसहित एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । वडा प्रहरी कार्यालय चन्द्रौटाका अनुसार ...
आषाढ़ १ गते, २०८३ - १३:११
दमक । झापामा लागुऔषध नियन्त्रणका लागि प्रहरीले सञ्चालन गरेको विशेष स्वीप अपरेशनमा दुई दिनमै ४१ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापा, ...
आषाढ़ १ गते, २०८३ - १२:५०
समयमै काम नसके दैनिक एक करोड रुपैयाँ जरिवाना तिराइने चेतावनी
आषाढ़ १ गते, २०८३ - १२:३५
काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले नेपाल–भारत सीमामा कडाइ गर्न सरकारसँग माग गरेकी छन्। प्रतिनिधिसभाक...
आषाढ़ १ गते, २०८३ - १२:२०
काठमाडौं। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्रीको विवादित अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउन तथा प्रधानमन्त्री स्वयंले उक्त भनाइ...
आषाढ़ १ गते, २०८३ - १२:१२
काठमाडौं। भारतीय सेनाको हेलिकप्टर बिनाअनुमति नेपाली आकाशमा उडेको भनिएको विषय प्रतिनिधिसभामा उठेको छ। प्रतिनिधिसभाको सोमबारको बैठकमा नेपाल कम्युनिस्...
आषाढ़ १ गते, २०८३ - ११:५७
काठमाडौं। नेकपा एमालेले गिरीबन्धु टी स्टेट प्रकरणसहित चर्चित विवादास्पद विषयका फाइल सार्वजनिक गर्न सरकारलाई चुनौती दिएको छ। प्रतिनिधिसभाको सोमबारको...
आषाढ़ १ गते, २०८३ - ११:४५
धनगढी। कैलालीको गोदावरी नगरपालिका–४ स्थित गाईमारे क्षेत्रमा वन अतिक्रमण हटाउने क्रममा टेम्पो भिरबाट खसालिएको घटनाको छानबिन गर्न समिति गठन गरिएको छ। ...



प्रतिकृया लेख्नुहोस्: