Khabar Dabali १ असार २०८३ सोमबार | 15th June, 2026 Mon
Investment bank

कर्मचारी सञ्चय कोषलाई प्राइभेट इक्विटी र भेन्चर क्यापिटलमा लगानी गर्न कानुनी बाटो खुल्ने

खबरडबली संवाददाता

काठमाडौं। सरकारले कर्मचारी सञ्चय कोषलाई प्राइभेट इक्विटी (पीई) र भेन्चर क्यापिटल (भीसी)फण्डमा लगानी गर्न सक्ने कानुनी व्यवस्था गर्ने तयारी गरेको छ।

यससम्बन्धी प्रावधान समेटिएको केही नेपाल ऐन संशोधन विधेयकको मस्यौदा तयार गरी राय तथा सुझावका लागि सार्वजनिक गरिएको छ। कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले तयार पारेको उक्त मस्यौदामा कर्मचारी सञ्चय कोष ऐन, २०१९ को दफा १९ मा संशोधन प्रस्ताव गरिएको हो।

प्रस्तावित संशोधनअनुसार कोषले धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त म्युचुअल फण्ड, प्राइभेट इक्विटी फण्ड र भेन्चर क्यापिटल फण्डका धितोपत्र इकाइमा लगानी गर्न सक्नेछ।

हाल कर्मचारी सञ्चय कोष ऐनको दफा १९ ले कोषलाई विभिन्न २३ वटा क्षेत्रमा लगानी तथा वित्तीय परिचालन गर्ने अधिकार दिएको छ। कोषले नेपाल सरकारका ऋणपत्र, बैंक तथा वित्तीय संस्थाको निक्षेप, शेयर, डिबेन्चर, सहवित्तीयकरण, ऊर्जा, पर्यटन, कृषि, पूर्वाधार, आवास तथा सामाजिक सुरक्षा लगायतका क्षेत्रमा लगानी गर्न पाउने व्यवस्था छ।

क) नेपाल सरकार वा नेपाल सरकारबाट स्वीकृति प्राप्त विदेशी वा स्वदेशी संस्थाको ऋण पत्रमा लगानी गर्ने,

(ख) प्रचलित कानून बमोजिम स्थापित बैङ्कहरुको नगद प्रमाणपत्र (क्यास सर्टिफिकेट) मुद्दती डिपोजिटमा लगानी गर्ने,

(ग) कोषले उपयुक्त ठहरÞ्याएको प्रचलित कानून बमोजिम स्थापित वित्तीय संस्थाहरूको नगद प्रमाणपत्र (क्यास सर्टिफिकेट) मुद्दती डिपोजिटमा उपयुक्त बैङ्क जमानत लिई लगानी गर्ने,

(घ) नेपाल सरकारको जमानतमा कोषले तोकेको शर्त र ब्याजमा कुनै उद्योग धन्दा वा सङ्गठित संस्थालाई ऋण दिने,

(ङ) बैङ्क तथा वित्तीय संस्थाको शेयरमा लगानी गर्ने,

तर त्यसरी शेयरमा लगानी गर्दा त्यस्तो बैङ्क वा वित्तीय संस्थाको निष्काशित पूँजीको पच्चीस प्रतिशतमा नबढ्ने गरी लगानी गर्नु पर्नेछ ।

(च) कोषले उपयुक्त ठहर्‍याएको क्षेत्रमा प्रचलित कानून बमोजिम स्थापित बैङ्क वा वित्तीय संस्थाहरुसँग मिली सहवित्तीयकरणको आधारमा धितो विभाजन (पारिपासु) गर्ने गरी आपसमा भएको सम्झौता अनुसार संयुक्त रुपमा कर्जा दिने,

(छ) कोषले उपयुक्त ठहर्‍याएको प्रचलित कानून बमोजिम संस्थापित कम्पनी वा सङ्गठित संस्थाले जारी गरेको डिबेन्चरमा लगानी गर्ने,

तर त्यसरी डिबेन्चरमा लगानी गर्दा त्यस्तो कम्पनी वा सङ्गठित संस्थाले जारी गरेको कुल डिबेन्चरको पच्चीस प्रतिशतमा नबढ्ने गरी लगानी गर्नु पर्नेछ,

(ज) कोषले नेपाल सरकार वा नेपाल सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको कुनै निकायद्वारा प्रवर्द्धित ऊर्जा उत्पादन र प्रशारण, कृषि विकास, पर्यटन र ठूला पूर्वाधार निर्माणको क्षेत्रमा शेयर लगानी गर्न सक्ने,

(झ) कोषले आफै वा अरु संस्थासँग मिली कर्मचारी र स्वरोजगारमा संलग्न व्यक्तिहरुको सहभागितामा सामूहिक लगानी योजना (म्युच्यल फण्ड) सञ्चालन गर्न कम्पनी वा संस्थाको स्थापना गर्ने,

(ञ) कोषले कर्मचारी वा स्वरोजगारमा संलग्न व्यक्तिको सहभागितामा सामूहिक लगानी योजना (म्युच्यल फण्ड) सञ्चालन गर्ने,

(ट) कोषले आफैं वा अरु संस्थाहरुसँग मिली आवास परियोजनाहरु सञ्चालन गरी घर घडेरी सोझै वा किस्ताबन्दीमा सञ्चयकर्तालाई बिक्री वितरण गर्ने वा बहालमा दिने,

(ठ) कोषले आफै वा अरु संस्थाहरुसँग मिली विश्वविद्यालय, शिक्षण अस्पताल, मेडिकल कलेज लगायत शैक्षिक क्षेत्र, औषधी उत्पादन, ऊर्जा उत्पादन, पर्यटन, कृषि विकासमा सम्भाव्यता अध्ययन गरी लगानी गर्न सक्ने,

(ड) कोषको स्वामित्वमा रहेका घर घडेरी बिक्री वितरण गर्ने वा आवास परियोजना सञ्चालन गर्न कम्पनी वा संस्थाको स्थापना र सञ्चालन गर्ने,

(ढ) कोषको स्वामित्वमा रहेको जग्गामा भवनहरु निर्माण गरी बहालमा दिने,

(ण) प्रचलित कानून बमोजिम स्थापित बैङ्क वा वित्तीय संस्थाको जमानतमा शर्त र ब्याज तोकी प्रचलित कानून बमोजिम संस्थापित कम्पनी वा सङ्गठित संस्थालाई ऋण दिने,

(त) कोषले उपयुक्त ठहरÞ्याएको क्षेत्रमा पर्याप्त धितो वा जमानत लिई लगानी गर्ने,

(थ) कोषको ऋण बाँकीमा कुनै संस्थाको जायजेथा कोषलाई प्राप्त भएमा सो जायजेथाको सदुपयोग गर्न कोष आफैले वा अरु कुनै संस्थासँग मिली सो संस्थाको सञ्चालन गर्ने वा नयाँ संस्था संस्थापना गर्ने,

(द) निवृत्तिभरण, स्वास्थ्य बीमा लगायतका सामाजिक सुरक्षाको तोकिएको क्षेत्रमा कोष आफैले वा अन्य कुनै संस्थासँगको सहकार्यमा निवृत्तिभरण कोष, स्वास्थ्य बीमा, सामाजिक सुरक्षा कोष स्थापना गरी सञ्चालन गर्ने,

(ध) कुनै व्यक्ति वा संस्थाले कोषबाट लिएको सापटी वा ऋण भाखाभित्र नबुझाएमा वा कोषले धितो वा जमानतमा कुनै लगानी गरेकोमा ऐन बमोजिम साँवा ब्याज असुली गर्ने र कोषमा रहेको सम्बन्धित व्यक्तिको सञ्चित रकम वा धितो सुरक्षणबाट असुली हुन नसकेमा त्यस्तो व्यक्ति वा संस्थाको स्वामित्वमा रहेको अन्य चल अचल सम्पत्तिबाट असुली गर्ने,

(न) समितिले तोकेको शर्तमा कर्मचारी वा स्वरोजगारमा संलग्न व्यक्तिलाई सापटी दिने,

(प) कोषको सुरक्षालाई ध्यानमा राखी नेपाल सरकारको स्वीकृति लिई कर्मचारीको हितको कुनै काम गर्ने,

(फ) कोषले कर्मचारी तथा स्वरोजगारमा संलग्न व्यक्तिको अधिकतम लाभ तथा हित अभिवृद्धि हुने गरी समाजिक सुरक्षा वा कल्याणकारी कार्य गर्ने,

(ब) यस ऐन अन्तर्गत गर्नु पर्ने काम गर्दा परिआएको अरु सबै काम गर्ने ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

निर्माणाधीन संसद् हलको निरीक्षण गर्दै सभामुख अर्यालले भने: अब निश्चित मिति चाहियो

समयमै काम नसके दैनिक एक करोड रुपैयाँ जरिवाना तिराइने चेतावनी

नेपाल–भारत सीमामा पर्खाल लगाउन सांसद आशिका तामाङको माग

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले नेपाल–भारत सीमामा कडाइ गर्न सरकारसँग माग गरेकी छन्। प्रतिनिधिसभाक...

प्रहरीको भूमिकामाथि हर्क साम्पाङको प्रश्न

काठमाडौं। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्रीको विवादित अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउन तथा प्रधानमन्त्री स्वयंले उक्त भनाइ...

भारतीय सेनाको हेलिकप्टर नेपाली आकाशमा उडेको विषय संसद्मा उठ्यो, नेकपाले माग्यो सरकारसँग जवाफ

काठमाडौं। भारतीय सेनाको हेलिकप्टर बिनाअनुमति नेपाली आकाशमा उडेको भनिएको विषय प्रतिनिधिसभामा उठेको छ। प्रतिनिधिसभाको सोमबारको बैठकमा नेपाल कम्युनिस्...

गिरीबन्धु टी स्टेटदेखि ओम्नी–वाइडबडीसम्मका फाइल खोल्न एमालेको चुनौती

काठमाडौं। नेकपा एमालेले गिरीबन्धु टी स्टेट प्रकरणसहित चर्चित विवादास्पद विषयका फाइल सार्वजनिक गर्न सरकारलाई चुनौती दिएको छ। प्रतिनिधिसभाको सोमबारको...

टेम्पो भिरबाट खसालिएको घटनामा पाँच सदस्यीय छानबिन समिति गठन

धनगढी। कैलालीको गोदावरी नगरपालिका–४ स्थित गाईमारे क्षेत्रमा वन अतिक्रमण हटाउने क्रममा टेम्पो भिरबाट खसालिएको घटनाको छानबिन गर्न समिति गठन गरिएको छ। ...

सुनको भाउ प्रतितोला ५ हजार बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु पाँच हजारले बढेको छ । आइतबार प्रतितोला रु दुई लाख ९३ हजार २०० मा कारोबार भएको छापावाल सुन आजका ल...

कर्मचारी सञ्चय कोषलाई प्राइभेट इक्विटी र भेन्चर क्यापिटलमा लगानी गर्न कानुनी बाटो खुल्ने

काठमाडौं। सरकारले कर्मचारी सञ्चय कोषलाई प्राइभेट इक्विटी (पीई) र भेन्चर क्यापिटल (भीसी)फण्डमा लगानी गर्न सक्ने कानुनी व्यवस्था गर्ने तयारी गरेको छ। ...

बाजुरामा पानीमा डुबेर किशोरीको मृत्यु

बाजुरा। बाजुरामा पानीमा डुबेर एक किशोरीको मृत्यु भएको छ। मृत्यु हुनेमा बडिमालिका नगरपालिका–१ सल्याना निवासी कित्तु कार्कीकी १४ वर्षीया छोरी भावना क...

मधेशमा विद्यालय पहुँच बढ्यो, सिकाइ उपलब्धि अझै चुनौतीपूर्ण

महोत्तरी । मधेश प्रदेशमा शिक्षा क्षेत्रमा विद्यालय पहुँच विस्तार भए पनि सिकाइ उपलब्धिमा अपेक्षित सुधार हुन नसकेको आर्थिक सर्वेक्षणले देखाएको छ। प्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending