Khabar Dabali १ असार २०८३ सोमबार | 15th June, 2026 Mon
Investment bank

टेम्पो भिरबाट खसालिएको घटनामा पाँच सदस्यीय छानबिन समिति गठन

खबरडबली संवाददाता

धनगढी। कैलालीको गोदावरी नगरपालिका–४ स्थित गाईमारे क्षेत्रमा वन अतिक्रमण हटाउने क्रममा टेम्पो भिरबाट खसालिएको घटनाको छानबिन गर्न समिति गठन गरिएको छ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले प्रदेश वन निर्देशनालयका निर्देशक डा। हेमराज बिष्टको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो।

मन्त्रालयका सचिव दीर्घनारायण कोइरालाका अनुसार मन्त्रीस्तरीय निर्णयबाट गठन गरिएको समितिलाई घटनाको सत्यतथ्य छानबिन गरी सात दिनभित्र प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ।

समितिमा जिल्ला प्रशासन कार्यालय कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशी, डिभिजन वन कार्यालय पहलमानपुरका वरिष्ठ डिभिजनल वन अधिकृत जनक पाध्या, यातायात व्यवस्था कार्यालय कैलालीका मेकानिकल इन्जिनियर धोजराज जोशी तथा मन्त्रालयका कानुन अधिकृत विजयराज ओझा सदस्य रहेका छन्।

गत जेठ २९ गते वन अतिक्रमण हटाउने क्रममा वन कर्मचारीले टेम्पो भिरबाट खसालेको भिडियो सार्वजनिक भएपछि उक्त घटनाले व्यापक चर्चा र विवाद उत्पन्न गरेको थियो। भिडियो सार्वजनिक भएसँगै घटनाको निष्पक्ष छानबिनको माग उठेको थियो।

सोही क्रममा प्रदेश सरकारले घटनाको यथार्थता पत्ता लगाउन छानबिन समिति गठन गरेको हो।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

निर्माणाधीन संसद् हलको निरीक्षण गर्दै सभामुख अर्यालले भने: अब निश्चित मिति चाहियो

समयमै काम नसके दैनिक एक करोड रुपैयाँ जरिवाना तिराइने चेतावनी

नेपाल–भारत सीमामा पर्खाल लगाउन सांसद आशिका तामाङको माग

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले नेपाल–भारत सीमामा कडाइ गर्न सरकारसँग माग गरेकी छन्। प्रतिनिधिसभाक...

प्रहरीको भूमिकामाथि हर्क साम्पाङको प्रश्न

काठमाडौं। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्रीको विवादित अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउन तथा प्रधानमन्त्री स्वयंले उक्त भनाइ...

भारतीय सेनाको हेलिकप्टर नेपाली आकाशमा उडेको विषय संसद्मा उठ्यो, नेकपाले माग्यो सरकारसँग जवाफ

काठमाडौं। भारतीय सेनाको हेलिकप्टर बिनाअनुमति नेपाली आकाशमा उडेको भनिएको विषय प्रतिनिधिसभामा उठेको छ। प्रतिनिधिसभाको सोमबारको बैठकमा नेपाल कम्युनिस्...

गिरीबन्धु टी स्टेटदेखि ओम्नी–वाइडबडीसम्मका फाइल खोल्न एमालेको चुनौती

काठमाडौं। नेकपा एमालेले गिरीबन्धु टी स्टेट प्रकरणसहित चर्चित विवादास्पद विषयका फाइल सार्वजनिक गर्न सरकारलाई चुनौती दिएको छ। प्रतिनिधिसभाको सोमबारको...

टेम्पो भिरबाट खसालिएको घटनामा पाँच सदस्यीय छानबिन समिति गठन

धनगढी। कैलालीको गोदावरी नगरपालिका–४ स्थित गाईमारे क्षेत्रमा वन अतिक्रमण हटाउने क्रममा टेम्पो भिरबाट खसालिएको घटनाको छानबिन गर्न समिति गठन गरिएको छ। ...

सुनको भाउ प्रतितोला ५ हजार बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु पाँच हजारले बढेको छ । आइतबार प्रतितोला रु दुई लाख ९३ हजार २०० मा कारोबार भएको छापावाल सुन आजका ल...

कर्मचारी सञ्चय कोषलाई प्राइभेट इक्विटी र भेन्चर क्यापिटलमा लगानी गर्न कानुनी बाटो खुल्ने

काठमाडौं। सरकारले कर्मचारी सञ्चय कोषलाई प्राइभेट इक्विटी (पीई) र भेन्चर क्यापिटल (भीसी)फण्डमा लगानी गर्न सक्ने कानुनी व्यवस्था गर्ने तयारी गरेको छ। ...

बाजुरामा पानीमा डुबेर किशोरीको मृत्यु

बाजुरा। बाजुरामा पानीमा डुबेर एक किशोरीको मृत्यु भएको छ। मृत्यु हुनेमा बडिमालिका नगरपालिका–१ सल्याना निवासी कित्तु कार्कीकी १४ वर्षीया छोरी भावना क...

मधेशमा विद्यालय पहुँच बढ्यो, सिकाइ उपलब्धि अझै चुनौतीपूर्ण

महोत्तरी । मधेश प्रदेशमा शिक्षा क्षेत्रमा विद्यालय पहुँच विस्तार भए पनि सिकाइ उपलब्धिमा अपेक्षित सुधार हुन नसकेको आर्थिक सर्वेक्षणले देखाएको छ। प्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending