Khabar Dabali १ असार २०८३ सोमबार | 15th June, 2026 Mon
Investment bank

एमालेमा बढ्दै ध्रुवीकरण, ओलीको निशानामा पौडेल–पोखरेल

खबरडबली संवाददाता

काठमाडौं । नेकपा एमालेभित्र पुनर्गठन बहस चर्किरहेका बेला अध्यक्ष केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेतामाथि सार्वजनिक रूपमा नभए पनि आन्तरिक बैठकमा कडा असन्तुष्टि व्यक्त गरेका छन्। उनले उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेललाई लक्षित गर्दै उनीहरू नेतृत्व परिवर्तनको अभियानमा लागेको र त्यसले पार्टीलाई विभाजनतर्फ धकेल्न सक्ने आशंका व्यक्त गरेको स्रोतहरूले बताएका छन्।

बागमती प्रदेशका नेता–कार्यकर्तासँग पुनर्गठन कार्यदलको छलफलपछि गुण्डुमा आयोजित अनौपचारिक भेटघाटमा ओलीले कार्यदलको गतिविधि र त्यसको राजनीतिक उद्देश्यबारे चासो राखेका थिए। छलफलका क्रममा उनले केही नेताहरू पार्टी निर्माणभन्दा नेतृत्व परिवर्तनको रणनीतिमा केन्द्रित भएको टिप्पणी गरेको बताइएको छ।

बैठकमा सहभागी एक नेताका अनुसार ओलीले आफूलाई हटाउने प्रयास भइरहेको दाबी गर्दै त्यसको औचित्यमाथि प्रश्न उठाएका थिए। उनले राष्ट्रियता, सीमासम्बन्धी मुद्दा र पार्टीको नेतृत्वका पक्षमा आफूले खेलेको भूमिकालाई स्मरण गराउँदै आफूलाई विस्थापित गर्न खोजिनुको कारण के हो भनेर प्रश्न गरेका थिए।

ओलीले विशेषगरी पुनर्गठन अभियानको नेतृत्व गरिरहेका नेताहरूप्रति असन्तुष्टि व्यक्त गरेका थिए। पार्टीभित्र नेतृत्वको प्रतिरक्षा गर्नुको सट्टा केही नेताहरू फरक एजेन्डामा लागेको उनको बुझाइ रहेको स्रोतको दाबी छ।

पुनर्गठन कार्यदलले पार्टी संरचना, नेतृत्व प्रणाली र आगामी कार्यदिशाबारे सुझाव तयार पार्ने जिम्मेवारी पाएको छ। तर कार्यदलको काम अघि बढेसँगै एमालेभित्र शक्ति सन्तुलन र नेतृत्वको भविष्यबारे बहस पनि तीव्र बन्दै गएको छ।

एमाले सचिवालयले पूर्वउपाध्यक्ष रामबहादुर थापा ‘बादल’को नेतृत्वमा गठन गरेको १५ सदस्यीय कार्यदलले हाल विभिन्न तहका नेता–कार्यकर्तासँग परामर्श गरिरहेको छ। यही प्रक्रियालाई लिएर पार्टीभित्र मतभेद र आशंका दुवै बढिरहेका छन्।

केन्द्रीय तहका नेताहरूका अनुसार पुनर्गठनको बहस अब संगठनात्मक सुधारमा मात्र सीमित नरही नेतृत्व र पार्टीको भावी दिशासँग जोडिएको विषय बन्दै गएको छ। यही कारण आगामी केन्द्रीय कमिटी बैठक र त्यसपछिका निर्णयहरू एमालेको आन्तरिक राजनीतिका लागि निर्णायक बन्न सक्ने आकलन गरिएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आज सातै प्रदेशले ल्याउँदै आर्थिक वर्ष २०८३–८४ को बजेट

काठमाडौँ । आज देशका सातै प्रदेश सरकारले आर्थिक वर्ष २०८३–८४ का लागि वार्षिक बजेट सार्वजनिक गर्दैछन् । अघिल्ला वर्षहरूमा अत्यधिक महत्वाकांक्षी बजेट ल्य...

अमेरिका–इरानबीच शान्ति सम्झौता, होर्मुज जलमार्ग पुनः सञ्चालन हुने तयारी

काठमाडौँ  । फारसको खाडी क्षेत्रमा लामो समयदेखि जारी तनाव अन्त्य गर्ने उद्देश्यसहित अमेरिका र इरानबीच महत्वपूर्ण शान्ति सम्झौता भएको छ । सम्झौता भएपछि ...

आरोग्य पर्यटन दशकले नेपाललाई विश्व स्वास्थ्य गन्तव्य बनाउने : चेम्बर अध्यक्ष अग्रवाल

काठमाडौं  । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले सरकारले घोषणा गरेको ‘आरोग्य दशक’ पहलले नेपाललाई आरोग्य, स्वास्थ्य तथा चिकित्सा पर्यट...

निशान्त विक र संगीना थापा मगर बने ‘९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता’का विजेता

काठमाडौं । ‘९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३’ को उपाधि निशान्त विक र संगीना थापा मगर (प्रतिष्ठान उपत्यका समन्वय समिति (ख))ले जितेका...

सुविधा बढे, गाउँ रित्तिए: अर्घाखाँचीमा ७ हजार हेक्टरभन्दा बढी जमिन बाँझो

काठमाडौं । एक समय नुन–तेल किन्न बुटवलसम्म ढाकर बोकेर पुग्नुपर्ने अर्घाखाँचीका गाउँमा आज सडक, बिजुली, इन्टरनेट, खानेपानी र स्वास्थ्य सेवाको पहुँच पुगेक...

जयतु संस्कृतम् : शिक्षा सुधारको मागबाट सुरु भएको आन्दोलन, प्रजातन्त्रको आधार बन्यो

काठमाडौँ । नेपालको पहिलो संगठित विद्यार्थी आन्दोलनका रूपमा चिनिने ‘जयतु संस्कृतम्’ आन्दोलनको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी ८०औँ जयतु संस्कृत...

भारतीय बाँधले बढायो गौरको चिन्ता, डुबान जोखिम झन् गहिरियो

रौतहट । भारतले नेपाल–भारत सीमावर्ती क्षेत्रमा रहेको बाँध मर्मतको नाममा थप अग्लो र बलियो बनाउन थालेपछि रौतहटको सदरमुकाम गौरसहित आसपासका बस्ती पुनः डुबा...

पहिलो हाफमा स्वीडेन २-१ ले अगाडि

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मेक्सिकोको मोन्टेरे स्टेडियमा भइरहेको समूह एफको खेलमा स्वीडेनले ट्युनिसिया विरुद्ध पहिलो हाफमा २-१ को अग्रता बना...

एमालेमा बढ्दै ध्रुवीकरण, ओलीको निशानामा पौडेल–पोखरेल

काठमाडौं । नेकपा एमालेभित्र पुनर्गठन बहस चर्किरहेका बेला अध्यक्ष केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेतामाथि सार्वजनिक रूपमा नभए पनि आन्तरिक बैठकमा कडा ...

निजी लगानीमा अन्तर्राष्ट्रिय क्रिकेट मैदान, सरकारी रङ्गशाला भने अझै अलपत्र

भैरहवा । रुपन्देहीमा क्रिकेट पूर्वाधार विस्तारले तीव्रता पाइरहेका बेला निजी क्षेत्रको सक्रियताले नयाँ आशा जगाएको छ। निजी लगानीमा अन्तर्राष्ट्रिय स्तरक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending