विदुर नगरपालिका–स्थित इलम प्रशिक्षण केन्द्रमा तीन दिनसम्म चलेको फाइनल प्रतियोगिताको अन्तिम नतिजा आइतबार राति घोषणा गरिएको थियो । विजेता जोडीले शिल्डसहित नगद ३ लाख रुपैयाँ पुरस्कार प्राप्त गरे ।
त्यस्तै, सरोज सिंखडा र जमुना विश्वकर्मा (प्रतिष्ठान बागमती प्रदेश (क)) द्वितीय भए भने मानव रावत क्षेत्री र भावना अर्याल (प्रतिष्ठान मधेश प्रदेश (क)) तृतीय घोषित भए । राजमान खत्री र शान्ता वली (प्रतिष्ठान लुम्बिनी प्रदेश (ख)) ले सान्त्वना पुरस्कार प्राप्त गरे । क्रमशः द्वितीयले २ लाख, तृतीयले १ लाख र सान्त्वनाले ५० हजार रुपैयाँ पुरस्कार पाए ।
प्रतियोगितामा विभिन्न विधागत उत्कृष्ट पनि चयन गरिएका छन् । उत्कृष्ट गायक राजु लामिछाने, उत्कृष्ट गायिका जमुना सुनार, उत्कृष्ट नव गायक बिक्रम गहतराज, उत्कृष्ट नव गायिका शीतल कल्पना विक घोषित भए । अनुशासित गायक बेलबहादुर परियार, अनुशासित गायिका शान्ति कार्की तथा उत्कृष्ट भेषभूषा (पुरुष) प्रितम पोखरेल र (महिला) सीता माझी बने ।
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको आयोजनामा सम्पन्न प्रतियोगिताको उद्देश्य नेपाली लोकसंस्कृतिको संरक्षण, कलाकारको सम्मान र नयाँ प्रतिभाको प्रोत्साहन गर्नु रहेको आयोजकले जनाएको छ । प्रतिष्ठानकी अध्यक्ष रीता थापा मगरका अनुसार प्रतियोगिता अपेक्षाभन्दा भव्य रूपमा सम्पन्न भएको हो ।
फाइनल चरणका लागि आन्तरिक छनोटमार्फत १८ टोली छनोट गरिएको थियो । कार्यक्रमलाई भव्य बनाउन सांस्कृतिक कार्यक्रम, अतिथि व्यवस्थापन तथा मञ्च सञ्चालनमा विभिन्न कलाकार तथा उपसमितिहरूको सक्रिय भूमिका रहेको थियो ।
करिब २० हजार दर्शकले अवलोकन गरेको प्रतियोगितामा बागमती प्रदेश संस्कृति तथा पर्यटन मन्त्रालय मुख्य संरक्षक रहेको थियो । विदुर नगरपालिका र टोखा नगरपालिका संरक्षकका रूपमा रहेका थिए भने नुवाकोट उद्योग वाणिज्य संघ प्रवद्र्धक र नुवाकोट निर्माण व्यवसायी संघ मुख्य सहयोगी संस्थाका रूपमा रहेका थिए ।
आयोजकले प्रतियोगितालाई सफल बनाउन सहयोग गर्ने सबै कलाकार, दर्शक, सञ्चारकर्मी तथा सरोकारवालाप्रति धन्यवाद व्यक्त गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १ गते, २०८३ - ०९:०९
काठमाडौँ । आज देशका सातै प्रदेश सरकारले आर्थिक वर्ष २०८३–८४ का लागि वार्षिक बजेट सार्वजनिक गर्दैछन् । अघिल्ला वर्षहरूमा अत्यधिक महत्वाकांक्षी बजेट ल्य...
आषाढ़ १ गते, २०८३ - ०९:०७
काठमाडौँ । फारसको खाडी क्षेत्रमा लामो समयदेखि जारी तनाव अन्त्य गर्ने उद्देश्यसहित अमेरिका र इरानबीच महत्वपूर्ण शान्ति सम्झौता भएको छ । सम्झौता भएपछि ...
आषाढ़ १ गते, २०८३ - ०९:०५
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले सरकारले घोषणा गरेको ‘आरोग्य दशक’ पहलले नेपाललाई आरोग्य, स्वास्थ्य तथा चिकित्सा पर्यट...
आषाढ़ १ गते, २०८३ - ०९:०३
काठमाडौं । ‘९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३’ को उपाधि निशान्त विक र संगीना थापा मगर (प्रतिष्ठान उपत्यका समन्वय समिति (ख))ले जितेका...
आषाढ़ १ गते, २०८३ - ०९:००
काठमाडौं । एक समय नुन–तेल किन्न बुटवलसम्म ढाकर बोकेर पुग्नुपर्ने अर्घाखाँचीका गाउँमा आज सडक, बिजुली, इन्टरनेट, खानेपानी र स्वास्थ्य सेवाको पहुँच पुगेक...
आषाढ़ १ गते, २०८३ - ०८:५७
काठमाडौँ । नेपालको पहिलो संगठित विद्यार्थी आन्दोलनका रूपमा चिनिने ‘जयतु संस्कृतम्’ आन्दोलनको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी ८०औँ जयतु संस्कृत...
आषाढ़ १ गते, २०८३ - ०८:५६
रौतहट । भारतले नेपाल–भारत सीमावर्ती क्षेत्रमा रहेको बाँध मर्मतको नाममा थप अग्लो र बलियो बनाउन थालेपछि रौतहटको सदरमुकाम गौरसहित आसपासका बस्ती पुनः डुबा...
आषाढ़ १ गते, २०८३ - ०८:५३
काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मेक्सिकोको मोन्टेरे स्टेडियमा भइरहेको समूह एफको खेलमा स्वीडेनले ट्युनिसिया विरुद्ध पहिलो हाफमा २-१ को अग्रता बना...
आषाढ़ १ गते, २०८३ - ०८:४६
काठमाडौं । नेकपा एमालेभित्र पुनर्गठन बहस चर्किरहेका बेला अध्यक्ष केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेतामाथि सार्वजनिक रूपमा नभए पनि आन्तरिक बैठकमा कडा ...
आषाढ़ १ गते, २०८३ - ०८:४४
भैरहवा । रुपन्देहीमा क्रिकेट पूर्वाधार विस्तारले तीव्रता पाइरहेका बेला निजी क्षेत्रको सक्रियताले नयाँ आशा जगाएको छ। निजी लगानीमा अन्तर्राष्ट्रिय स्तरक...



प्रतिकृया लेख्नुहोस्: