तीव्र बसाइँसराइका कारण जिल्लाका हजारौं रोपनी खेतीयोग्य जमिन बाँझो बन्दै गएका छन्। कृषि विकास कार्यालयका अनुसार पछिल्लो दशकमा मात्रै अर्घाखाँचीमा ७ हजार ३६२ हेक्टर खेतीयोग्य जमिन खेतीविहीन बनेको छ। ३० वर्षअघि ४५ हजार ७१२ हेक्टरमा खेती हुने जिल्लामा अहिले जम्मा २१ हजार २४७ हेक्टरमा मात्र खेती भइरहेको छ।
शीतगंगा नगरपालिका र सन्धिखर्क नगरपालिकाका दर्जनौं बस्ती अहिले खाली भइसकेका छन्। कुनै बेला ४५ देखि ५० घरधुरीले भरिएका गाउँमा अहिले मानिसभन्दा खर र बनमारा बढी देखिन थालेका छन्। शिक्षा, स्वास्थ्य, रोजगारी र सहज जीवनको खोजीमा अधिकांश परिवार तराई र शहरतर्फ बसाइँ सरेका छन्।
बसाइँसराइको असर शिक्षामा पनि देखिएको छ। एक समय ५५० विद्यार्थी अध्ययन गर्ने विद्यालयमा अहिले विद्यार्थी संख्या २०० मा झरेको छ। गाउँ खाली भएसँगै विद्यालय, कृषि र स्थानीय अर्थतन्त्र सबै प्रभावित बन्दै गएका छन्।
सरकारी तथ्यांकअनुसार पछिल्लो पाँच वर्षमा मात्रै अर्घाखाँचीबाट ५ हजार ८२ परिवार बसाइँ सरेका छन्। औसत परिवार आकारका आधारमा हेर्दा झण्डै २५ हजार मानिसले जिल्ला छाडेका छन्। २०६८ र २०७८ को जनगणना तुलना गर्दा जिल्लाको जनसंख्या २० हजारभन्दा बढीले घटेको छ।
कृषि ज्ञान केन्द्रका प्रमुख बुद्धिराज घिमिरेका अनुसार आधुनिक प्रविधि र उन्नत बिउका कारण उत्पादनमा तत्काल समस्या नदेखिए पनि खेतीयोग्य जमिन घट्दै जानु दीर्घकालीन खाद्य सुरक्षाका लागि चिन्ताको विषय हो। उत्पादनभन्दा पनि खेती हुने क्षेत्रफल घट्नु भविष्यका लागि खतराको संकेत भएको उनको भनाइ छ।
स्थानीय जनप्रतिनिधि र सरोकारवालाहरूका अनुसार सडक र भवन निर्माण मात्र विकासको मापन हुन सक्दैन। गाउँमै रोजगारी, उद्यमशीलता र आयआर्जनका अवसर सिर्जना नगरेसम्म बसाइँसराइ रोक्न कठिन हुने उनीहरूको निष्कर्ष छ।
अर्घाखाँचीमा धार्मिक तथा प्राकृतिक पर्यटन, कृषि–आधारित उद्योग, अर्गानिक उत्पादन र एग्रो–टुरिजमको पर्याप्त सम्भावना रहेको बताइन्छ। यस्ता क्षेत्रलाई योजनाबद्ध रूपमा विकास गर्न सके युवालाई गाउँमै रोक्न सकिने विश्वास स्थानीय तहको छ।
विकासका पूर्वाधार पुगे पनि जनशक्ति बाहिरिँदै जानु अर्घाखाँचीका लागि अहिलेको सबैभन्दा ठूलो चुनौती बनेको छ। यदि रोजगारी, कृषि सुरक्षा र बजार व्यवस्थापनका समस्या समाधान हुन सकेनन् भने गाउँ रित्तिने र जमिन बाँझिने क्रम अझ तीव्र हुने देखिन्छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १ गते, २०८३ - ०९:०९
काठमाडौँ । आज देशका सातै प्रदेश सरकारले आर्थिक वर्ष २०८३–८४ का लागि वार्षिक बजेट सार्वजनिक गर्दैछन् । अघिल्ला वर्षहरूमा अत्यधिक महत्वाकांक्षी बजेट ल्य...
आषाढ़ १ गते, २०८३ - ०९:०७
काठमाडौँ । फारसको खाडी क्षेत्रमा लामो समयदेखि जारी तनाव अन्त्य गर्ने उद्देश्यसहित अमेरिका र इरानबीच महत्वपूर्ण शान्ति सम्झौता भएको छ । सम्झौता भएपछि ...
आषाढ़ १ गते, २०८३ - ०९:०५
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले सरकारले घोषणा गरेको ‘आरोग्य दशक’ पहलले नेपाललाई आरोग्य, स्वास्थ्य तथा चिकित्सा पर्यट...
आषाढ़ १ गते, २०८३ - ०९:०३
काठमाडौं । ‘९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३’ को उपाधि निशान्त विक र संगीना थापा मगर (प्रतिष्ठान उपत्यका समन्वय समिति (ख))ले जितेका...
आषाढ़ १ गते, २०८३ - ०९:००
काठमाडौं । एक समय नुन–तेल किन्न बुटवलसम्म ढाकर बोकेर पुग्नुपर्ने अर्घाखाँचीका गाउँमा आज सडक, बिजुली, इन्टरनेट, खानेपानी र स्वास्थ्य सेवाको पहुँच पुगेक...
आषाढ़ १ गते, २०८३ - ०८:५७
काठमाडौँ । नेपालको पहिलो संगठित विद्यार्थी आन्दोलनका रूपमा चिनिने ‘जयतु संस्कृतम्’ आन्दोलनको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी ८०औँ जयतु संस्कृत...
आषाढ़ १ गते, २०८३ - ०८:५६
रौतहट । भारतले नेपाल–भारत सीमावर्ती क्षेत्रमा रहेको बाँध मर्मतको नाममा थप अग्लो र बलियो बनाउन थालेपछि रौतहटको सदरमुकाम गौरसहित आसपासका बस्ती पुनः डुबा...
आषाढ़ १ गते, २०८३ - ०८:५३
काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मेक्सिकोको मोन्टेरे स्टेडियमा भइरहेको समूह एफको खेलमा स्वीडेनले ट्युनिसिया विरुद्ध पहिलो हाफमा २-१ को अग्रता बना...
आषाढ़ १ गते, २०८३ - ०८:४६
काठमाडौं । नेकपा एमालेभित्र पुनर्गठन बहस चर्किरहेका बेला अध्यक्ष केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेतामाथि सार्वजनिक रूपमा नभए पनि आन्तरिक बैठकमा कडा ...
आषाढ़ १ गते, २०८३ - ०८:४४
भैरहवा । रुपन्देहीमा क्रिकेट पूर्वाधार विस्तारले तीव्रता पाइरहेका बेला निजी क्षेत्रको सक्रियताले नयाँ आशा जगाएको छ। निजी लगानीमा अन्तर्राष्ट्रिय स्तरक...



प्रतिकृया लेख्नुहोस्: