Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

उपनिर्वाचनः आ-आफ्नै उमेदवारी दिने तयारीमा दलहरू

इलाम-२ मा पर्ख र हेरको अवस्थामा कांग्रेस, लिम्बूलाई फकाउँदै रास्वपा

खबरडबली संवाददाता

काठमाडौं । इलाम २ मा हुने प्रतिनिधिसभा सदस्य र बझाङ ९१०मा हुने प्रदेशसभा सदस्यको उपनिर्वाचन आउन अब एक महिनामात्रै बाँकी छ । आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि दलहरुले उम्मेदवार तय गर्नेदेखि चुनाव हुने क्षेत्रमा आफ्नो तयारी तीब्र बनाएका छन् ।

केन्द्रमा नयाँ गठबन्धन गर्दै प्रदेश सरकारसमेत परिवर्तनको भागबण्डामा रहेका दलहरु अन्ततः एकल प्रतिस्पर्धामा चुनावी मैदानमा जाने भएका छन् । नेकपा ९एमाले०ले दलहरुसँग छलफल नै नगरी एकल उम्मेदवारी घोषणा गर्दै उम्मेदवार नै तय गरेपछि गठबन्धनमा रहेका अन्य दलहरु समेत एकपछिअर्को उम्मेदवार तय गर्न लागेका हुन् ।

राष्ट्रियसहित क्षेत्रीय दल र स्वतन्त्र उम्मेदवारहरुले पनि फटाफट उम्मेदवारी घोषणा गरिरहेका छन् । नेकपा (एमाले), नेकपा (एकीकृत समाजवादी), जनमतसहितका दलहरुले उम्मेदवार तय गरिसकेका छन् । गठबन्धनमा रहेको अर्को दल जसपाले भने निर्वाचनबारे केही निर्णय लिइसकेको छैन । यद्यपि पहिचानवादीहरूले साझा उम्मेदवारका रूपमा अघि सारेका डकेन्द्रसिंह थेगिमलाई समर्थन गर्ने तयारी जसपाको छ । यसमा औपचारिक निर्णय भने हुन बाँकी छ ।

निर्वाचन कार्यतालिका अनुसार चैत्र २४ गते बिहान १० देखि बेलुका ५ बजेसम्म मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुनेछ।

एमाले उम्मेदवार सुहाङ

सत्तारुढ एमालेले  इलाम निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाएको छ । यस्तै, बझाङको प्रदेश सभा निर्वाचन क्षेत्र ९१० मा एमालेले दमन भण्डारीलाई टिकट दिने निर्णय गरेको छ । एमालेले गत आइतबार नै उम्मेदवारको नाम घोषणा गरेको हो ।

माओवादीले आफ्नै उम्मेदवार उठाउने

नेकपा माओवादी केन्द्रले वैशाख १५ गते हुने उपनिर्वाचनमा कुनै दलसँग गठबन्धन नगर्ने भएको छ । बुधबार बिहान बसेको माओवादीको पदाधिकारी बैठकले इलाम-२ मा हुने प्रतिनिधिसभा र बझाङ (१)मा हुने प्रदेशसभाको उपनिर्वाचनमा आफै उम्मेदवारी दिने निर्णय गरेको हो।

इलाम २ का लागि माओवादीको जिल्ला कमिटीले केन्द्रीय सदस्य तथा इलाम जिल्ला इन्चार्ज धिरेन्द्र शर्मासहित उर्मिला तामाङ, अनिल बराइली र ओम गुरूङको नाम सिफारिस गरेको छ । त्यसबाट एक जनाको नाम तय गर्न बाँकी छ । बझाङका लागि भने माओवादीले प्रक्रिया अघि बढाएको छैन ।

एकीकृत समाजवादीले पनि छुट्टै उम्मेदवारी दिने

नेकपा (एकीकृत समाजवादी)ले उपनिर्वाचनमा आफै उम्मेदवार उठाउने भएको छ । एकीकृत समाजवादीले प्रतिनिधिसभातर्फ इलाम २ मा जीतबहादुर राई र प्रदेशसभा सदस्यतर्फ बझाङ ९१०मा दिलबहादुर सिंहलाई उम्मेदवार बनाउने भएको हो । सत्तागठबन्धन दलहरु समेत आआफ्नै उम्मेदवार लिएर चुनावी मैदानमा उत्रिएपछि एकीकृत समाजवादी पनि आफ्नै उम्मेदवार उठाउने निष्कर्षमा पुगेको हो ।

स्वतन्त्र उम्मेदवारी घोषणा गरेका मिलन लिम्बूलाई फकाउँदै रास्वपा 

राष्ट्रिय स्वतन्त्र पार्टीले भने इलाम–२ मा मिलन लिम्बूलाई उम्मेदवार बनाउने तयारी गरिरहेको छ । आगामी शनिबार औपचारिक उम्मेदवार घोषणा गर्नेगरी रास्वपाले लिम्बूसँगको छलफल जारी राखेको छ ।

पूर्वपत्रकारसमेत रहेका लिम्बू कट्टर पहिचानवादी अभियन्ताका रुपमा चिनिन्छन् । माओवादी केन्द्र छाडेर लिम्बूले गत चैत ४ गते इलाम २ मा स्वतन्त्र उम्मेदवारी घोषणा गरिसकेका छन् । रास्वपामा थप २ जनाको नामसमेत चर्चामा रहेपनि सम्भावना भने लिम्बूको रहेको एक नेताले बताए ।

रास्वपाले बझाङमा प्रदेशसभा सदस्य निर्वाचन भने नलड्ने यसअघि नै निर्णय गरिसकेको छ ।

राप्रपा पनि प्रतिस्पर्धामा

इलाम २ उपनिर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० इलाम जिल्ला समितिले तीन जना सम्भावित उम्मेदवारको नाम कोशी प्रदेश समितिमा सिफारिस गरेको छ । राप्रपा इलामको जिल्ला कार्य सम्पादन समितिको बैठकले लक्ष्मी गुरुङ, यामनाथ भण्डारी र लालबहादुर डाँगीको नाम सिफारिस गरेको हो ।

जनमतबाट थाम्सुहाङ उम्मेदवार

जनमत पार्टीले इलाम—२ को उपनिर्वाचनमा प्रेमदीप थाम्सुहाङलाई उम्मेदवार बनाएको छ । जनमत पार्टीका अध्यक्ष सिके राउतले पहिचानवादीहरूको साझा उम्मेदवारका रुपमा थाम्सुहाङलाई अगाडि सारेको बताएका छन् । थाम्सुहाङ पछिल्लो समय कोशी प्रदेश नाम खारेजी अभियानमा सक्रिय छन् । यसअघि लोसपाको प्रदेश एक इन्चार्ज रहेका थाम्सुहाङ अर्को मधेस केन्द्रित दल जनमतबाट चुनाव लड्न लागेका हुन् ।

पहिचानवादीहरुका साझा उम्मेदवार थेगिम

प्रदेशको नाम कोशी राखिएपछि संघर्षरत प्रदेश नम्बर १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले इलाम २ मा हुने उपनिर्वाचनका लागि डकेन्द्रसिंह थेगिमलाई साझा उम्मेदवार बनाइने निर्णय गरिसकेका छन् । थेगिम पहिचानसहितको प्रदेश नं। १ पुनः नामाङ्कन अभियान समितिका अध्यक्ष हुन् ।

गत चैत २ गते नै थेगिमसहित किरात याक्थुङ चुम्लुङका अध्यक्ष प्रेम येक्तेन, नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष ग्याल्जे शेर्पा, किरात राई यायोक्खाका अध्यक्ष जीवन हाताचो राई र नेपाल शेर्पा संघका महासचिव लाक्पा शेर्पाले संयुक्त वक्तव्या जारी गर्दै उम्मेदवारी घोषणा गरेका हुन् ।

पर्ख र हेरको अवस्थामा कांग्रेस

इलाम–२ को उपनिर्वाचनमा नेपाली कांग्रेसले भने पुरानै उम्मेदवार दोहोर्या्उने मनस्थिति बनाएको छ । विशेष गरेर रास्वपाको उम्मेदवार कुर्दै गरेको कांग्रेसले डम्बर खड्कालाई प्राथमिकतामा राखे पनि अन्तिम निर्णय भने गरिसकेको छैन । संसदीय बोर्डको शुक्रबार बस्ने बैठकले सो बारे औपचारिक निर्णय गर्नेछन् ।

गत निर्वाचनमा खड्का एमाले उम्मेदवार स्वर्गिय सुवास नेम्वाङ्सँग ११४ मतले पराजित भएका थिए । कांग्रेस कोशी प्रदेश कार्यसमितिले उपनिर्वाचनका लागि ७ जनाको नाम केन्द्रीय कार्यसमितिमा पठाएको छ । समितिले पहिलो नम्बरमा भेषराज आचार्य र दोस्रोमा पूर्वसांसद केशव थापालाई सिफारिस गरेको छ । तेस्रो नम्बरमा खड्का छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बालेन–रेशम संवाद चुनावी सहकार्यतर्फ : ‘नयाँ शक्तिहरू एक हुनैपर्छ’

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीबीच आगामी प्रतिनिधिसभा निर्वाचनमा सहकार्यको सम्भ...

अमर्यादित लेखाइ भएका सवारीसाधन नियन्त्रणमा लिन बाँके ट्राफिकको अभियान

नेपालगञ्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँकेले सवारीसाधनमा लेखिएका अमर्यादित, असभ्य तथा सामाजिक मर्यादा विपरीतका भनाइहरू हटाउने अभियान सुरु गरेको...

शीतलहर र हिमपातले जनजीवन कष्टकर बन्दा तत्काल सहयोग गर्न प्रचण्डको अपिल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको परिवर्तनका कारण तराई–मधेसमा शीतलहर र उच्च पहाडी तथा हिमाली क्षेत्र...

कांग्रेस महामन्त्री विश्वप्रकाशले गरे युवालाई अवसर दिँदै चुनाव नलड्ने घोषणा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । २०७९ को निर्वाचनमा झापा–१...

जेनजी आन्दोलनपछिको राजनीति उथलपुथल: चुनाव नजिकिँदै दलहरू एकता र ध्रुवीकरणको होडमा

काठमाडौँ । जेनजी आन्दोलनपछि बदलिएको मुलुकको राजनीतिक परिस्थिती र आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राख्दै नयाँ तथा पुराना दलह...

प्रतिनिधिसभा निर्वाचन फागुन २१ मै हुन्छ : अर्थमन्त्री खनाल

लहान । अर्थमन्त्री डा. रामेश्वर खनालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुने स्पष्ट पारेका छन् । लहानस्थित रामक...

नेपाली कांग्रेस कार्य सम्पादन समितिको बैठक पुस ११ मा पुनः बस्ने

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बसेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा ललितपुरस्थित पार्टीको के...

नेपाली कांग्रेसको ६ लाख ६६ हजारभन्दा बढी क्रियाशील सदस्यता नवीकरण

काठमाडौँ । नेपाली कांग्रेसले हालसम्म ६ लाख ६६ हजारभन्दा बढी क्रियाशील सदस्यताको नवीकरण सम्पन्न भएको जनाएको छ । सदस्यता व्यवस्थापन समितिका सदस्य प्र...

मोरङमा टिपरको ठक्करबाट छोराको मृत्यु, बुबा घाइते

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका ५ मा टिपरको ठक्करबाट स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु भएको छ भने बुबा घाइते भएका छन् । बिहीबार साँझ विराटच...

वैकल्पिक शक्ति ध्रुवीकरणमा गोपाल हमालको स्पष्ट ‘ब्रेक’– “कार्यकालभरि कुनै दल वा अभियानमा लाग्दिनँ”

काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending