Khabar Dabali १ असार २०८३ सोमबार | 15th June, 2026 Mon
Investment bank

दुई दिनमै ४१ जना लागुऔषध सम्बन्धी घटनामा संलग्न पक्राउ

खबरडबली संवाददाता

दमक । झापामा लागुऔषध नियन्त्रणका लागि प्रहरीले सञ्चालन गरेको विशेष स्वीप अपरेशनमा दुई दिनमै ४१ जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापा, लागुऔषध नियन्त्रण ब्युरोको शाखा कार्यालय काँकरभिट्टा तथा मातहत प्रहरी कार्यालयबाट खटिएको टोलीले शनिबार र आइतबार विभिन्न स्थानमा गरेको अपरेशनका क्रममा ३५ जना लागूऔषध सेवनकर्ता र छ जना प्रतिबन्धित लागुऔषधसहित ४१ व्यक्तिलाई नियन्त्रणमा लिएको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका निमित्त प्रवक्ता विजय चौहानका अनुसार पक्राउ परेकाबाट २० ग्राम २० मिलिग्राम ब्राउन सुगर बरामद भएको छ ।

पक्राउ परेका सेवनकर्तालाई मनोपरामर्श सेवा प्रदान गरी आवश्यकताअनुसार अभिभावकको जिम्मा लगाउने तथा पुनर्स्थापना केन्द्रमा पठाउने तयारी गरिएको छ ।

झापामा पछिल्लो समय लागुऔषध कारोबार र सेवन बढ्दै जाँदा नियन्त्रणका लागि प्रहरीले निगरानी र अपरेशनलाई तीव्र बनाएको चौहानले बताए ।उनका अनुसार एक हजारको लागुऔषध सेवन गर्न आइफोन धरौट राखेको समेत पाइएको छ।

दुईवटा आइफोन सहित यस्तो कार्यमा संलग्नलाई पनि पक्राउ गरिएको उहाँले जानकारी दिनुभयो ।लागुऔषध कारोबारीले प्रयोगकर्ताबाट मोबाइल, घडी, गरगहना तथा मोटरसाइकलजस्ता सामान बन्धक राखेर लागुऔषध दिने गरेको तथ्य खुलेसँगै नयाँ तवरले अनुसन्धान सुरु गरेको छ ।

सामान बन्धक राखेर लागुऔषध कारोबार गर्ने आरोपमा शिवसताक्षी नगरपालिका–७ का सुरज ढकाल ९४०० र सन्दीपहाङ लिङ्देन ९३१० पक्राउ गरिएको चौहानले बताए।

उनीहरूको साथबाट प्लास्टिकबाहेक १२ ग्राम १०० मिलिग्राम ब्राउन सुगर, एक लाख एक हजार ९०० नगद, २१ थान मोबाइल फोन र दुई वटा घडी बरामद भएको प्रहरीले जानकारी दिएको छ ।

अनुसन्धानका क्रममा बरामद गरिएका मोबाइल र घडीहरू लागुऔषध सेवनकर्ताले लागुऔषधको सट्टा बन्धक राखेको खुलेको छ ।

बरामद मोबाइलमध्ये दुईवटा आइफोन समेत रहेका छन ।पाँच सयदेखि पाँच हजार रुपियाँसम्मको लागुऔषध लिनका लागि ती मोबाइल बन्धक राखिएको हुन सक्ने प्रहरीको अनुमान छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रतिनिधिसभामा सार्वजनिक शिक्षा सुधारका लागि बजेट बढाउन माग

काठमाडौँ। प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले सार्वजनिक शिक्षा सुधारका लागि शिक्षा क्षेत्रको बजेट बढाउन माग गरेको छन् । बैठकमा ‘विनियोजन विधेयक, ...

एमालेलाई वैचारिक, राजनीतिक र संगठनात्मक रूपमा एकताबद्ध गर्न पुनर्गठन आवश्यक : महासचिव पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीलाई नयाँ ढङ्गले अघि बढाउन वैचारिक, राजनीतिक र संगठनात्मक रूपमा एकताबद्ध बनाउनु आवश्यक रहेको बताएक...

रास्वपा कर्णाली प्रदेश सभापतिका लागि ३ जनाको उम्मेदवारी दर्ता

सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी कर्णाली प्रदेश सभापति पदका लागि तीन जनाको उम्मेदवारी दर्ता भएको छ। पार्टी स्रोतका अनुसार वर्तमान सभापति मदन खड...

मन्त्री लम्सालको ‘खुट्टा भाँच्ने’ अभिव्यक्तिबारे ज्ञानबहादुर शाहीको टिप्पणी: कडा सन्देश हो, हिंसा होइन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालले दिएको ‘खुट्टा भाँच्ने’...

नक्कली पाँच सयका नोटसहित बबिता थापा पक्राउ

कपिलवस्तु। कपिलवस्तुको शिवराज नगरपालिकाबाट नक्कली नेपाली नोटसहित एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । वडा प्रहरी कार्यालय चन्द्रौटाका अनुसार ...

दुई दिनमै ४१ जना लागुऔषध सम्बन्धी घटनामा संलग्न पक्राउ

दमक । झापामा लागुऔषध नियन्त्रणका लागि प्रहरीले सञ्चालन गरेको विशेष स्वीप अपरेशनमा दुई दिनमै ४१ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापा, ...

निर्माणाधीन संसद् हलको निरीक्षण गर्दै सभामुख अर्यालले भने: अब निश्चित मिति चाहियो

समयमै काम नसके दैनिक एक करोड रुपैयाँ जरिवाना तिराइने चेतावनी

नेपाल–भारत सीमामा पर्खाल लगाउन सांसद आशिका तामाङको माग

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले नेपाल–भारत सीमामा कडाइ गर्न सरकारसँग माग गरेकी छन्। प्रतिनिधिसभाक...

प्रहरीको भूमिकामाथि हर्क साम्पाङको प्रश्न

काठमाडौं। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्रीको विवादित अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउन तथा प्रधानमन्त्री स्वयंले उक्त भनाइ...

भारतीय सेनाको हेलिकप्टर नेपाली आकाशमा उडेको विषय संसद्मा उठ्यो, नेकपाले माग्यो सरकारसँग जवाफ

काठमाडौं। भारतीय सेनाको हेलिकप्टर बिनाअनुमति नेपाली आकाशमा उडेको भनिएको विषय प्रतिनिधिसभामा उठेको छ। प्रतिनिधिसभाको सोमबारको बैठकमा नेपाल कम्युनिस्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending