काठमाडौं । सभापति डीपी अर्यालले सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनको नयाँ हलको निरीक्षण गरेका छन्। आइतबार संसद् सचिवालयका कर्मचारीहरूसहित निरीक्षणमा पुगेका उनले निर्माण कार्यमा भइरहेको ढिलाइप्रति असन्तुष्टि जनाएका हुन्।
गत जेठ १५ गते संघीय बजेट यही हलबाट प्रस्तुत गर्ने योजना रहे पनि निर्माण कार्य अझै सम्पन्न हुन सकेको छैन। निरीक्षणका क्रममा सभामुख अर्यालले निर्माण सम्पन्न हुने स्पष्ट र निश्चित मिति तत्काल उपलब्ध गराउन सम्बन्धित पक्षलाई निर्देशन दिए।
उनले तोकिएको समयभित्र काम नसके दैनिक एक करोड रुपैयाँ जरिवाना तिराइने चेतावनीसमेत दिएका छन्। साथै, सहरी विकास मन्त्रालयका मन्त्री र सचिवलाई तत्काल बोलाएर निर्माण कार्य छिटो सम्पन्न गर्न आवश्यक पहल गर्न निर्देशन दिएका छन्।
निरीक्षणका क्रममा उनले भने, “रातदिन काम गरेर भए पनि गरेको प्रतिबद्धता पूरा गर्नुपर्छ। निरन्तर बहाना बनाउने काम स्वीकार्य हुँदैन। यो केवल संसद्को विषय होइन, राष्ट्रको प्रतिष्ठासँग जोडिएको विषय हो।”
निर्माण कार्यमा भएको ढिलाइप्रति असन्तुष्टि व्यक्त गर्दै उनले अब थप आश्वासन नभई स्पष्ट निष्कर्ष र कार्यसम्पादन चाहिने बताएका छन्। “अब मलाई निश्चित समयसीमा र परिणाम चाहियो,” उनले भने।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १ गते, २०८३ - १४:५६
काठमाडौँ। प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले सार्वजनिक शिक्षा सुधारका लागि शिक्षा क्षेत्रको बजेट बढाउन माग गरेको छन् । बैठकमा ‘विनियोजन विधेयक, ...
आषाढ़ १ गते, २०८३ - १४:३९
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीलाई नयाँ ढङ्गले अघि बढाउन वैचारिक, राजनीतिक र संगठनात्मक रूपमा एकताबद्ध बनाउनु आवश्यक रहेको बताएक...
आषाढ़ १ गते, २०८३ - १३:३९
सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी कर्णाली प्रदेश सभापति पदका लागि तीन जनाको उम्मेदवारी दर्ता भएको छ। पार्टी स्रोतका अनुसार वर्तमान सभापति मदन खड...
आषाढ़ १ गते, २०८३ - १३:२७
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालले दिएको ‘खुट्टा भाँच्ने’...
आषाढ़ १ गते, २०८३ - १३:२०
कपिलवस्तु। कपिलवस्तुको शिवराज नगरपालिकाबाट नक्कली नेपाली नोटसहित एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । वडा प्रहरी कार्यालय चन्द्रौटाका अनुसार ...
आषाढ़ १ गते, २०८३ - १३:११
दमक । झापामा लागुऔषध नियन्त्रणका लागि प्रहरीले सञ्चालन गरेको विशेष स्वीप अपरेशनमा दुई दिनमै ४१ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापा, ...
आषाढ़ १ गते, २०८३ - १२:५०
समयमै काम नसके दैनिक एक करोड रुपैयाँ जरिवाना तिराइने चेतावनी
आषाढ़ १ गते, २०८३ - १२:३५
काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले नेपाल–भारत सीमामा कडाइ गर्न सरकारसँग माग गरेकी छन्। प्रतिनिधिसभाक...
आषाढ़ १ गते, २०८३ - १२:२०
काठमाडौं। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्रीको विवादित अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउन तथा प्रधानमन्त्री स्वयंले उक्त भनाइ...
आषाढ़ १ गते, २०८३ - १२:१२
काठमाडौं। भारतीय सेनाको हेलिकप्टर बिनाअनुमति नेपाली आकाशमा उडेको भनिएको विषय प्रतिनिधिसभामा उठेको छ। प्रतिनिधिसभाको सोमबारको बैठकमा नेपाल कम्युनिस्...



प्रतिकृया लेख्नुहोस्: