काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालले दिएको ‘खुट्टा भाँच्ने’ भन्ने अभिव्यक्तिबारे टिप्पणी गरेका छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै शाहीले उक्त अभिव्यक्तिको आशय हिंसा प्रवर्द्धन गर्नु नभई कानुन मिच्ने, लापरवाही गर्ने तथा जनताको काममा बेवास्ता गर्ने प्रवृत्तिविरुद्ध कडा सन्देश दिनु भएको अर्थमा बुझ्नुपर्ने बताएका छन्।
उनका अनुसार राज्यका जिम्मेवार निकायमा बसेर जनताको काममा ढिलासुस्ती गर्ने, बहाना बनाउने र जिम्मेवारीबाट पन्छिने प्रवृत्तिलाई नियन्त्रण गर्न जरुरी छ। उनले यस्ता प्रवृत्तिलाई कानुनी दायरामा ल्याएर कडा कारबाही गर्नुपर्ने मागसमेत गरेका छन्।
शाहीले जनताले अहिले परिणाम चाहेको भन्दै बहानाभन्दा काममा केन्द्रित हुने कार्यसंस्कृति आवश्यक रहेको बताएका छन्। उनका अनुसार अनुशासन, जवाफदेहिता र परिणाममुखी शासन प्रणाली बिना सुशासन सम्भव छैन र देशले अपेक्षित विकासको गति लिन सक्दैन।
उनले अन्त्यमा जिम्मेवारीबाट भाग्नेहरूलाई संरक्षण होइन, कानुनअनुसार उत्तरदायी बनाउने समय आएको धारणा राखेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १ गते, २०८३ - १४:५६
काठमाडौँ। प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले सार्वजनिक शिक्षा सुधारका लागि शिक्षा क्षेत्रको बजेट बढाउन माग गरेको छन् । बैठकमा ‘विनियोजन विधेयक, ...
आषाढ़ १ गते, २०८३ - १४:३९
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीलाई नयाँ ढङ्गले अघि बढाउन वैचारिक, राजनीतिक र संगठनात्मक रूपमा एकताबद्ध बनाउनु आवश्यक रहेको बताएक...
आषाढ़ १ गते, २०८३ - १३:३९
सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी कर्णाली प्रदेश सभापति पदका लागि तीन जनाको उम्मेदवारी दर्ता भएको छ। पार्टी स्रोतका अनुसार वर्तमान सभापति मदन खड...
आषाढ़ १ गते, २०८३ - १३:२७
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालले दिएको ‘खुट्टा भाँच्ने’...
आषाढ़ १ गते, २०८३ - १३:२०
कपिलवस्तु। कपिलवस्तुको शिवराज नगरपालिकाबाट नक्कली नेपाली नोटसहित एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । वडा प्रहरी कार्यालय चन्द्रौटाका अनुसार ...
आषाढ़ १ गते, २०८३ - १३:११
दमक । झापामा लागुऔषध नियन्त्रणका लागि प्रहरीले सञ्चालन गरेको विशेष स्वीप अपरेशनमा दुई दिनमै ४१ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापा, ...
आषाढ़ १ गते, २०८३ - १२:५०
समयमै काम नसके दैनिक एक करोड रुपैयाँ जरिवाना तिराइने चेतावनी
आषाढ़ १ गते, २०८३ - १२:३५
काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले नेपाल–भारत सीमामा कडाइ गर्न सरकारसँग माग गरेकी छन्। प्रतिनिधिसभाक...
आषाढ़ १ गते, २०८३ - १२:२०
काठमाडौं। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्रीको विवादित अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउन तथा प्रधानमन्त्री स्वयंले उक्त भनाइ...
आषाढ़ १ गते, २०८३ - १२:१२
काठमाडौं। भारतीय सेनाको हेलिकप्टर बिनाअनुमति नेपाली आकाशमा उडेको भनिएको विषय प्रतिनिधिसभामा उठेको छ। प्रतिनिधिसभाको सोमबारको बैठकमा नेपाल कम्युनिस्...



प्रतिकृया लेख्नुहोस्: