Khabar Dabali १ असार २०८३ सोमबार | 15th June, 2026 Mon
Investment bank

मधेशमा विद्यालय पहुँच बढ्यो, सिकाइ उपलब्धि अझै चुनौतीपूर्ण

खबरडबली संवाददाता

महोत्तरी । मधेश प्रदेशमा शिक्षा क्षेत्रमा विद्यालय पहुँच विस्तार भए पनि सिकाइ उपलब्धिमा अपेक्षित सुधार हुन नसकेको आर्थिक सर्वेक्षणले देखाएको छ।

प्रदेश सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण प्रतिवेदनअनुसार रोजगारी, उद्योग, बैङ्किङ तथा भौतिक पूर्वाधार क्षेत्रमा प्रगति देखिए पनि शिक्षा क्षेत्रको अवस्था चुनौतीपूर्ण रहेको छ।

अर्थमन्त्री युवराज भट्टराईले प्रदेशसभामा प्रस्तुत गरेको आर्थिक सर्वेक्षणमा मधेश प्रदेशको आर्थिक वृद्धिदर १।३१ प्रतिशत रहेको उल्लेख गरिएको छ।

प्रदेशको अर्थतन्त्रमा कृषि क्षेत्रको योगदान अझै महत्वपूर्ण रहेको भन्दै कृषि क्षेत्रले कुल अर्थतन्त्रमा ३४।९७ प्रतिशत योगदान पुर्‍याएको जनाइएको छ।

शिक्षातर्फ मधेश प्रदेशमा तीन हजार ४८४ सामुदायिक र १ हजार ९८७ संस्थागत गरी कुल पाँच हजार ४७१ विद्यालय सञ्चालनमा छन्।

यो सङ्ख्या देशभरका विद्यालयको करिब १५ प्रतिशत हो। विद्यालय जाने उमेरका बालबालिकाको पहुँच बढे पनि माथिल्लो तहमा विद्यार्थी टिकाउने चुनौती देखिएको सर्वेक्षणमा उल्लेख छ।

कक्षा १ देखि ५ सम्मको खुद भर्नादर ९५।२ प्रतिशत पुगे पनि कक्षा ११ र १२ को भर्नादर भने राष्ट्रिय औसतभन्दा निकै कम ११।७ प्रतिशत मात्र रहेको छ। यसले माध्यमिक तहसम्म विद्यार्थी निरन्तरता कायम गर्न समस्या रहेको सङ्केत गरेको छ।

देशभर भर्ना भएका विद्यार्थीमध्ये सबैभन्दा ठूलो हिस्सा अर्थात् करिब २५ प्रतिशत मधेश प्रदेशकै रहेको तथ्याङ्कमा उल्लेख छ।आर्थिक सर्वेक्षणले भौतिक पूर्वाधारतर्फ भने प्रदेशमा सुधार भएको देखाएको छ।

आ।व। २०८१र८२ मा ७७।५३ किलोमिटर कच्ची, ४०६।६३ किलोमिटर ग्राभेल, २५३।५५ किलोमिटर ढलान र ८३।९१ किलोमिटर कालोपत्रे सडक निर्माण भएको दाबी गरिएको छ।

सो अवधिमा १०९ वटा कल्भर्ट र चार वटा पक्की पुल निर्माण भएको जनाइएको छ।विद्युत सेवातर्फ मधेश प्रदेशका शतप्रतिशत परिवार राष्ट्रिय प्रसारण ग्रिडमा जोडिएको प्रदेश सरकारको दाबी छ।

उद्योग तथा व्यवसाय क्षेत्रमा पनि विस्तार भएको सर्वेक्षणमा उल्लेख छ। प्रदेशमा १८ हजार ४१९ लघु तथा साना उद्योग र २५ हजार ८५१ कम्पनी दर्ता भएका छन्।

चालु आर्थिक वर्षमा मात्रै एक हजार ६४५ नयाँ कम्पनी थपिएका छन् भने औद्योगिक कर्जा प्रवाह ५।४२ प्रतिशतले बढेको छ। पर्यटन क्षेत्रमा १२ वटा तारे होटल सञ्चालनमा आएको जनाइएको छ।

बैङ्किङ पहुँचतर्फ पनि प्रदेशले प्रगति गरेको दाबी गरिएको छ। प्रदेशका सबै १३६ स्थानीय तहमा बैङ्क तथा वित्तीय संस्थाको पहुँच पुगेको सर्वेक्षणमा उल्लेख छ।

२०८२ फागुनसम्म २० वाणिज्य बैंक, १७ विकास बैंक, १७ वित्त कम्पनी, ५१ लघुवित्त र एक पूर्वाधार बैङ्क गरी १०६ वित्तीय संस्था सञ्चालनमा छन्।प्रदेशभर एक हजार ७५४ बैङ्क शाखा सञ्चालनमा रहेका छन्।

बैंक तथा वित्तीय संस्थाले ४ खर्ब ४६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ५ खर्ब १० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको तथ्यांक प्रस्तुत गरिएको छ।कृषि तथा वन क्षेत्रमा भने केही चुनौती देखिएको छ।

प्रदेशमा दुई लाख ७७ हजार १३५ हेक्टर वन क्षेत्र रहेको छ। वन क्षेत्रबाट दाउरा उत्पादन ३०।८० प्रतिशत र काठ उत्पादन १०।०९ प्रतिशतले बढेको उल्लेख छ। तर सिँचाइ क्षेत्रफल ४।३४ प्रतिशतले घटेर तीन लाख १९ हजार हेक्टरमा सीमित भएको छ।

कृषि कर्जा प्रवाहसमेत ५।६६ प्रतिशतले घटेको छ।स्वास्थ्य क्षेत्रमा प्रदेशभर ५० लाख ७० हजार पटक स्वास्थ्य सेवा प्रवाह भएको सर्वेक्षणमा उल्लेख छ। प्रदेशको कुल प्रजनन दर २।७ रहेको छ, जुन राष्ट्रिय औसत १।९ भन्दा बढी हो। मातृ मृत्युदर भने प्रतिलाख १४० रहेको छ।

रोजगारीतर्फ राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रममार्फत १० हजार १६८ जनाले रोजगारी पाएको उल्लेख छ। यद्यपि पछिल्ला पाँच वर्षदेखि यो सङ्ख्या घट्दो क्रममा रहेको जनाइएको छ।

वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको सङ्ख्या भने एक लाखभन्दा बढी रहेको छ।प्रदेश लोक सेवा आयोगले चालु आर्थिक वर्षमा प्रदेश निजामती सेवाका लागि ३३९ र स्थानीय सेवाका लागि १ हजार ४४१ पदमा विज्ञापन आह्वान गरेको छ।

विभिन्न तह र समूहमा ११६ जना उम्मेदवार सिफारिस भएको सर्वेक्षणमा उल्लेख छ।सुशासनतर्फ अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेका उजुरीमध्ये भौतिक पूर्वाधार मन्त्रालयसँग सम्बन्धित उजुरी सबैभन्दा बढी ३७८ वटा रहेका छन्। त्यसपछि स्वास्थ्य १७०, वन १०३ र कृषि ९८ वटा उजुरी रहेका छन्।

समग्रमा मधेश प्रदेशमा पूर्वाधार, बैङ्किङ र उद्योग क्षेत्रमा सुधार देखिए पनि शिक्षा, कृषि, रोजगारी र उत्पादनशील क्षेत्रमा अझै सुधार गर्नुपर्ने आवश्यकता रहेको आर्थिक सर्वेक्षणले औँल्याएको छ। 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनको भाउ प्रतितोला ५ हजार बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु पाँच हजारले बढेको छ । आइतबार प्रतितोला रु दुई लाख ९३ हजार २०० मा कारोबार भएको छापावाल सुन आजका ल...

कर्मचारी सञ्चय कोषलाई प्राइभेट इक्विटी र भेन्चर क्यापिटलमा लगानी गर्न कानुनी बाटो खुल्ने

काठमाडौं। सरकारले कर्मचारी सञ्चय कोषलाई प्राइभेट इक्विटी (पीई) र भेन्चर क्यापिटल (भीसी)फण्डमा लगानी गर्न सक्ने कानुनी व्यवस्था गर्ने तयारी गरेको छ। ...

बाजुरामा पानीमा डुबेर किशोरीको मृत्यु

बाजुरा। बाजुरामा पानीमा डुबेर एक किशोरीको मृत्यु भएको छ। मृत्यु हुनेमा बडिमालिका नगरपालिका–१ सल्याना निवासी कित्तु कार्कीकी १४ वर्षीया छोरी भावना क...

मधेशमा विद्यालय पहुँच बढ्यो, सिकाइ उपलब्धि अझै चुनौतीपूर्ण

महोत्तरी । मधेश प्रदेशमा शिक्षा क्षेत्रमा विद्यालय पहुँच विस्तार भए पनि सिकाइ उपलब्धिमा अपेक्षित सुधार हुन नसकेको आर्थिक सर्वेक्षणले देखाएको छ। प्र...

नेपालको आँखा स्वास्थ्य सेवामा फड्को: ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै

काठमाडौँ । नेपालमा आँखा स्वास्थ्य सेवाको गुणस्तर सुनिश्चित गर्न गुणस्तर सुनिश्चित प्रणाली  कार्यान्वयनमा ल्याइने भएको छ ।  सम्भवत: पहिलोपटक आँखा स्वास...

ट्राफिक प्रहरीद्वारा एकै दिन साढे १० लाख राजस्व दाखिला

काठमाडौँ । ट्राफिक प्रहरीका अनुसार पछिल्लो २४ घण्टामा दुई हजार २५ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । जसबाट राज्यकोषमा रु १० लाख ४८ ...

स्वार्थ समूहको कब्जामा रहेको अर्थतन्त्रको बेथिति अब तोडिन्छ: अर्थमन्त्री डा.वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको अर्थतन्त्र र राज्यका निकायमा रहेका बेथिति र निहित स्वार्थ समूहको प्रभावलाई तोड्न सरकार दृढताका सा...

युवा पलायनको बाध्यता चिर्ने सुरुवात बजेटबाट भएको छ: अर्थमन्त्री डा. वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले युवा रोजगारी र आफ्नो सपना पूरा गर्न विदेशिनै पर्ने बाध्यता अन्त्य गर्ने कार्यको सुरुवात आगामी आर्थिक वर्ष...

नेतृत्वले आफ्नै सहकर्मीमाथि गरिएको व्यवहार निन्दनीय छ : सिटौला

विराटनगर । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला ले पार्टीभित्र बढ्दो आन्तरिक कलह, कार्यशैलीगत समस्या र महाधिवेशनसम्बन्धी अन्योललाई तत्काल अन्त्य ...

कांग्रेसमा गहिरिँदो विवाद: पार्टी फुटिसकेको शशांक कोइरालाको दाबी

विराटनगर । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइराला ले पार्टी व्यवहारिक रूपमा फुटिसकेको बताएका छन्। आइतबार विराटनगरमा संस्थापन इतर पक्षले ‘...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending