Khabar Dabali १ असार २०८३ सोमबार | 15th June, 2026 Mon
Investment bank

प्रेमी भेट्न इलाम पुगेकी युवतीलाई प्रभु बैंक कर्मचारीद्धारा बलात्कार प्रयास

खबरडबली संवाददाता

इलाम । इलाम घुम्न गएकी युवती प्रेमीको कोठामा बसिरहेका बेला प्रभु बैंक इलाम शाखाका कर्मचारी प्रमेश पोखरेलले बलात्कार प्रयास गरेका छन् । तराईको जिल्लाबाट बिश्वकर्मा पुजाको दिन इलाम आएकी युवती प्रेमीको कोठामा बसिरहेका बेला पोखरेलले बलत्कारको प्रयास गरेका हुन् ।

युवतीको प्रेमी र पिडक दुबै बैंकका कर्मचारी हुन् । प्रेमीसँगै खाना खाएका बेला पिडकले युवतीलाई देखेका थिए । खाना खाएको केहि घण्टापछि साथीको कोठामा पिडक पुगेका थिए । यो घटना अशोज २ गते दिउँसो साढे तीन बजेको हो ।  इलामको मुख्य बजार भन्दा केहि सय मिटर टाढा मात्रै डेरा बस्दै आएका प्रेमीको कोठामा ती युवती बसेकी थिइन् ।  युवतीको प्रेमी पनि इलाम सदरमुकाममा रहेको अर्को बैंकका कर्मचारी हुन् । युवती बसेको कोठामा जानु अघि पिडक उनको प्रेमीले काम गर्ने बैंकमा पुगेका थिए ।

बैंकमा पुगेका बेला युवतीका प्रेमी काममा व्यस्त थिए । त्यस लगत्तै निस्किएका प्रभु बैंकका ती कर्मचारी बैंकको ड्रेसमा युवती भएको कोठामा पुगेका थिए । उनी मोवाइल चार्ज गर्ने निउँमा युवती बसेको कोठामा पुगेको पिडितले बताइन् ।

युवतीकाे वयान

शुरुमा ढोका खोल्न लगाउँदा मेरो प्रेमीले झै ढोकामा ढक ढक पारे पिडित युवतीले भनिन्–‘ढोका खोलेपछि सर त हुनुहुन्न भने, तर म आराम गर्छु भनेर भित्र पसे र ढोका बन्द गरे ।’ उनी भन्छिन्–‘त्यसपछि म आत्तिएर कोठाको कुनामा बसे ।’ म कोठाको कुनामा बसेर प्रेमीलाई कम फाष्ट भनेर मेसेज गरे ।’ पिडित युवती भन्छिन्–‘त्यसपछि ढल्किएर बसेका उनले मेरो मोवाइल खोसेर फ्याकिदिए र मेरो काखमा एक्कासी आएर कपडा खोल्ने प्रयास गरे । मधिराले लठ्ठ परेका पिडकले शुरुमा लुगा खोल्न लगाएको तर नमानेपछि लछारपछार पारेको उनी बताउँछिन् । उनले भनिन्–‘मेरो आधि लुगा खोलेर मेरो संवेदनसिल अंगमा औला लगाउने प्रयास गरे, त्यहि कारण सानो घाउ भएको छ ।’

जबरजस्ती लडाएर आधि लुगा खोलेपछि मैले उनको टाईमा पक्रन सफल भएँ, पिडित युवती भन्छिन्–‘त्यसपछि युद्ध भएजस्तै भयो ।’ उनले भनिन्–‘मेरो शरिर धेरै पटक भुईमा बजारीयो र मैले पनि उनको टाईमा समाएकाले प्रतिकार गर्न सफल भएँ ।’ यसरी एक अर्कोले लछार पछार गर्ने क्रम १५ मिनेट जस्तो चल्यो । र म ढोका खोल्न सफल भएँ पिडित महिला भन्छिन्–‘धकेला धकेल गर्दा पिडकको लुगा च्यातिएको छ ।’ उनले थपिन्–‘ १५ मिनेट जोगिन धकेला धकेल भयो, त्यसपछि म ढोका खोल्न सफल भएँ अनि बाहिर निस्के । ढोका खोलेर बाहिर निस्कदा मेरो हैन उसको फोन बोकेछु, प्याटन थाहा भएन फेरी प्रेमीलाई फोन गर्न पाइँन ।

त्यसपछि उसले भित्र कोठाबाट भन्यो– भित्र आउ म तिमिलाई केहि गर्दिन भन्दै बोलाए तर प्यासेजमा बसिरहे । त्यतिकैमा उनी पनि आधि लुगामा प्यासेजमा आएपुँगे, त्यसपछि म कोठा भित्र पसेँ । उनी भन्छिन्–‘म कोठामा पसेर ढोका बन्द गरि प्रेमीलाई म्यासेज गरे, त्यसपछि पिडकले कपडा माँगे अनी मैले थोरै ढोका खोलेर कपडा दिएँ अनि धकेलिदिएर म बाथरुममा पसेँ । त्यसको १० मिनेट पछि मेरो प्रेमी आइपुगे । त्यसपछि के गर्ने भन्ने सल्लाहा गर्दा गर्दै रात पर्यो र भोलिपल्ट अशोज ३ गते बिहान प्रहरी कार्यालय पुगेर जाहेरी गरेका हौँ ।

पिडितले प्रहरी कार्यालयमा जाहेरी दिएपछि प्रहरी पिडकको कोठामा पुगेको थियो । प्रहरीले पिडकको कोठाबाट युवतीको कोठामा पुग्दा लगाएको बैँकको ड्रेस बरामत गरेको छ । कोठाबाट चुरोट र रक्सीका बोतलहरु पनि प्रहरीले फेला पारेको छ ।

घटना समासुम पार्न बदाब 

घटनालाई सामसुम बनाउन पिडितका अभिभावकलाई पिडकका आफन्त पनि पुगेका छन् । पिडित भन्छिन्–‘मेरो घरमा आएर धेरैजनाले घटना बाहिर नल्याइदिन अनुरोध गर्नुभएको छ, तर मैले हामीले मानेका छैनौँ ।’ उनी भन्छिन्–‘मलाई परिवारको सहयोग राम्रो छ, कानुनी लडाई लड्छु । घटनाको मिलापत्र गर्न र बाहिर नल्याइदिन पिडितको प्रेमीलाई पिडकका आफन्त र साथिले आग्रह गर्दै आएका छन् । पिडितका प्रेमी भन्छन्–‘घण्टैपिच्छे घटना बाहिर नल्याउन आग्रह गर्नेको फोन आउँछ ।’ उनले थपे–‘ मलाई फोन गरेर घटना मिलापत्र गर्नुपर्छ भन्ने फोन आउने क्रम जारी छ, मैले वास्था गरेको छैन ।

पोखरेल दैनिक मातेर पुग्थे बैंकमा

युवतीलाई बलात्कार प्रयास गर्ने प्रभु बैंकका कर्मचारी प्रमेश पोखरेल दैनिक मातेर बैँक पुग्ने गरेको पाइएको छ । बैंकको विराटनगर शाखामा पनि पोखरेलले रक्सीको नसामा हर्कत गरेपछि इलाम सरुवा गरिएको थियो ।

बैंकको व्यवस्थापन पक्षले घरदेखि टाढा राख्दा सुध्रिने वा जागिर छोड्छ भन्ने मनसायले इलाम सरुवा गरेपनि इलाम शाखामा आएपछि पनि उनको बानि नसध्रिएको समाचार श्रोतले बतायो । श्रोत भन्छ–‘बैंकमा दैनिक रक्सीमा लठ्ठ परेर आउने गरेकाले हामी उनीसँग सजग थियौँ र वास्था गर्न छोडेका थियौँ ।’ उनी घटना भएको दिनमा पनि मातेर  नै बैंकमा पुगेका थिए । 

श्रोतले भन्यो–‘हामीले यो मान्छे कुनै नराम्रो घटनामा फस्ने देखिएकाले बैंकका कर्मचारी सबै सजग थियौँ । त्यस दिनपनि एक जना साथि लिएर बाहिर जान खोजेका थिए,पर्दैन भनेर रोकेका थियौँ ।’ त्यसको केहि घण्टामा यस्तो घटना भयो भनेर खबर पायौँ  समाचार श्रोत  भन्छ । श्रोत भन्छ–‘उनले रक्सीको नसामा हुँदा गरेका नराम्रा कामहरु धेरै भइसकेको पाइन्छ ।’ उनी त्यसदिन पनि सप्तकोशी बैंक पुगेपछि युवती बसेको कोठामा पुगेको पाइन्छ ।

प्रहरी भन्छःअदालतले पक्राउ पुर्जी जारी गर्न दिएन

घटनाबारे पिडितले जाहेरी दिएपछि जिल्ला प्रहरीले अनुसन्धान गरेको थियो । प्रहरीले पिडितको बयान र स्वास्थ्य जाँच गरि जिल्ला अदालतमा पेश गरेपनि अदालतले पक्राउ गर्ने अनुमति दिएको छैन । प्रहरी श्रोतले भन्यो–‘घटनाको अनुसन्धान गरि  अनुमति मागेका छौँ, अनुमति पाउने बित्तिकै हामी थप अनुसन्धान गर्नेछौँ ।’

अदालतबाट पक्राउ गर्ने अनुमति नदिएपछि प्रहरीले पक्राउ गर्ने र घटनामा थप अनुसन्धान गर्ने काम गरेको छै्रन । श्रोतका अनुसार युवतीलाई बलात्कार प्रयास गर्ने बैंक कर्मचारी अहिले बैंक गएका छैनन् । उनले इलामको डेरा छोडेर घरमा बसेका छन् । उनले आफन्तमार्फत घटना सामसुम पार्न पिडितका आफन्त र उनका प्रेमीलाई फोन गर्न लगाइरहेका छन् ।’

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आज सातै प्रदेशले ल्याउँदै आर्थिक वर्ष २०८३–८४ को बजेट

काठमाडौँ । आज देशका सातै प्रदेश सरकारले आर्थिक वर्ष २०८३–८४ का लागि वार्षिक बजेट सार्वजनिक गर्दैछन् । अघिल्ला वर्षहरूमा अत्यधिक महत्वाकांक्षी बजेट ल्य...

अमेरिका–इरानबीच शान्ति सम्झौता, होर्मुज जलमार्ग पुनः सञ्चालन हुने तयारी

काठमाडौँ  । फारसको खाडी क्षेत्रमा लामो समयदेखि जारी तनाव अन्त्य गर्ने उद्देश्यसहित अमेरिका र इरानबीच महत्वपूर्ण शान्ति सम्झौता भएको छ । सम्झौता भएपछि ...

आरोग्य पर्यटन दशकले नेपाललाई विश्व स्वास्थ्य गन्तव्य बनाउने : चेम्बर अध्यक्ष अग्रवाल

काठमाडौं  । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले सरकारले घोषणा गरेको ‘आरोग्य दशक’ पहलले नेपाललाई आरोग्य, स्वास्थ्य तथा चिकित्सा पर्यट...

निशान्त विक र संगीना थापा मगर बने ‘९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता’का विजेता

काठमाडौं । ‘९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३’ को उपाधि निशान्त विक र संगीना थापा मगर (प्रतिष्ठान उपत्यका समन्वय समिति (ख))ले जितेका...

सुविधा बढे, गाउँ रित्तिए: अर्घाखाँचीमा ७ हजार हेक्टरभन्दा बढी जमिन बाँझो

काठमाडौं । एक समय नुन–तेल किन्न बुटवलसम्म ढाकर बोकेर पुग्नुपर्ने अर्घाखाँचीका गाउँमा आज सडक, बिजुली, इन्टरनेट, खानेपानी र स्वास्थ्य सेवाको पहुँच पुगेक...

जयतु संस्कृतम् : शिक्षा सुधारको मागबाट सुरु भएको आन्दोलन, प्रजातन्त्रको आधार बन्यो

काठमाडौँ । नेपालको पहिलो संगठित विद्यार्थी आन्दोलनका रूपमा चिनिने ‘जयतु संस्कृतम्’ आन्दोलनको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी ८०औँ जयतु संस्कृत...

भारतीय बाँधले बढायो गौरको चिन्ता, डुबान जोखिम झन् गहिरियो

रौतहट । भारतले नेपाल–भारत सीमावर्ती क्षेत्रमा रहेको बाँध मर्मतको नाममा थप अग्लो र बलियो बनाउन थालेपछि रौतहटको सदरमुकाम गौरसहित आसपासका बस्ती पुनः डुबा...

पहिलो हाफमा स्वीडेन २-१ ले अगाडि

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मेक्सिकोको मोन्टेरे स्टेडियमा भइरहेको समूह एफको खेलमा स्वीडेनले ट्युनिसिया विरुद्ध पहिलो हाफमा २-१ को अग्रता बना...

एमालेमा बढ्दै ध्रुवीकरण, ओलीको निशानामा पौडेल–पोखरेल

काठमाडौं । नेकपा एमालेभित्र पुनर्गठन बहस चर्किरहेका बेला अध्यक्ष केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेतामाथि सार्वजनिक रूपमा नभए पनि आन्तरिक बैठकमा कडा ...

निजी लगानीमा अन्तर्राष्ट्रिय क्रिकेट मैदान, सरकारी रङ्गशाला भने अझै अलपत्र

भैरहवा । रुपन्देहीमा क्रिकेट पूर्वाधार विस्तारले तीव्रता पाइरहेका बेला निजी क्षेत्रको सक्रियताले नयाँ आशा जगाएको छ। निजी लगानीमा अन्तर्राष्ट्रिय स्तरक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending