Khabar Dabali ५ असार २०८३ शुक्रबार | 19th June, 2026 Fri
Investment bank

रेबिज खोप अभावको कारण जुम्लाकी ८ वर्षीया बालिकाको मृत्यु

खबरडबली संवाददाता

जुम्ला। तातोपानी गाउँपालिका–१ राँकाकी ८ वर्षीया समिता कामीको रेबिज विरुद्धको खोप समयमै नपाउँदा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा आइतबार मृत्यु भएको छ । 

बालरोग विशेषज्ञ डा. कमल थानीका अनुसार करिब दुई महिना अघि कुकुरले टोकेको उनलाई समयमा खोप नलगाउदा संक्रमण गम्भीर बन्दै गएको र अन्तिम अवस्थामा मात्र परिवारले अस्पताल पुर्‍याएका कारण उहाँको मृत्यु भएको हो । 

रेबिज इन्सेफ्लाइटिसको कारण भएको यो मृत्युले जुम्लामा रेबिज खोपको अभाव र जनचेतनाको गम्भीर समस्यालाई पुन: उजागर गरेको छ । डा.थानीका अनुसार समितालाई टोकेकै कुकुरले थप तीन चार जनालाई पनि टोकेको जानकारी प्राप्त भएको बताए। 

ती सबैले खोप लगाए वा नलगाएको तत्काल पहिचान गरी आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउनु जरुरी रहेको उनको भनाइ छ । रेबिज लागे पछि उपचार अत्यन्त कठिन हुन्छ । 

तर कुकुर वा स्यालले टोके लगत्तै लगाइने खोपले ज्यान बचाउन सकिने उनले बताउनुभयो । यो घटनालाई केवल एउटा दु:खद मृत्यु मात्र नभई सार्वजनिक स्वास्थ्य सँग जोडिएको गम्भीर राष्ट्रिय विषयका रूपमा लिनुपर्ने उनले बताए । 

रेबिज शतप्रतिशत ज्यान लिन सक्ने रोग भएकाले समयमै खोप लगाए पूर्ण रूपमा रोकथाम गर्न सकिने डा: थानीको भनाइ छ । यता, जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख किरण शर्माले समयमै टेन्डर प्रक्रिया पुरा हुन नसक्नु नै खोप अभावको मुख्य कारण भएको बताए। 

नेपाल सरकारले विगतमा नि:शुल्क उपलब्ध गराउँदै आएको रेबिज विरुद्धको खोप हाल कर्णालीका अधिकांश स्वास्थ्य संस्थामा उपलब्ध नभएको उनको भनाइ छ । 

जुम्लाको कालिकाखेतु स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा मात्र बीस डोज सीमित मात्रामा मौज्दात रहेको छ । खोपको अभाव, जनचेतनाको कमी र स्वास्थ्य सेवामा ढिलाइका कारण अझै पनि यस्ता दु:खद घटनाहरू दोहोरिने जोखिम उत्तिकै रहेको विशेषज्ञहरूले बताएका छन् । 

शर्माले कुकुर, स्याल वा अन्य जनावरले टोकेपछि नजिकको स्वास्थ्य संस्थामा पुगेर रेबिज विरुद्धको खोप लगाउन सबैलाई आग्रह गरेको छन् । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रहरी हिरासतमा श्रीकृष्ण विकको मृत्यु प्रकरण, यातना दिएको पुष्टि भएन: गृहमन्त्री

काठमाडौं । सिन्धुली जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका श्रीकृष्ण विकको मृत्यु प्रकरणमा प्रहरीले कुनै पनि प्रकारको शारीरिक वा मानसिक यातना दिएको प...

आज मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ। नेपाल सरकारको मन्त्रिपरिषद् बैठक आज अपराह्न ४:३० बजे बस्ने भएको छ। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजन...

नेप्से परिसूचकमा झिनो अङ्कको वृद्धि, १४० कम्पनीको शेयर मूल्य ओरालो

काठमाडौँ। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक एक दशमलव ६३ अङ्कले उक...

सहकारी र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश स्वीकृत

काठमाडौँ। ‘सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३’ प्रतिनिधि सभाबाट स्वीकृत भएको छ । शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा भूमि व्यवस्था, सहकारी तथा गर...

प्रतिनिधिसभाबाट ४ अध्यादेश स्वीकृत, ६ दिनपछि बस्ने गरी बैठक स्थगित

काठमाडौं । प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकले चार वटा अध्यादेश स्वीकृत गर्दै ६ दिनपछि बस्ने गरी बैठक स्थगित गरेको छ। अब अर्को बैठक असार ११ गते बिहान...

७२ हजार घुस लिएको अभियोगमा मुद्दा दायर

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादवविरुद्ध घुस लिएको अभियोगमा मुद्दा दायर ...

विकास निर्माणको गति बढाउन सार्वजनिक खरिद अध्यादेश आवश्यक थियो: कानुनमन्त्री गौतम

काठमाडौँ। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले सार्वजनिक खरिद ऐनमा देखिएका जटिलता तत्काल हटाउनका लागि सार्वजनिक खरिद ऐनसम्बन्धी अध्यादे...

नेपाल वैदेशिक ऋण लिनुपर्ने बाध्यात्मक अवस्थामा छ: अर्थमन्त्री वाग्ले

काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाललाई वैदेशिक ऋण लिनु बाध्यता भएको बताएको छन् । शुक्रबार प्रतिनिधि सभा बैठकमा सांसदहरूले ‘राष्ट्र ऋण...

प्रतिनिधिसभाबाट सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश २०८३ स्वीकृत

काठमाडौं । सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश २०८३ प्रतिनिधिसभाबाट स्वीकृत भएको छ। संसद् अधिवेशन नरहेका बेला सरकारले ल्याएको उक्त अध्यादेश पछिल्ल...

संविधान संशोधन कार्यदलको म्याद थप, रावल आयोगको प्रतिवेदन कार्यान्वयन गरिने

काठमाडौँ। सरकारले संविधान संशोधनको बहसपत्र तयार पार्ने कार्यदलको अवधि थप गर्नेदेखि सरकारी जग्गा छानबिनसम्बन्धी आयोगको प्रतिवेदन कार्यान्वयन गर्नेसम्मक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending