Khabar Dabali ६ असार २०८३ शनिबार | 20th June, 2026 Sat
Investment bank

सुस्ता समस्या समाधानको पहल, सुस्तावासीसँग छलफल

खबरडबली संवाददाता

पश्चिम नवलपरासी। एक साताअघि भारतीय सशस्त्र सिमा बल(एसएसबी) को टोली हतियारसहित पश्चिम नवलपरासीको सुस्तास्थित नेपाली भूमिमा प्रवेश गरेको विषयलाई लिएर समस्या समाधानको लागि  पहल थालिएको छ।

एक साताअघि भारतीय सुरक्षाकर्मी (एसएसबी) टोली सुस्ताको नेपाली भूमिमा प्रवेश गरेपछि स्थानीयले प्रतिवाद गरेका थिए, जसका कारण सिमा क्षेत्रमा विवाद उत्पन्न भएको थियो। सोही विवाद र सुस्ताको समग्र सुरक्षा अवस्थालाई लिएर सोमबार जिल्ला प्रशासन कार्यालयमा सरोकारवाला र सुस्तावासीबिच छलफल  भएको छ।

छलफलमा सुस्ता क्षेत्रको प्रतिनिधित्व गर्ने संघीय सांसद विक्रम खनालले सुस्ताको वास्तविक र हालै सिर्जित समस्या बारेमा प्रधानमन्त्री तथा परराष्ट्र मन्त्रालयमा लिखित रूपमै जानकारी गराई कुटनीतिक माध्यमबाट दीर्घकालीन समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।

संघीय सांसद खनालले दुवै देशका सुरक्षाकर्मीले गर्ने ‘संयुक्त गस्ती’ बाहेक अन्य कुनै पनि बहानामा भारतीय एसएसबी नेपाली भूमिमा प्रवेश गर्न नहुने र यसलाई तत्काल रोकिनु पर्ने बताए।

छलफलमा बोल्दै पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले सीमा क्षेत्रमा नेपाली नागरिकको सुरक्षा र भूमिको रक्षा गर्नु प्रशासनको पहिलो दायित्व भएको बताए। उनले भने, “हामीले सिमा क्षेत्रको संवेदनशीलतालाई मध्यनजर गर्दै सुरक्षा गस्ती र निगरानी बढाउन गृह मन्त्रालयसँग समन्वय गरिरहेका छौँ। स्थानीय प्रशासन सुस्तावासीको साथमा छ।”

छलफलमा सुस्ता गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायले सुस्तावासीले सधैँ अभाव र त्रासबिच पनि देशको सिमा रक्षा गरिरहेको उल्लेख गरे। उनले भने, “भारतीय एसएसबीले पटक–पटक फरक–फरक बहानामा नेपाली भूमिमाथि आँखा लगाउने गरेको छ। स्थानीय सरकारको तर्फबाट हामी डटेर सामना गरिरहेका छौँ, तर यसको स्थायी कुटनीतिक समाधानका लागि संघीय सरकारले तत्काल भारत सरकारसँग उच्चस्तरीय वार्ता गर्नुपर्छ।’

छलफलमा आफ्नो पीडा राख्दै स्थानीय बासिन्दा मुन्ना खाँले सीमा क्षेत्रमा नेपाली सुरक्षाकर्मीको उपस्थिति निकै कमजोर रहेको गुनासो गरे। उनले भने, “यहाँ दरबन्दीअनुसार सुरक्षाकर्मीको सङ्ख्या निकै कम छ। पर्याप्त सुरक्षा फौज नहुँदा भारतीय एसएसबीले सजिलै नेपाली भूमिमा आएर दादागिरी देखाउने आँट गर्छन्। सबैभन्दा पहिले सुस्तामा नेपाली सुरक्षाकर्मीको उपस्थिति बलियो बनाइनु पर्छ र दरबन्दीअनुसार तत्काल थप टोली खटाइनु पर्छ।’

सुस्ता बचाउ अभियानका प्रवक्ता रवीन्द्र जयसवालका अनुसार भारतीय सुरक्षाकर्मीले नियतवश फरक–फरक नयाँ स्थानबाट नेपाली भूमिमा प्रवेश गर्ने र पछि हामी पहिलेदेखि नै यही बाटो गस्ती गर्थ्यौं’ दावी गर्ने गरेका छन्। भारतीय पक्षको यस्तो प्रवृत्तिका कारण सीमा क्षेत्रमा पटक–पटक विवाद बढ्दै गएको स्थानीयको भनाइ छ।

सोमबारको सर्वपक्षीय छलफल पश्चात् संघीय सांसद खनालले काठमाडौँ पुगेर प्रधानमन्त्री र परराष्ट्र मन्त्रालयमा समस्या समाधानका लागि लिखित रूपमा पत्र बुझाउने र कूटनीतिक माध्यमबाट समस्याको दीर्घकालीन र स्थायी समाधान खोज्न सरकारसँग माग गर्ने योजना बनाएको छन्।

सोमबार जिल्ला प्रशासन कार्यालयमा भएको छलफलले सुस्ता क्षेत्रको सुरक्षामा रहेका मुख्य कमजोरीलाई उजागर गरेको छ। दरबन्दीअनुसार नेपाली सुरक्षाकर्मीको न्यून उपस्थिति हुनु नै भारतीय एसएसबीको अनधिकृत प्रवेश र मनोबल बढ्नुको प्रमुख कारण देखिन्छ। राज्यको उपस्थिति कमजोर रहँदा र न्यूनतम सेवा-सुविधा समेत नपाउँदा पनि सुस्तावासीले निरन्तर राष्ट्रभक्ति देखाउँदै भूमिको रक्षा गरिरहेका छन्।

त्यसैले, सुस्तामा तत्काल पर्याप्त सुरक्षा फौज परिचालन गरी गस्ती बढाउनु स्थानीय प्रशासनको पहिलो दायित्व बन्नु पर्छ। यसका साथै, सिमानाको यो संवेदनशील र वर्षौँ पुरानो विवादलाई सदाका लागि अन्त्य गर्न संघीय सरकारले ढिला नगरी प्रधानमन्त्री र परराष्ट्र मन्त्रालयको स्तरबाट भारत सरकारसँग उच्चस्तरीय कूटनीतिक संवाद थाल्नु र सीमाङ्कन स्पष्ट पार्नु नै एकमात्र स्थायी विकल्प देखिन्छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी अध्यादेश राष्ट्रिय सभाबाट बहुमतले स्वीकृत

काठमाडौँ। राष्ट्रिय सभाले ‘स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ लाई बहुमतले स्वीकृत गरेको छ । शुक्रब...

रवि लामिछानेविरुद्धको सङ्गठित अपराध अभियोग हटाउन अदालतको अनुमति

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध लगाइएको सङ्गठित अपराधसम्बन्धी अभियोग फिर्ता लिन ...

बर्डफ्लु सङ्क्रमणपछि जावलाखेल चिडियाखाना दुई साताका लागि बन्द

काठमाडौंँ । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा रहेका केही पक्षीमा बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि चिडियाखाना कम्तीमा दुई साताका लागि बन्द गरिएको ...

झापामा ट्र्याक्टर र मोटरसाइकल ठोक्किँदा मामा र भान्जीको घटनास्थलमै मृत्यु

बिर्तामोड। झापाको कन्काई नगरपालिका–५ स्थित चप्रामारी भन्ने स्थानमा जोत्न निकालेको ट्र्याक्टर र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार ५ वर्षीया बालिकासह...

जेनजी आन्दोलनबारे मानव अधिकार आयोगको सिफारिस गैरसंवैधानिक: बार अध्यक्ष मिश्र

काठमाडौं । नेपाल बार एशोसिएशन का अध्यक्ष डा. विजयप्रसाद मिश्रले जेनजी आन्दोलनसम्बन्धी राष्ट्रिय मानव अधिकार आयोग को सिफारिस गैरसंवैधानिक रहेको बताएका ...

प्रहरी हिरासतमा श्रीकृष्ण विकको मृत्यु प्रकरण, यातना दिएको पुष्टि भएन: गृहमन्त्री

काठमाडौं । सिन्धुली जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका श्रीकृष्ण विकको मृत्यु प्रकरणमा प्रहरीले कुनै पनि प्रकारको शारीरिक वा मानसिक यातना दिएको प...

आज मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ। नेपाल सरकारको मन्त्रिपरिषद् बैठक आज अपराह्न ४:३० बजे बस्ने भएको छ। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजन...

नेप्से परिसूचकमा झिनो अङ्कको वृद्धि, १४० कम्पनीको शेयर मूल्य ओरालो

काठमाडौँ। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक एक दशमलव ६३ अङ्कले उक...

सहकारी र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश स्वीकृत

काठमाडौँ। ‘सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३’ प्रतिनिधि सभाबाट स्वीकृत भएको छ । शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा भूमि व्यवस्था, सहकारी तथा गर...

प्रतिनिधिसभाबाट ४ अध्यादेश स्वीकृत, ६ दिनपछि बस्ने गरी बैठक स्थगित

काठमाडौं । प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकले चार वटा अध्यादेश स्वीकृत गर्दै ६ दिनपछि बस्ने गरी बैठक स्थगित गरेको छ। अब अर्को बैठक असार ११ गते बिहान...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending