पोखरा । पोखरा महानगरपालिका–३३ तोरीचौरका प्रदीप लामिछानेलाई यतिबेला आफूले उत्पादन गरेको काँक्रोलाई बजारमा पुर्याउन भ्याइनभ्याई छ । दिनभरि काँक्रा टिप्ने र राति गाडीमा राखेर बजार पुर्याउनु उनको दैनिकी हो ।
स्नातक तहसम्मको अध्ययन पूरा गरेका ३२ वर्षीय लामिछानेले बारीमा उत्पादित काँक्रा पोखरा शान्तिवनस्थित तरकारी बजारमा पुर्याउँदै आएका छन् । पोखरास्थित फूलबारी होटलमा साढे तीन वर्ष काम गरेपछि कुनै समय विदेश जाने योजनाका साथ प्रक्रिया सुरु गरेका उनले अहिले भने कृषि कर्ममै रमाएका छन् ।
“होटलको जागिर छाडेपछि विदेश जानका लागि दलाललाई केही पैसा बुझाएँ, केही खर्च पनि भयो, तर पछि विदेश जाने योजना त्यागेर आफ्नै बारीमा काँक्रोखेती गरिरहेको छु”, लामिछानेले भने । उनका बारीमा गत जेठमा रोपेका काँक्राले उत्पादन दिन सुरु गरिसकेका छन् । बारीमा अहिले काँक्राको उत्पादन राम्रो भए पनि बजारमा उचित मूल्य पाउन भने नसकेको उनको भनाइ छ ।
“सुरुमा काँक्रा प्रतिकेजी रु ८० का दरले बिक्री भए पनि अहिले भने प्रतिकेजी रु ३० मा मात्र पाएका छौँ, उचित मूल्य पाउने हो भने कृषिमा लाग्नेहरूलाई प्रोत्साहन हुने थियो”, लामिछानेले भने । उनी अहिले हरेक रात जिपमा काँक्रा राखेर पोखरा पठाउँदै आएका छन् । उनका अनुसार बिहान ४ः०० नबज्दै काँक्रा खरिदका लागि व्यापारी घरमै आइसक्छन् । “काँक्रा बिक्रीका लागि समस्या छैन, बिहीबार मात्र पाँच सय केजी काँक्रा बजार पठाएँ, तर भनेजस्तो मूल्य भने अझै पाइएको छैन ।”
उनको ६ रोपनी बारीमा काँक्रासँगै घिरौला, करेला र लौका पनि उत्पादन भइरहेका छन् । उनका अनुसार दैनिक औसतमा रु १५ हजारको व्यापार भइरहेको छ ।
“पछिल्लो समय काँक्राको बजारभाउ घट्दो छ, यद्यपि यो सिजनमा करिब रु चार लाख आम्दानी भइसकेको छ”, किसान लामिछानेले भने, “सरकारले काँक्राको न्यूनतम मूल्य तोकिदिने हो भने हामीलाई राहत हुने थियो, रोजगारीको खोजीमा विदेश जान सोच्नुपर्ने अवस्था आउने थिएन ।”
बारीमा अहिले करेला, बोडी, सिमीलगायतका तरकारी लगाइएको छ । यी तरकारीले भदौमा उत्पादन दिन थाल्छन् । लामिछानेको कृषि कर्ममा उनका बुबा देवीप्रसाद र आमा नारायणीले सहयोग गरिरहेका छन् । लामिछानेका बुबा देवीप्रसादले भने, “यस वर्ष पानी कम परेकाले काँक्रालाई फाइदा भयो, धान खेतमा चिरा परेको छ, तर काँक्राको उत्पादन राम्रो छ ।”
हाल उक्त क्षेत्रमा एक सयभन्दा बढी परिवार व्यावसायिक काँक्रालगायतका खेतीमा छन् । यस क्षेत्रका किसानले करिब रु पाँच करोड बराबरको काँक्रा बिक्री गर्ने अनुमान गरिएको छ ।
पोखरा महानगरपालिका–३३ का अध्यक्ष रामचन्द्र अधिकारीका अनुसार सडकको सुविधा पुगेपछि उत्पादित काँक्रा र तरकारी बजार पुर्याउन सहज भएको छ । उनका अनुसार यस क्षेत्रमा तरकारीखेतीका लागि स्थानीय तहले समय सहयोग गर्दै आएको छ । यस क्षेत्रमा काँक्रासँगै पिँडालु, खुर्सानी, सुन्तला, गोलभेँडाको उत्पादन पनि राम्रो छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...




प्रतिकृया लेख्नुहोस्: