काठमाडौँ । प्रेस काउन्सिल नेपालले चालु आर्थिक वर्ष २०८२/८३ को पुस मसान्तसम्म सञ्चार माध्यम तथा तिनका सामाजिक सञ्जालबाट सम्प्रेषित सामग्रीका विषयमा १६३ वटा उजुरी दर्ता भएको जनाएको छ। काउन्सिलका अनुसार उजुरीहरूको सुनुवाइ, नियमित तथा स्वअनुगमनका आधारमा एक सञ्चार माध्यमलाई अवज्ञाकारी घोषणा गर्दै कालोसूचीमा राखी कारबाही गरिएको छ।
प्रेस काउन्सिलले आइतबार जारी गरेको विज्ञप्तिअनुसार दर्ता भएका उजुरीमध्ये ७७ वटा खण्डन प्रकाशित भएका, ५२ वटा उजुरीमा प्राप्त जवाफ उजुरीकर्तालाई जानकारी गराइएको, १४ वटा क्षमायाचना वा भुलसुधार भएका छन् । ५ वटा सामग्री स्थगन गरिएको छ । १० वटासँग स्पष्टीकरण सोधिएको र५ वटालाई निर्देशन तथा सचेत गराइएको छ ।
यस अवधिमा काउन्सिलले ६३२ मिडिया, वेबपोर्टल तथा सामाजिक सञ्जालका ७४४ सामग्रीको स्वअनुगमन गरेको जनाएको छ। तीमध्ये ४४७ मिडिया सामग्री र १८५ गैरमिडिया सामग्री रहेका छन्। आचारसंहिता उल्लङ्घनको गम्भीरताका आधारमा १३६ मिडिया र २७ गैरमिडियालाई निर्देशन तथा सचेत गराइएको छ। सम्पर्कमा नआएका २० गैरमिडियाका विषयमा अनुसन्धान गरी कारबाहीका लागि सम्बन्धित निकायमा पत्राचार गरिएको काउन्सिलले जनाएको छ।
निर्वाचनलाई लक्षित दुष्प्रचारप्रति सचेत रहन आग्रह
प्रेस काउन्सिलले आगामी २०८२ माघ ११ गते राष्ट्रियसभा सदस्य निर्वाचन र २०८२ फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुने स्मरण गराउँदै, माघ ४ गते राति १२ बजेदेखि निर्वाचन आचारसंहिता लागू भइसकेको जानकारी दिएको छ।
निर्वाचन आचारसंहिता लागू भएसँगै काउन्सिलले पत्रकार आचारसंहितासँगै निर्वाचन आचारसंहिताको पालना भए–नभएको विषयमा विशेष अनुगमन प्रक्रिया सुरु गरेको जनाएको छ।
काउन्सिलले निर्वाचनको समयमा राजनीतिक दल वा उम्मेदवारलाई लक्षित गरी आधारहीन तथा अप्रमाणित आरोप, होच्याउने, मिथ्या सूचना र दुष्प्रचार, चरित्रहत्या हुने सामग्री, द्वेषपूर्ण अभिव्यक्ति (हेट स्पिच) जस्ता सामग्री सम्प्रेषण हुनसक्ने भन्दै सञ्चार माध्यम र पत्रकारलाई अत्यन्त सतर्क रहन आग्रह गरेको छ।
मतआह्वान र एकपक्षीय प्रचार नगर्न चेतावनी
प्रेस काउन्सिलले निर्वाचनको सन्दर्भमा पत्रकार तथा सञ्चार माध्यमले कुनै दल वा उम्मेदवारको पक्ष वा विपक्षमा मतआह्वान गर्ने, एकपक्षीय प्रचारलाई प्रश्रय दिने, सामाजिक सञ्जालमा सेयर, स्पोन्सर्ड पोस्ट, कमेन्ट, लाइभ स्ट्रिमिङ, ट्याग, मेन्सन वा अपिल गर्ने, कार्य पत्रकार आचारसंहिता तथा व्यावसायिक मर्यादाविपरीत हुने स्पष्ट पारेको छ।
यस्ता गतिविधिले स्वतन्त्र पत्रकारितामाथि गम्भीर प्रश्न उठ्ने भन्दै सञ्चार माध्यम, पत्रकार, सञ्चारकर्मी तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई यस्तो कार्य नगर्न र नगराउन काउन्सिलले आग्रह गरेको छ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ८ गते, २०८२ - २०:२४
काठमाडौं । नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यसपटक उल्लेख्य मात्रामा नयाँ अनुहारलाई उम्मेदवार बनाएको छ । पार्टी प्रवक्ता देवर...
माघ ८ गते, २०८२ - २०:२०
संसदमा निर्णायक शक्ति बनेर सरकारको नेतृत्व गर्ने लक्ष्यसहित मैदानमा उत्रियो पार्टी
माघ ८ गते, २०८२ - २०:०३
सुनसरी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुनसरी निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा उम्मेदवार लालविक्रम थापाविरुद्ध निर्वाचन अधिकृतको कार...
माघ ८ गते, २०८२ - १९:२९
काठमाडौं । चुनावी मैदानमा उत्रिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन शाहले आफू प्रधानमन्त्री बन्ने भन्दै ‘balen4pm.com’ र ‘balenforpm...
माघ ८ गते, २०८२ - १९:२५
काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी चैत १९ गते बिहीबारदेखि सुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले बुधबार सूचना जारी गर्द...
माघ ८ गते, २०८२ - १९:२१
काठमाडौँ । प्रेस काउन्सिल नेपालले चालु आर्थिक वर्ष २०८२/८३ को पुस मसान्तसम्म सञ्चार माध्यम तथा तिनका सामाजिक सञ्जालबाट सम्प्रेषित सामग्रीका विषयमा १६३...
माघ ८ गते, २०८२ - १९:१०
रुकुमपूर्व । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुकुमपूर्वबाट उम्मेदवारी दिएसँगै नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहिद परिव...
माघ ८ गते, २०८२ - १९:०४
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गरेका उम्मेदवारमध्ये चार जिल्लाका पाँच जनाविरुद्ध उजुरी परेको छ । ...
माघ ८ गते, २०८२ - १८:५९
काठमाडाैं । उपराष्ट्रपति रामसहायप्रसाद यादव र नेपालका लागि भारतीय दूतावासका नियोग उपप्रमुख तथा निमित्त राजदूत डा.राकेश पाण्डेबीच भेटवार्ता भएको छ । का...
माघ ८ गते, २०८२ - १८:५६
म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका–७ झिनडाडाँमा श्रीमतीको हत्या गरेर फरार भएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । यही माघ ३ गते राति शौचा...




प्रतिकृया लेख्नुहोस्: