Khabar Dabali ५ फाल्गुन २०८२ मंगलवार | 17th February, 2026 Tue
Investment bank

निर्वाचन आचारसंहिता उल्लङ्घनमा कडाइ: १६३ उजुरी दर्ता, एक सञ्चार माध्यम कालोसूचीमा

खबरडबली संवाददाता

काठमाडौँ । प्रेस काउन्सिल नेपालले चालु आर्थिक वर्ष २०८२/८३ को पुस मसान्तसम्म सञ्चार माध्यम तथा तिनका सामाजिक सञ्जालबाट सम्प्रेषित सामग्रीका विषयमा १६३ वटा उजुरी दर्ता भएको जनाएको छ। काउन्सिलका अनुसार उजुरीहरूको सुनुवाइ, नियमित तथा स्वअनुगमनका आधारमा एक सञ्चार माध्यमलाई अवज्ञाकारी घोषणा गर्दै कालोसूचीमा राखी कारबाही गरिएको छ।

प्रेस काउन्सिलले आइतबार जारी गरेको विज्ञप्तिअनुसार दर्ता भएका उजुरीमध्ये ७७ वटा खण्डन प्रकाशित भएका, ५२ वटा उजुरीमा प्राप्त जवाफ उजुरीकर्तालाई जानकारी गराइएको, १४ वटा क्षमायाचना वा भुलसुधार भएका छन् ।  ५ वटा सामग्री स्थगन गरिएको छ । १० वटासँग स्पष्टीकरण सोधिएको र५ वटालाई निर्देशन तथा सचेत गराइएको छ ।

यस अवधिमा काउन्सिलले ६३२ मिडिया, वेबपोर्टल तथा सामाजिक सञ्जालका ७४४ सामग्रीको स्वअनुगमन गरेको जनाएको छ। तीमध्ये ४४७ मिडिया सामग्री र १८५ गैरमिडिया सामग्री रहेका छन्। आचारसंहिता उल्लङ्घनको गम्भीरताका आधारमा १३६ मिडिया र २७ गैरमिडियालाई निर्देशन तथा सचेत गराइएको छ। सम्पर्कमा नआएका २० गैरमिडियाका विषयमा अनुसन्धान गरी कारबाहीका लागि सम्बन्धित निकायमा पत्राचार गरिएको काउन्सिलले जनाएको छ।

निर्वाचनलाई लक्षित दुष्प्रचारप्रति सचेत रहन आग्रह

प्रेस काउन्सिलले आगामी २०८२ माघ ११ गते राष्ट्रियसभा सदस्य निर्वाचन र २०८२ फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुने स्मरण गराउँदै, माघ ४ गते राति १२ बजेदेखि निर्वाचन आचारसंहिता लागू भइसकेको जानकारी दिएको छ।

निर्वाचन आचारसंहिता लागू भएसँगै काउन्सिलले पत्रकार आचारसंहितासँगै निर्वाचन आचारसंहिताको पालना भए–नभएको विषयमा विशेष अनुगमन प्रक्रिया सुरु गरेको जनाएको छ।

काउन्सिलले निर्वाचनको समयमा राजनीतिक दल वा उम्मेदवारलाई लक्षित गरी  आधारहीन तथा अप्रमाणित आरोप, होच्याउने, मिथ्या सूचना र दुष्प्रचार, चरित्रहत्या हुने सामग्री, द्वेषपूर्ण अभिव्यक्ति (हेट स्पिच) जस्ता सामग्री सम्प्रेषण हुनसक्ने भन्दै सञ्चार माध्यम र पत्रकारलाई अत्यन्त सतर्क रहन आग्रह गरेको छ।

मतआह्वान र एकपक्षीय प्रचार नगर्न चेतावनी

प्रेस काउन्सिलले निर्वाचनको सन्दर्भमा पत्रकार तथा सञ्चार माध्यमले कुनै दल वा उम्मेदवारको पक्ष वा विपक्षमा मतआह्वान गर्ने, एकपक्षीय प्रचारलाई प्रश्रय दिने, सामाजिक सञ्जालमा सेयर, स्पोन्सर्ड पोस्ट, कमेन्ट, लाइभ स्ट्रिमिङ, ट्याग, मेन्सन वा अपिल गर्ने, कार्य पत्रकार आचारसंहिता तथा व्यावसायिक मर्यादाविपरीत हुने स्पष्ट पारेको छ।

यस्ता गतिविधिले स्वतन्त्र पत्रकारितामाथि गम्भीर प्रश्न उठ्ने भन्दै सञ्चार माध्यम, पत्रकार, सञ्चारकर्मी तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई यस्तो कार्य नगर्न र नगराउन काउन्सिलले आग्रह गरेको छ।

Open photo

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जेनजी आदोलनका क्रममा कारागारबाट भागेका सात जना पक्राउ

काठमाडौं । गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेका सात जनालाई पक्राउ गरी प्रहरीले आज सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा रसुवाको उत्...

टुँडिखेलको ब्यान्डमा राजनीति: अमेरिकी प्रस्तुति किन बन्यो विवाद ?

काठमाडौं । २६३औँ नेपाली सेना दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा विदेशी सैन्य ब्यान्डले प्रस्तुति दिएपछि राजनीतिक तरङ्ग देखिएको छ। विशेषगरी अमेरिकी से...

कटानीको मुखमै विपत्ति: सिरहामा ३० बिघा उखु जलेर खरानी, किसानलाई करोडौं क्षति

सिरहा । मेहनतको पसिना फल दिने बेला सिरहाका किसानमाथि विपत्ति आइपरेको छ। लहान नगरपालिका–१३ घलेटोलमा काट्नै लागिएको करिब ३० बिघा उखु सोमबार दिउँसो आगलाग...

जेनजी प्रदर्शनका क्रममा घाइते २०० जनाको वर्गीकरण

काठमाडौं । जेनजी प्रदर्शनका क्रममा घाइते भएका २०० जनाको वर्गीकरण गरिएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीले हालसम्म...

बालीनाली जोगाउन सरकारको नयाँ निर्णय: बाँदर ‘हानिकारक’ घोषणा, किसानलाई कानुनी छुट

काठमाडौं । लगातार बालीनाली नष्ट गर्दै आएका जंगली रातो बाँदर नियन्त्रणका लागि सरकारले विशेष कदम चालेको छ। वन तथा वातावरण मन्त्रालय ले राजपत्रमा सूचना प...

निर्वाचन तयारीमै विवाद: झापामा मतदान अधिकृत खटाइमा विभेदको आरोप

झापा। प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी चलिरहँदा झापामा मतदान अधिकृत र सहायक मतदान अधिकृत खटाइ प्रक्रियामै विवाद उत्पन्न भएको छ। कर्मचारी तहबाटै विभ...

विद्रोहको उद्गम थलो अझै अँध्यारोमा: जुनीचाँदेमा ७८% गरिबी, विकासको सपना अधुरै

जाजरकोट। परिवर्तन र समताको नारासहित सुरु भएको सशस्त्र ‘जनयुद्ध’ को आधारभूमि मानिने जुनीचाँदे गाउँपालिका आज देशकै सबैभन्दा गरिब स्थानीय तहको सूचीमा परे...

निर्वाचनलाई पारदर्शी बनाउन सञ्चार क्षेत्रको भूमिका महत्वपूर्णः मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र पारदर्शी बनाउन सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताए...

सङ्खुवासभामा आगलागी हुँदा एक घर ध्वस्त

सङ्खुवासभा  । सङ्खुवासभाकोे पाँचखपन नगरपालिका–२ भिरकुनामा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ।  आज बिहान खाना पकाउने चुलोबाट अचानक आगलागी हुँदा सिर...

ढुङ्गाले लागेर स्काभेटर चालकको मृत्यु

सङ्खुवासभा। सङ्खुवासभाको भोटखोला गाउँपालिका–२ स्थित सानो याक्र्खकमा निर्माणाधीन छुजुङ खोला जलविद्युत् आयोजनाको बाटो खन्ने क्रममा आज ढुङ्गाले लागेर स्क...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE