सुनसरी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुनसरी निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा उम्मेदवार लालविक्रम थापाविरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता भएको छ ।
२०७९ सालको निर्वाचनमा सोही क्षेत्रबाट पराजित भएका थापाविरुद्ध सत्यनारायण पण्डितले उजुरी दर्ता गराएका हुन् । पण्डितले थापाले इटहरीस्थित जनता माध्यमिक विद्यालयको जग्गा भाडामा लिएबापत तिर्नुपर्ने रकम फर्छ्यौट नगरेको आरोप लगाएका छन् ।
निवेदकका अनुसार थापा सञ्चालक रहेको सनमुन प्लाजा कम्पनीले जनता माध्यमिक विद्यालयलाई ७४ लाख १ सय ५० रुपैयाँ (७४,००,१५०) तिर्न बाँकी छ । उक्त रकम फर्छ्यौट नगरेको भन्दै निर्वाचन आचारसंहिता २०८२ को परिच्छेद १० (विविध) अन्तर्गत बुँदा नम्बर ४२ अनुसार थापाको उम्मेदवारी खारेज गर्न माग गरिएको छ ।
थापा सञ्चालक रहेको सनमुन प्लाजा कम्पनी र जनता माध्यमिक विद्यालयबीच २०७६ साउन १ गतेदेखि लागू हुने गरी करिब दुई कट्ठा जग्गा भाडामा लगाउने सम्झौता भएको थियो । सम्झौताअनुसार मासिक १ लाख ७ हजार ५ सय १ रुपैयाँ बुझाउनुपर्ने उल्लेख छ ।
भाडासम्बन्धी विवाद चर्किएपछि लालविक्रम थापाले सनमुन प्लाजा कम्पनीबाट आफ्नो नाम हटाएर आफन्तको नाम राखेको भए पनि आन्तरिक राजस्व कार्यालयको अभिलेखमा भने अझै उनकै नाम रहेको निवेदकको दाबी छ । सो विषय अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत विचाराधीन रहेको जनाइएको छ ।
उम्मेदवार थापाविरुद्ध उजुरी परेको विषय सुनसरी–२ का सहायक निर्वाचन अधिकृत अरुण मेहताले पुष्टि गरेका छन् । “राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार लालविक्रम थापाविरुद्ध उजुरी परेको छ । यस विषयमा भोलि सुनुवाइ हुनेछ,” उनले भने ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ८ गते, २०८२ - २०:२४
काठमाडौं । नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यसपटक उल्लेख्य मात्रामा नयाँ अनुहारलाई उम्मेदवार बनाएको छ । पार्टी प्रवक्ता देवर...
माघ ८ गते, २०८२ - २०:२०
संसदमा निर्णायक शक्ति बनेर सरकारको नेतृत्व गर्ने लक्ष्यसहित मैदानमा उत्रियो पार्टी
माघ ८ गते, २०८२ - २०:०३
सुनसरी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुनसरी निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा उम्मेदवार लालविक्रम थापाविरुद्ध निर्वाचन अधिकृतको कार...
माघ ८ गते, २०८२ - १९:२९
काठमाडौं । चुनावी मैदानमा उत्रिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन शाहले आफू प्रधानमन्त्री बन्ने भन्दै ‘balen4pm.com’ र ‘balenforpm...
माघ ८ गते, २०८२ - १९:२५
काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी चैत १९ गते बिहीबारदेखि सुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले बुधबार सूचना जारी गर्द...
माघ ८ गते, २०८२ - १९:२१
काठमाडौँ । प्रेस काउन्सिल नेपालले चालु आर्थिक वर्ष २०८२/८३ को पुस मसान्तसम्म सञ्चार माध्यम तथा तिनका सामाजिक सञ्जालबाट सम्प्रेषित सामग्रीका विषयमा १६३...
माघ ८ गते, २०८२ - १९:१०
रुकुमपूर्व । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुकुमपूर्वबाट उम्मेदवारी दिएसँगै नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहिद परिव...
माघ ८ गते, २०८२ - १९:०४
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गरेका उम्मेदवारमध्ये चार जिल्लाका पाँच जनाविरुद्ध उजुरी परेको छ । ...
माघ ८ गते, २०८२ - १८:५९
काठमाडाैं । उपराष्ट्रपति रामसहायप्रसाद यादव र नेपालका लागि भारतीय दूतावासका नियोग उपप्रमुख तथा निमित्त राजदूत डा.राकेश पाण्डेबीच भेटवार्ता भएको छ । का...
माघ ८ गते, २०८२ - १८:५६
म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका–७ झिनडाडाँमा श्रीमतीको हत्या गरेर फरार भएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । यही माघ ३ गते राति शौचा...




प्रतिकृया लेख्नुहोस्: