Khabar Dabali ५ फाल्गुन २०८२ मंगलवार | 17th February, 2026 Tue
Investment bank

रास्वपा सुनसरी–२ का उम्मेदवार लालविक्रम थापाविरुद्ध उजुरी दर्ता

खबरडबली संवाददाता

सुनसरी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुनसरी निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा उम्मेदवार लालविक्रम थापाविरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता भएको छ ।

२०७९ सालको निर्वाचनमा सोही क्षेत्रबाट पराजित भएका थापाविरुद्ध सत्यनारायण पण्डितले उजुरी दर्ता गराएका हुन् । पण्डितले थापाले इटहरीस्थित जनता माध्यमिक विद्यालयको जग्गा भाडामा लिएबापत तिर्नुपर्ने रकम फर्छ्यौट नगरेको आरोप लगाएका छन् ।

निवेदकका अनुसार थापा सञ्चालक रहेको सनमुन प्लाजा कम्पनीले जनता माध्यमिक विद्यालयलाई ७४ लाख १ सय ५० रुपैयाँ (७४,००,१५०) तिर्न बाँकी छ । उक्त रकम फर्छ्यौट नगरेको भन्दै निर्वाचन आचारसंहिता २०८२ को परिच्छेद १० (विविध) अन्तर्गत बुँदा नम्बर ४२ अनुसार थापाको उम्मेदवारी खारेज गर्न माग गरिएको छ ।

थापा सञ्चालक रहेको सनमुन प्लाजा कम्पनी र जनता माध्यमिक विद्यालयबीच २०७६ साउन १ गतेदेखि लागू हुने गरी करिब दुई कट्ठा जग्गा भाडामा लगाउने सम्झौता भएको थियो । सम्झौताअनुसार मासिक १ लाख ७ हजार ५ सय १ रुपैयाँ बुझाउनुपर्ने उल्लेख छ ।

भाडासम्बन्धी विवाद चर्किएपछि लालविक्रम थापाले सनमुन प्लाजा कम्पनीबाट आफ्नो नाम हटाएर आफन्तको नाम राखेको भए पनि आन्तरिक राजस्व कार्यालयको अभिलेखमा भने अझै उनकै नाम रहेको निवेदकको दाबी छ । सो विषय अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत विचाराधीन रहेको जनाइएको छ ।

उम्मेदवार थापाविरुद्ध उजुरी परेको विषय सुनसरी–२ का सहायक निर्वाचन अधिकृत अरुण मेहताले पुष्टि गरेका छन् । “राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार लालविक्रम थापाविरुद्ध उजुरी परेको छ । यस विषयमा भोलि सुनुवाइ हुनेछ,” उनले भने ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जेनजी आदोलनका क्रममा कारागारबाट भागेका सात जना पक्राउ

काठमाडौं । गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेका सात जनालाई पक्राउ गरी प्रहरीले आज सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा रसुवाको उत्...

टुँडिखेलको ब्यान्डमा राजनीति: अमेरिकी प्रस्तुति किन बन्यो विवाद ?

काठमाडौं । २६३औँ नेपाली सेना दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा विदेशी सैन्य ब्यान्डले प्रस्तुति दिएपछि राजनीतिक तरङ्ग देखिएको छ। विशेषगरी अमेरिकी से...

कटानीको मुखमै विपत्ति: सिरहामा ३० बिघा उखु जलेर खरानी, किसानलाई करोडौं क्षति

सिरहा । मेहनतको पसिना फल दिने बेला सिरहाका किसानमाथि विपत्ति आइपरेको छ। लहान नगरपालिका–१३ घलेटोलमा काट्नै लागिएको करिब ३० बिघा उखु सोमबार दिउँसो आगलाग...

जेनजी प्रदर्शनका क्रममा घाइते २०० जनाको वर्गीकरण

काठमाडौं । जेनजी प्रदर्शनका क्रममा घाइते भएका २०० जनाको वर्गीकरण गरिएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीले हालसम्म...

बालीनाली जोगाउन सरकारको नयाँ निर्णय: बाँदर ‘हानिकारक’ घोषणा, किसानलाई कानुनी छुट

काठमाडौं । लगातार बालीनाली नष्ट गर्दै आएका जंगली रातो बाँदर नियन्त्रणका लागि सरकारले विशेष कदम चालेको छ। वन तथा वातावरण मन्त्रालय ले राजपत्रमा सूचना प...

निर्वाचन तयारीमै विवाद: झापामा मतदान अधिकृत खटाइमा विभेदको आरोप

झापा। प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी चलिरहँदा झापामा मतदान अधिकृत र सहायक मतदान अधिकृत खटाइ प्रक्रियामै विवाद उत्पन्न भएको छ। कर्मचारी तहबाटै विभ...

विद्रोहको उद्गम थलो अझै अँध्यारोमा: जुनीचाँदेमा ७८% गरिबी, विकासको सपना अधुरै

जाजरकोट। परिवर्तन र समताको नारासहित सुरु भएको सशस्त्र ‘जनयुद्ध’ को आधारभूमि मानिने जुनीचाँदे गाउँपालिका आज देशकै सबैभन्दा गरिब स्थानीय तहको सूचीमा परे...

निर्वाचनलाई पारदर्शी बनाउन सञ्चार क्षेत्रको भूमिका महत्वपूर्णः मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र पारदर्शी बनाउन सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताए...

सङ्खुवासभामा आगलागी हुँदा एक घर ध्वस्त

सङ्खुवासभा  । सङ्खुवासभाकोे पाँचखपन नगरपालिका–२ भिरकुनामा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ।  आज बिहान खाना पकाउने चुलोबाट अचानक आगलागी हुँदा सिर...

ढुङ्गाले लागेर स्काभेटर चालकको मृत्यु

सङ्खुवासभा। सङ्खुवासभाको भोटखोला गाउँपालिका–२ स्थित सानो याक्र्खकमा निर्माणाधीन छुजुङ खोला जलविद्युत् आयोजनाको बाटो खन्ने क्रममा आज ढुङ्गाले लागेर स्क...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE