धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा शुक्रबार जनकपुरधाममा आयोजित अन्तरक्रियामा मुख्यमन्त्री यादवले प्रदेशका आठवटै जिल्लाका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) तथा कार्यालय प्रमुखहरूलाई सम्बोधन गर्दै स्वास्थ्य उपचारमा कुनै पनि भेदभाव नराखी स्वास्थ्य उपचारलाई दिगो र प्रभावकारी बनाउन निर्देशन दिए ।
उपचारका लागि बाहिर जानुपर्ने बाध्यता अन्त्य गर्न स्वास्थ्य सेवाको पहुँच, गुणस्तर र प्रभावकारिता बढाउनसमेत मुख्यमन्त्री यादवले निर्देशन दिए । जनताको उपचार आफ्नै जिल्ला वा प्रदेशमै कम खर्चमा, छिटो र सहज रूपमा हुने व्यवस्था मिलाउन आवश्यकता रहेको उल्लेख गरे ।
उनले सरकारी अस्पतालमा आवश्यक जनशक्ति, औषधि तथा उपकरणको व्यवस्थापनलाई चुस्त बनाउँदै सेवाप्रवाह प्रभावकारी बनाउन जोड दिए। “जनताले समयमै गुणस्तरीय स्वास्थ्य सेवा पाउनुपर्छ, त्यसका लागि सबै जिम्मेवार भएर काम गर्नुपर्छ”, उनले भने ।
मधेस प्रदेश सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री जङ्गीलाल रायले प्रदेशभित्रका स्वास्थ्य संस्थालाई सक्षम र भरपर्दो बनाउने दिशामा सरकार प्रतिबद्ध रहेको बताए । उनले सेवा सुधार, दक्ष जनशक्ति व्यवस्थापन तथा आधुनिक उपकरणको उपलब्धतालाई प्राथमिकतामा राखेर मन्त्रालयले काम गरिरहेको उल्लेख गरे ।
उनले स्वास्थ्य सेवामा लापरबाही सह्य नहुने स्पष्ट पार्दै सेवाग्राहीमैत्री भएर काम गर्न मेसु तथा कार्यालय प्रमुखहरूलाई निर्देशन दिनुभयो । मन्त्रालयका सचिव डा. प्रमोदकुमार यादवलगायत अधिकारीहरूले प्रदेशका अस्पतालको वर्तमान अवस्था, चुनौती र सुधारका योजनाबारे जानकारी गराएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...




प्रतिकृया लेख्नुहोस्: