काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन आयोग पुगेपछि राजनीतिक वृत्तमा चर्चा चुलिएको छ ।
उज्यालो नेपाल पार्टीका अध्यक्ष अनुपकुमार उपाध्याय र संरक्षक कुलमान घिसिङका भाइ शुक्रबार समानुपातिक बन्दसूची बुझाउन भन्दै आयोग पुगेका हुन् । उनीहरूले बन्दसूची बुझाउन ५० हजार रुपैयाँको रसिदसमेत काटिएको भन्दै आयोगसँग सूची बुझिदिन आग्रह गरेका थिए । तर, आयोगले बन्दसूची बुझाउने कानुनी समय सकिसकेको भन्दै सूची लिन अस्वीकार गरेको छ ।
उज्यालो नेपालको टोली सुरुमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई भेट्न पुगेको थियो । भण्डारीले कानुन तथा राजनीतिक महाशाखामा पठाएपछि महाशाखाले मनोनयन प्रक्रिया सम्पन्न भइसकेकाले फेरि बन्दसूची पेस गर्न नमिल्ने कानुनी प्रावधान देखाउँदै टोलीलाई फर्काएको स्रोतले जनाएको छ ।
आयोगका एक आयुक्तका अनुसार उज्यालो नेपालले यसअघि रास्वपासँग एकता भएको भन्दै बन्दसूचीको निस्सा फिर्ता लिएको थियो । “आज फेरि रसिद काटिसकेकाले बन्दसूची बुझाउँछौँ भनेर आएका थिए,” ती आयुक्तले भने, “रोचक त के छ भने बन्दसूची बोकेर आउनुभएका अनुपकुमार उपाध्याय स्वयं रास्वपाकै बन्दसूचीमा समेटिनुभएको छ । त्यसैले यसरी मिल्दैन भनेर फर्काएका हौँ ।”
यद्यपि, उज्यालो नेपालका नेताहरूले छुट्टै बन्दसूची बोकेर आयोग गएको आरोप अस्वीकार गरेका छन् । १४ गते बन्दसूची बुझाउन आयोग पुगेका नेता प्रवीण गुरुङले छुट्टै सूची लिएर नगएको दाबी गरे । “त्यस्तो होइन,” उनले भने ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...




प्रतिकृया लेख्नुहोस्: