काठमाडौं । चुनावी मैदानमा उत्रिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन शाहले आफू प्रधानमन्त्री बन्ने भन्दै ‘balen4pm.com’ र ‘balenforpm.com’ डोमेन लाइभ गरेको छ । यस अघि काठमाडौँ महानगरपालिकाको प्रमुख हुँदा ‘balenformayor.com’ डोमेन लाइभ गरेको थियो भने अहिले प्रतिनिधिसभाको निर्वाचनमा भाग लिँदै गर्दा प्रधानमन्त्री बन्नका लागि डोमेन लाइभ गरेको पाइएको हो ।
डोमेन लाइभ गर्नुले प्रधानमन्त्री बन्ने तयारी गरेको बुझिएको छ । तर नेकपा (एमाले)का अध्यक्ष एवं पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग झापाबाट प्रतिस्पर्धा गरेका शाहले यस अघि कार्यकारी प्रधानमन्त्री बन्ने जस्ता अभिव्यक्ति दिएका थिए । तर उनी प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका छन् ।
बालेनलाई प्रधानमन्त्रीका रूपमा प्रस्तुत गर्ने ‘balen4pm.com’ र ‘balenforpm.com’ डोमेन कसले लाइभ गर्यो भन्ने खुल्न आएको छैन । डोमेनमा बालेनको समर्थनमा ब्यानर राखेको पाएको हो । यी दुवै डोमेन २९ डिसेम्बर २०२५ मा दर्ता भएका छन् । यी डोमेन कसले दर्ता गरेको हो भन्ने विवरण गोप्य राखिएको छ ।
वेबसाइटको होम पेजमा बालेनको तस्बिरका साथै ‘म नेपाल हाँसेको हेर्न चाहन्छु 'बालेन’ भन्ने नारा राखिएको छ ।
स्थानीय तह निर्वाचन २०७९ मा काठमाडौँको मेयर पदमा उम्मेदवारी दिँदा बालेनले डाेमेनबाट नै आफ्नो डिजिटल उपस्थिति जनाएका थिए । सो वेबसाइटमा उनको जीवनी, योग्यता, अनुभव र चुनावी कार्य योजना समावेश गरिएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन ४ गते, २०८२ - २१:३७
काठमाडौं । गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेका सात जनालाई पक्राउ गरी प्रहरीले आज सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा रसुवाको उत्...
फाल्गुन ४ गते, २०८२ - २१:३४
काठमाडौं । २६३औँ नेपाली सेना दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा विदेशी सैन्य ब्यान्डले प्रस्तुति दिएपछि राजनीतिक तरङ्ग देखिएको छ। विशेषगरी अमेरिकी से...
फाल्गुन ४ गते, २०८२ - २१:२८
सिरहा । मेहनतको पसिना फल दिने बेला सिरहाका किसानमाथि विपत्ति आइपरेको छ। लहान नगरपालिका–१३ घलेटोलमा काट्नै लागिएको करिब ३० बिघा उखु सोमबार दिउँसो आगलाग...
फाल्गुन ४ गते, २०८२ - २१:२४
काठमाडौं । जेनजी प्रदर्शनका क्रममा घाइते भएका २०० जनाको वर्गीकरण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीले हालसम्म...
फाल्गुन ४ गते, २०८२ - २१:२३
काठमाडौं । लगातार बालीनाली नष्ट गर्दै आएका जंगली रातो बाँदर नियन्त्रणका लागि सरकारले विशेष कदम चालेको छ। वन तथा वातावरण मन्त्रालय ले राजपत्रमा सूचना प...
फाल्गुन ४ गते, २०८२ - २०:५७
झापा। प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी चलिरहँदा झापामा मतदान अधिकृत र सहायक मतदान अधिकृत खटाइ प्रक्रियामै विवाद उत्पन्न भएको छ। कर्मचारी तहबाटै विभ...
फाल्गुन ४ गते, २०८२ - २०:३९
जाजरकोट। परिवर्तन र समताको नारासहित सुरु भएको सशस्त्र ‘जनयुद्ध’ को आधारभूमि मानिने जुनीचाँदे गाउँपालिका आज देशकै सबैभन्दा गरिब स्थानीय तहको सूचीमा परे...
फाल्गुन ४ गते, २०८२ - २०:२१
धनुषा । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र पारदर्शी बनाउन सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताए...
फाल्गुन ४ गते, २०८२ - २०:१८
सङ्खुवासभा । सङ्खुवासभाकोे पाँचखपन नगरपालिका–२ भिरकुनामा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ। आज बिहान खाना पकाउने चुलोबाट अचानक आगलागी हुँदा सिर...
फाल्गुन ४ गते, २०८२ - २०:१६
सङ्खुवासभा। सङ्खुवासभाको भोटखोला गाउँपालिका–२ स्थित सानो याक्र्खकमा निर्माणाधीन छुजुङ खोला जलविद्युत् आयोजनाको बाटो खन्ने क्रममा आज ढुङ्गाले लागेर स्क...



प्रतिकृया लेख्नुहोस्: