काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा केन्द्रीय सुरक्षा समितिको बैठक बसेको छ। बुधबार गृह मन्त्रालयमा बसेको बैठकले फागुन २१ गते हुने निर्वाचनलाई लक्षित सुरक्षा रणनीतिबारे छलफल गरेको हो।
बैठकमा गृह तथा रक्षा मन्त्रालयका सचिवसहित चारवटै सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरू सहभागी थिए। यसअघि स्वीकृत भई कार्यान्वयनमा रहेको एकीकृत निर्वाचन सुरक्षा योजना–२०८२ अनुसार भइरहेको काम, जनशक्ति परिचालन र बन्दोबस्ती योजनाको समीक्षा गरिएको गृह मन्त्रालयले जनाएको छ।
निर्वाचन प्रचारका क्रममा सामाजिक सञ्जालको दुरुपयोग रोक्न निगरानी कडा बनाउने विषयमा पनि छलफल भएको छ। बैठकले सामाजिक सञ्जालमार्फत दुष्प्रचार गरेको पाइए कडाइका साथ कारबाही गर्ने निर्णय गरेको छ।
चारवटै सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरूले सुरक्षा तयारी, अवस्था र चुनौतीबारे ब्रिफिङ गरेका थिए। सबै सुरक्षा निकायबीच प्रभावकारी समन्वय गर्ने विषयमा पनि सहमति भएको गृह मन्त्रालयले जनाएको छ।
बैठकले निर्वाचनसँग सम्बन्धित सबै संयन्त्रलाई सक्रिय बनाउने र राजनीतिक दल तथा उम्मेदवारका प्रचार कार्यक्रमलाई सुरक्षित बनाउन सबै जिल्ला सुरक्षा समितिलाई आवश्यक निर्देशन दिने निर्णय गरेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन ५ गते, २०८२ - १३:३७
चितवन । रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अत्यन्तै आवश्यक ठानेर सोविता गौतमलाई चितवन–३ बाट उम्मेदवार बनाएको बताएका छन्। मंगलबा...
फाल्गुन ५ गते, २०८२ - १३:२९
कास्की। जिल्ला प्रहरी कार्यालय कास्कीले जबरजस्ती चन्दा सङ्कलन गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा र जिल्ला ...
फाल्गुन ५ गते, २०८२ - १३:१३
काठमाडौँ । काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढेको छ । सोमबार मध्याह्नमा १७८ रहेको वायु गुणस्तर सूचकाङ्क (एक्युआई) आज मध्याह्नसम्म १९१ पुगेको छ । यो स्त...
फाल्गुन ५ गते, २०८२ - १२:४३
तौलिहवा । महेन्द्रराज मार्गको अन्तर्गतको गोरुसिङे(बनगाई सडकखण्डको जङ्गल क्षेत्रमा पर्ने ड्राइ नाला नजिकै शङ्कास्पद वस्तु फेला परेको छ । स्थानीयवासी...
फाल्गुन ५ गते, २०८२ - १२:३१
काठमाडौँ । पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री तथा नेकपाका सहसंयोजक माधव कुमार नेपालसहित ९३ जनाविरुद...
फाल्गुन ५ गते, २०८२ - ११:५५
मुस्ताङ। यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी मुस्ताङमा मतदाता शिक्षा विशेष कार्यक्रम सुरु भएको छ । जिल्ला निर्वाचन कार्याल...
फाल्गुन ५ गते, २०८२ - ११:४०
कपिलबस्तु। कपिलवस्तुको तौलिहवा बहादुरगंज सडक खण्डको बरगदी पुलमा शङ्कास्पद बस्तु फेला परेको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक...
फाल्गुन ५ गते, २०८२ - ११:२९
काठमाडौँ । आज स्थानीय बजारमा सुनको मूल्यमा केही कमी आएको छभने चाँदीको मोल भने बढेको छ । सोमबारको तुलनामा आज सुन तोलामा रु ९०० ले घटेको छ भने चाँदी रु ...
फाल्गुन ५ गते, २०८२ - ११:२०
काठमाडौं । नेकपा एमाले परित्याग गरेका पूर्वमन्त्री जितेन्द्रनारायण देव नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। सप्तरीको राजविराजस्थित कांग्रेस पार्टी क...
फाल्गुन ५ गते, २०८२ - १०:५९
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले दुर्गा प्रसाई लाई अविलम्ब रिहा गर्न सरकारसँग माग गरेको छ। राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठ...



प्रतिकृया लेख्नुहोस्: