Khabar Dabali २७ फाल्गुन २०८२ बुधबार | 11th March, 2026 Wed
Investment bank

कांग्रेसको टिकटमा व्यापक फेरबदल: ६६ प्रतिशत नयाँ अनुहार प्रतिनिधिसभा चुनावमा

खबरडबली संवाददाता

काठमाडौं । नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यसपटक उल्लेख्य मात्रामा नयाँ अनुहारलाई उम्मेदवार बनाएको छ । पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार कांग्रेसका उम्मेदवारमध्ये करिब ६६ प्रतिशत पहिलो पटक प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गर्दैछन्।

यसपटक विगतमा पटक–पटक टिकट पाएका धेरै प्रभावशाली नेताहरू चुनावी प्रतिस्पर्धाबाट बाहिरिएका छन् । २०४८ सालदेखि लगातार निर्वाचित हुँदै आएका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा यसपटक उम्मेदवार बनेनन् । यस्तै, पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्का पनि चुनावी मैदानमा देखिएका छैनन् ।

देउवा पक्षका प्रभावशाली नेताहरू बाहिर

अघिल्लो निर्वाचनमा विजयी भएर पनि यसपटक टिकट नपाउनेमा प्रकाशमान सिंह, रमेश लेखक, मोहन बस्नेत, रामहरि खतिवडा, दीपक खड्का, दुर्लभ थापा लगायतका नेताहरू परेका छन् ।

तर, देउवा पक्षमै रहेर पनि विवाद र अनियमिततामा नाम नजोडिएका नेताहरूलाई भने सभापति गगन थापा नेतृत्वको टिमले प्राथमिकता दिएको देखिन्छ । विमलेन्द्र निधि, प्रकाशशरण महत जस्ता नेताहरूले टिकट पाएका छन् ।

प्रतिनिधिसभामा पहिलो पटक टिकट पाउने कांग्रेस उम्मेदवारहरू
कोशी प्रदेश

ताप्लेजुङ– गजेन्द्रप्रसाद तुम्याङ लिम्बु
पाँचथर– नरेन्द्रकुमार केरूङ
इलाम–१ निस्कल राई
झापा–१ केशवराज पाण्डे
झापा–३ राजेन्द्र घिमिरे
झापा–५ मन्धरा चिमरिया
मोरङ–१ खड्गबहादुर फागो
मोरङ–४ गुरुराज घिमिरे
मोरङ–५ फूलकुमार लालबानी
सुनसरी–१ सुजेन्द्र तामाङ
धनकुटा– दिनेश राई
तेह्रथुम– सन्तोष सुब्बा
संखुवासभा– प्रकाशसिंह कार्की
ओखलढुंगा– कुमार लुइँटेल
खोटाङ– वीरकाजी राई
उदयपुर–१ विदुर बस्नेत
उदयपुर–२ रामकुमार राई

मधेश प्रदेश

सप्तरी–१ रामदेव साह
सप्तरी–२ रामकुमार यादव
सिराहा–१ रामसुन्दर चौधरी
सिराहा–३ सुभाषचन्द्र यादव
सिराहा–४ चन्द्रकला कुमारी यादव
धनुषा–१ रामपल्टन साह
धनुषा–२ दिनेश पर्सेला
महोत्तरी–१ मुकेशराज काफ्ले
महोत्तरी–३ बजरंग नेपाली
सर्लाही–२ डा. सरोज यादव
सर्लाही–३ विनोद खनाल
रौतहट–३ रामकृपाल यादव
बारा–२ भैयाराम चौधरी
बारा–४ श्यामबाबु गुप्ता

बागमती प्रदेश

दोलखा– अजयबाबु शिवाकोटी
रामेछाप– रामचन्द्र खड्का
काभ्रे–१ गुणराज मोक्तान
सिन्धुपाल्चोक–१ जंगबहादुर लामा
सिन्धुपाल्चोक–२ वंशलाल तामाङ
धादिङ–१ कृष्ण रिजाल
धादिङ–२ रमेशप्रसाद धमला
नुवाकोट–२ जगदिश्वर नरसिंह केसी
मकवानपुर–२ बुद्ध लामा
भक्तपुर–१ किरण न्यौपाने
भक्तपुर–२ कबिर राणा
काठमाडौं–१ प्रबल थापा
काठमाडौं–२ कबिर शर्मा
काठमाडौं–३ रमेश अर्याल
काठमाडौं–४ सचिन तिमल्सिना
काठमाडौं–६ कृष्ण सबुज बानियाँ
काठमाडौं–७ प्रमोदहरि गुरागाईं
काठमाडौं–९ नानु बस्तोला
काठमाडौं–१० हिमाल कार्की
चितवन–२ मीनाकुमारी खरेल
चितवन–३ टेकप्रसाद गुरुङ
ललितपुर–२ प्रेमकृष्ण महर्जन
ललितपुर–३ जितेन्द्रकुमार श्रेष्ठ

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम

(यहाँ पनि कांग्रेसले अधिकांश क्षेत्रमा नयाँ उम्मेदवार अघि सारेको देखिन्छ । गोरखा, कास्की, रुपन्देही, बाँके, सुर्खेत, दैलेख, कैलाली, कञ्चनपुर लगायत जिल्लामा पहिलोपटक टिकट पाउने उम्मेदवारहरूको संख्या उल्लेख्य छ ।)

अनुभवभन्दा परिवर्तनलाई प्राथमिकता

कांग्रेसले यसपटक “अनुभव” भन्दा पुनःसंरचना र पुस्तान्तरण लाई प्राथमिकता दिएको सन्देश दिएको छ । लामो समयदेखि संसदीय राजनीतिमा रहेका नेताहरूको सट्टा नयाँ अनुहारलाई अघि सार्नुले पार्टीभित्र शक्ति सन्तुलन र नेतृत्वको धार परिवर्तन भइरहेको संकेत गर्छ।

यो रणनीतिले चुनावी परिणाम कस्तो ल्याउँछ भन्ने चासो राजनीतिक वृत्तमा बढ्दो छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ग्यास आयात पर्याप्त, बजारमा भने अभाव : बिक्रेतालाई अनिवार्य बिक्री विवरण राख्न निर्देशन

काठमाडौं । नेपाल आयल निगम ले खाना पकाउने एलपी ग्यासको आयात पर्याप्त रहेको दाबी गर्दै बजारमा देखिएको अभाव आपूर्तिको कमी नभई बिक्रेताको अनियमितता र उपभो...

रुकुममा बिहेबाट फर्किँदा भेरीमा दुःखद घटना : तीनमध्ये दुई किशोरी मृत, एक अझै बेपत्ता

रुपन्देही । रुकुम पश्चिम मा आफन्तको बिहे हेर्न गएका एकै परिवारका तीन किशोरीमध्ये दुई जना मृत अवस्थामा फेला परेका छन् भने एक जना अझै बेपत्ता रहेकी छन् ...

कोशीमा नयाँ राजनीतिक भूचाल : रास्वपाको १७ सिट र श्रम संस्कृतिको उदयले पुराना दल सिमित

काठमाडाैं  । प्रतिनिधिसभा निर्वाचनको पछिल्लो परिणामले कोशी प्रदेश को परम्परागत राजनीतिक समीकरण नै उल्टाइदिएको छ । वर्षौंदेखि प्रभाव जमाउँदै आएका ठूला ...

वरिष्ठ पत्रकार तथा भाषा आन्दोलनका अगुवा सुरेश मानन्धरको निधन

काठमाडौं । वरिष्ठ पत्रकार तथा भाषा आन्दोलनका अगुवा सुरेश किरण मानन्धरको ५९ वर्षको उमेरमा हृदयघातका कारण निधन भएको छ । वरिष्ठ पत्रकार राजेन्द्र स्था...

समानुपातिक सिट बाँडफाँट : कुन दलबाट कति महिला सांसद ?

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक मतगणना अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोग का अनुसार मंगलबार अबेरसम्म मतगणना सकिने अनुमान छ । हा...

समानुपातिकतर्फ श्रम संस्कृति पार्टीलाई मधेसबाट ९ हजार १०३ मत, कुन क्षेत्रमा कति ?

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फको मत परिणाम सार्वजनिक भइसकेको छ भने समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ । जेनजी आ...

संखुवासभा–१ मा एमालेका अर्जुन कुमार कार्की विजयी

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत संखुवासभा निर्वाचन क्षेत्र नं। १ बाट नेकपा (एमाले) का उम्मेदवार अर्जुन कुमार कार्की विजयी भएका छन् । कार्की...

धनुषा–१ मा नेकपाका मातृका यादव विजयी

काठमाडौं । धनुषा–१ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार मातृकाप्रसाद यादव विजयी घोषित भएका छन्। सर्वोच्च अदालतले अन्तरिम आदेश जारी नगरे...

खोटाङमा श्रम संस्कृति पार्टीलाई अर्काे सफलता

काठमाडौं । प्रतिनिधिसभातर्फ एउटै निर्वाचन क्षेत्र रहेको खोटाङ मा श्रम संस्कृति पार्टी ले प्रत्यक्षसँगै समानुपातिकतर्फ पनि अग्रता कायम गरेको छ। प्रत...

दुई मेयरसहित तीन स्थानीय जनप्रतिनिधिको सफलता, ११ स्थान पदविहीन

काठमाडौँ । स्थानीय तहको कार्यकाल बाँकी छँदै प्रतिनिधिसभा यात्रा तय गर्ने आकांक्षासहित चुनावी मैदानमा उत्रिएका अधिकांश जनप्रतिनिधि असफल भएका छन्। पदबाट...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE