Khabar Dabali ३ असार २०८३ बुधबार | 17th June, 2026 Wed
Investment bank

लिङदेनलाई प्रधानमन्त्रीको दाबेदार बनाउँदै राप्रपा १६५ क्षेत्रमा चुनावी मैदानमा

संसदमा निर्णायक शक्ति बनेर सरकारको नेतृत्व गर्ने लक्ष्यसहित मैदानमा उत्रियो पार्टी

खबरडबली संवाददाता

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएर प्रतिनिधिसभा निर्वाचनमा होमिएको छ । संसदीय चुनावमा सतप्रतिशत उम्मेदवारी दिएको यो सम्भवतः राप्रपाको इतिहासमै पहिलो पटक हो ।

देशमा वैकल्पिक धार र परम्परागत शक्तिहरूबीच तीव्र चुनावी प्रतिस्पर्धा चलिरहेका बेला मुख्य राजावादी शक्ति राप्रपा भने बेग्लै आत्मविश्वासका साथ अघि बढेको देखिन्छ । कुनै पनि चुनावी तालमेल नगरी सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिनु नै पार्टीको यही आत्मबलको संकेत हो ।

यति मात्र होइन, राप्रपाले चुनावपछिको सत्ता राजनीतिमा निर्णायक भूमिका खेल्दै पार्टी अध्यक्ष राजेन्द्र लिङदेनलाई प्रधानमन्त्री बनाउनेसम्मको महत्वाकांक्षा अघि सारेको छ । ठूला दलहरू भावी प्रधानमन्त्रीको नाम अघि सारेर चुनावमा होमिन थालेका बेला राप्रपाभित्र पनि लिङदेनलाई औपचारिक रूपमा भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने तयारी भइरहेको पार्टी स्रोतहरूले बताएका छन् ।

पार्टीका एक पदाधिकारी भन्छन्, ‘अहिले सुन्दा धेरैलाई अपत्यारिलो लाग्न सक्छ, तर चुनावपछि बन्ने सरकारको नेतृत्व राजेन्द्र लिङदेनले गर्ने सम्भावना बलियो छ ।’

बहुमत होइन, निर्णायक शक्ति बन्ने रणनीति

राप्रपाले एक्लै बहुमत ल्याउने दाबी गरेको छैन । तर संसदमा निर्णायक शक्ति बनेर गठबन्धन सरकारको नेतृत्व गर्ने हैसियत बनाउने रणनीति लिएको छ । दुई अतिवादी ध्रुवबीच मध्यमार्गी धारको नेतृत्व राप्रपाले गर्ने र त्यसैका आधारमा सरकारको नेतृत्व गर्ने दाबी नेताहरूले गर्न थालेका छन् ।

पार्टीले चाँडै नै लिङदेनलाई भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सार्ने औपचारिक निर्णय गर्ने सम्भावना छ । हालसम्म एमालेबाट केपी शर्मा ओली, रास्वपाबाट बालेन्द्र साह, श्रम संस्कृति पार्टीबाट हर्क साम्पाङ तथा कांग्रेसले सभापति गगन थापालाई अघि सार्ने तयारी गरेको चर्चा छ ।

राजावादी शक्ति एकत्रित, बढ्दो आत्मविश्वास

राप्रपा र लिङदेनको आत्मविश्वास बढ्नुका मुख्य दुई कारण देखिन्छन् । पहिलो, विगतमा विभाजित अवस्थामा रहेका विभिन्न राजावादी समूह र शक्तिहरू पछिल्लो समय राप्रपामा समाहित भइरहेका छन् । दोस्रो, ठूलो राजावादी दल राप्रपा नेपाल राप्रपामा विलय हुनु हो । राप्रपा नेपालका अध्यक्ष कमल थापाले लिङदेनको नेतृत्व स्वीकार गर्दै पार्टी एकीकरणमा सहमति जनाएका छन् ।

यस्तै, डा. सुरेन्द्र भण्डारी, स्वागत नेपालजस्ता चर्चित व्यक्तित्वको प्रवेशले कार्यकर्ता पङ्तिमा उत्साह थपिएको राप्रपाको बुझाइ छ ।

पार्टी नेतृत्व देशमा राजसंस्था पुनर्स्थापन, संघीयता खारेजी र धर्मनिरपेक्षता खारेजीको पक्षमा जनमत क्रमशः बलियो बन्दै गएकोमा विश्वस्त देखिन्छ । र, ती एजेन्डा बोकेर चुनावमा उत्रिने स्पष्ट दल राप्रपा मात्रै भएकाले आफूहरूलाई लाभ हुने निष्कर्षमा पार्टी पुगेको छ ।

राप्रपाका एक नेताले भने, ‘अब राजावादीहरू छरपस्ट छैनन् । सबै शक्ति र समूहलाई राप्रपाले एकत्रित गरिरहेको छ । त्यसैले राजसंस्था, हिन्दू राष्ट्र र संघीयता खारेजी चाहने मतदाताको रोजाइ राप्रपाबाहेक अरू हुन सक्दैन ।’

झापा–३ मा लिङदेनको सहज यात्रा ?

राप्रपाका नेताहरू हाल आ–आफ्नो निर्वाचन क्षेत्रमा मनोनयन र प्रारम्भिक प्रचारमा व्यस्त छन् । सबै नेता काठमाडौं फर्किएपछि पार्टीले केन्द्रीय स्तरमा चुनावी रणनीति तय गर्ने तयारी गरेको छ । जित्न सकिने क्षेत्र पहिचान र तथ्यांक विश्लेषणका लागि प्राविधिक टोलीसमेत गठन गरिने बताइएको छ ।

लिङदेन स्वयं झापा–३ बाट उम्मेदवार बनेका छन् । २०७९ को निर्वाचनमा उनले यही क्षेत्रबाट कांग्रेसका वरिष्ठ नेता कृष्णप्रसाद सिटौलालाई पराजित गरेका थिए । यसपटक सिटौला चुनावी मैदानमा नरहेकाले लिङदेनको बाटो सहज रहेको पार्टीको बुझाइ छ । यस क्षेत्रमा कांग्रेसबाट राजेन्द्र घिमिरे, एमालेबाट हरि राजवंशी, नेकपाबाट डिल्ली घिमिरे र रास्वपाबाट प्रकाश पाठक उम्मेदवार छन् ।

१ सिटबाट १४ सिटसम्मको यात्रा

लिङदेनको संसदीय यात्रा १२ वर्षअघि सुरु भएको हो । तीन पटक चुनाव लड्दा उनले दुई जित र एक हार बेहोरेका छन् । २०७० मा पहिलोपटक सिटौलासँग पराजित भए पनि २०७४ र २०७९ मा लगातार सिटौलालाई हराउँदै उनले ब्याक–टु–ब्याक जित निकाले ।

२०७८ मंसिरमा पार्टी अध्यक्ष निर्वाचित भएपछि लिङदेनले राप्रपाको संसदीय सिट संख्या १ बाट १४ पुर्‍याउन सफल भए । यही सफलताले पार्टीभित्र उनको वर्चस्व बलियो बनेको हो । यद्यपि, आन्तरिक असहमतिलाई व्यवस्थापन गर्न नसकेको आरोप उनीमाथि लाग्दै आएको छ ।

हालै बन्दसूचीप्रति असन्तुष्टि जनाउँदै केही महिलाले पार्टी कार्यालयमै विरोध प्रदर्शन गरेका थिए । तर त्यो आन्दोलन ठूलो रूप लिन सकेन । पछिल्लो समय पार्टीभित्रको दुई धारको संघर्ष पनि साम्य हुँदै गएको नेताहरू बताउँछन् ।

‘लिङदेनको नेतृत्वमा अब राप्रपा एकढिक्का बनेको छ,’ पार्टी स्रोत भन्छ, ‘असन्तुष्ट पक्षलाई पनि विश्वासमा लिएर अघि बढ्न उहाँ तयार हुनुहुन्छ ।’

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विश्व खडेरीविरुद्ध संघर्षको दिवस मनाइँदै

काठमाडौं । आज विश्वभर विश्व खडेरीविरुद्ध संघर्षको दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । प्रत्येक वर्ष जुन १७ तारिखका दिन मनाइने यो दिवस यस वर्ष “चरन...

विश्वकप २०२६ : मेस्सीको ह्याट्रिक, कीर्तिमानी उपलब्धिसहित अर्जेन्टिनाको दमदार सुरुआत

काठमाडौं । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले फिफा विश्वकप २०२६ को पहिलो खेलमै ह्याट्रिक गर्दै सनसनीपूर्ण प्रदर्शन गरेका छन् । अमेरिकाको कान्सास सिट...

एक वर्षमै बन्यो कर्णालीमा झोलुङ्गे पुल, कैलाली–बर्दिया सिधै जोडियो

कैलाली । कर्णाली नदीको दौलतपुरघाटमा कैलाली र बर्दियालाई जोड्ने झोलुङ्गे पुल सम्झौता समयभन्दा झन्डै दुई वर्षअघि नै निर्माण सम्पन्न भएको छ । दुई वर्षभित...

१८ वर्षपछि स्तरोन्नति भयो दरवाङ–फूलबारी सडक

म्याग्दी  । म्याग्दीको मालिका गाउँपालिकाले केन्द्र दरवाङदेखि फूलबारी–च्युरीबोट–सिस्नेरी हुँदै बागलुङको तमानखोला जोड्ने सडकअन्तर्गत दरवाङ...

साउनदेखि नागढुङ्गा सुरुङमार्ग सञ्चालन गर्ने तयारी

काठमाडौं । नेपालको बहुप्रतीक्षित नागढुङ्गा–नौबिसे सुरुङमार्ग आगामी साउन महिनादेखि सञ्चालनमा ल्याउने तयारी गरिएको छ। आयोजनाले सुरुङभित्रका अधिकांश निर्...

सोलेडाँडाको फेदीमा अवस्थित रमणीय डाडाँगाउँ

म्याग्दी । म्याग्दी जिल्लाको मालिका गाउँपालिका–३ मा पर्ने डाडाँगाउँ प्राकृतिक सौन्दर्यले भरिपूर्ण बस्तीका रूपमा परिचित छ। दुईतर्फ भिरालो पाखाले घेरिएक...

जानकी गाउँपालिकाको नयाँ अभ्यास : उत्कृष्ट विद्यालयलाई अनुदान, शिक्षक र विद्यार्थीलाई पुरस्कार

कैलाली । कैलालीको जानकी गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न नतिजामा आधारित अनुदान तथा शिक्षक–विद्यार्थी प्रोत्साहन कार्यक्रम ...

चितवनबाट अपहरण गरिएका किशोर काठमाडौंमा उद्धार, पाँच भारतीय नागरिक पक्राउ

काठमाडौं । चितवनबाट एक किशोरलाई अपहरण गरी काठमाडौं ल्याएर फिरौती माग्ने पाँच भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। अपहरणमा परेका १६ वर्षीय रिसब गु...

खुकुरी देखाएर युवतीमाथि दुर्व्यवहार गर्ने युवक लागुऔषधसहित पक्राउ

रूपन्देही/दाङ । सामाजिक सञ्जालमा खुकुरी देखाएर युवतीलाई धम्काउँदै कुटपिट गरेको भिडियो सार्वजनिक भएपछि दाङ प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। तुलसी...

कमला पुल निर्माणमा १५ वर्षको ढिलाइ, स्थानीयको चिन्ता बढ्दो

सिरहा । धनुषा र सिरहालाई जोड्ने कमला नदीमाथिको पुल निर्माण सुरु भएको करिब डेढ दशक बितिसक्दा पनि सम्पन्न हुन नसक्दा स्थानीयवासी निराश र आक्रोशित बनेका ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending