काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेको छ । बिहीबार बसेको समितिको बैठकले कार्यवाहक सभापति पूर्णबहादुर खड्काले प्रस्ताव गरेको मितिलाई बहुमतले अनुमोदन गरेको हो ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले कार्यसम्पादन समितिको निर्णयअनुसार महाधिवेशन तोकिएको समयमा काठमाडौंमै सम्पन्न गरिने जानकारी दिए । उनका अनुसार पार्टी विधान, संगठनात्मक तयारी र वर्तमान राजनीतिक अवस्थालाई मध्यनजर गर्दै महाधिवेशनको मिति तय गरिएको हो ।
तर उक्त निर्णयमा पार्टीका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले असहमति जनाउँदै नोट अफ डिसेन्ट दर्ता गराएका छन् । प्रवक्ता महतले महामन्त्रीद्वयले बैठकमै फरक धारणा राखेको र औपचारिक रूपमा असहमति अभिलेख गराइएको जानकारी दिए ।
यसअघि महामन्त्रीद्वय थापा र शर्माले बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै पार्टीको नियमित १५औँ महाधिवेशन तत्काल गर्नुभन्दा पनि विशेष महाधिवेशनतर्फ जानुपर्ने धारणा सार्वजनिक गरेका थिए । उनीहरूको भनाइमा संगठन सुदृढीकरण, आन्तरिक एकता र संरचनात्मक सुधारका विषयमा गम्भीर छलफल आवश्यक भएकाले विशेष महाधिवेशन उपयुक्त विकल्प हुनसक्ने उल्लेख छ ।
महामन्त्रीद्वयले पार्टीभित्र देखिएको मतभेद, समयमै अधिवेशन सम्पन्न गर्न नसकिएको विगतको अवस्था र संगठनात्मक कमजोरीहरूलाई सम्बोधन नगरी नियमित महाधिवेशनमा जानु उपयुक्त नहुने तर्क अघि सारेका छन् । उनीहरूले पार्टीको वैचारिक स्पष्टता र कार्यदिशा तय गर्न विशेष महाधिवेशन उपयोगी हुने बताएका छन् ।
यस निर्णयसँगै नेपाली कांग्रेसभित्र महाधिवेशनको मोडालिटी र समयबारे पुनः बहस सुरु भएको छ । एकातर्फ कार्यसम्पादन समितिको बहुमत महाधिवेशन तोकिएको समयमै गर्नुपर्ने पक्षमा देखिएको छ भने अर्कोतर्फ पार्टी नेतृत्वकै महत्वपूर्ण पदमा रहेका महामन्त्रीद्वयले फरक धारणा सार्वजनिक गरेपछि कांग्रेसको आन्तरिक राजनीतिमा चासो बढेको छ ।
अब महाधिवेशन तयारी, प्रतिनिधि छनोट, कार्यतालिका र महामन्त्रीद्वयको असहमतिपछि पार्टीभित्र देखिने राजनीतिक समीकरणलाई कांग्रेसको आगामी केन्द्रीय समितिको बैठकले कसरी सम्बोधन गर्छ भन्ने विषय सबैको ध्यान केन्द्रित भएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...




प्रतिकृया लेख्नुहोस्: