काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत गोरखा क्षेत्र नम्बर २ बाट एमालेले कुख्यात नाम चक्रे मिलन (मिलन गुरुङ)लाई प्रत्यक्षतर्फको उम्मेदवारका रूपमा सिफारिस गरेको हो ।
शुक्रबार सम्पन्न निर्वाचन क्षेत्र समन्वय समितिको बैठकले चक्रे मिलनसँगै शशिकला पोखरेल र बाबुराम थापाको नाम सर्वसम्मत रूपमा सिफारिस गरेको एमाले गोरखाका जिल्ला सचिव काजिराम रोकाले जानकारी दिए । समितिको सिफारिस जिल्ला कमिटीमार्फत रायसहित प्रदेश कमिटीमा पठाइने उनले बताए ।
एमालेको यो निर्णयले पार्टीको ‘सुशासन’ र ‘कानुनी शासन’सम्बन्धी दाबीहरू स्वयं पार्टीकै व्यवहारले खोक्रो बनाइरहेको प्रष्ट छ । गुण्डागर्दी र आपराधिक गतिविधिसँग लामो समयदेखि जोडिँदै आएको व्यक्तिलाई संसदीय राजनीतिमा अघि सार्नु लोकतान्त्रिक मूल्य–मान्यतामाथिको गम्भीर प्रश्न भएको उनीहरूको भनाइ छ ।
२०५० सालदेखि एमालेमा सक्रिय रहेको दाबी गरिएका गुरुङ २०७९ सालको निर्वाचनमा पनि यही क्षेत्रबाट सिफारिस भएका थिए । तर त्यतिबेला पार्टी नेतृत्वले टिकट दिन सकेको थिएन । यसपटक भने पुनः उनको नाम अघि सारिनुले एमालेभित्रै नैतिक र राजनीतिक संकट गहिरिँदै गएको संकेत गरेको छ ।
गोरखा सिरानचोक गाउँपालिका–५ छोप्राक स्थायी घर भएका गुरुङ हाल काठमाडौंको महाराजगञ्जस्थित चक्रपथ क्षेत्रमा बस्दै आएका छन् । स्थानीयस्तरमै समेत विवादास्पद छवि बोकेको व्यक्तिलाई उम्मेदवार सिफारिस गर्नुले एमालेले राजनीतिक सुधारभन्दा शक्तिको आडमा चल्ने प्रवृत्तिलाई निरन्तरता दिएको आरोप थप बलियो बनेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...




प्रतिकृया लेख्नुहोस्: