Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

कांग्रेस–एमालेभित्र अन्तरविरोध बढेकाे माओवादीकाे निष्कर्ष

सरकार ढाल्ने प्रमुख प्रतिपक्षकाे योजना छैन: सापकाेटा

खबरडबली संवाददाता

काठमाडाैं । सत्तारुढ दल कांग्रेस एमालेभित्र अन्तरविराेध बढेकाे माओवादीकाे शंका रहेकाे छ । समसामयिक राजनीतिक घटनाबारे जानकारी दिन केन्द्रीय कार्यालय पेरिसडाँडामा बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता अग्निप्रसाद सापकोटाले यस्ताे संकेत गरेका हुन् । 

असार १६ गतेदेखि सानेपामा जारी कांग्रेसको केन्द्रीय समिति बैठकमा नेताहरूले एमालेसँग गठबन्धन गर्नुको औचित्यबारे नेतृत्वमाथि प्रश्नैप्रश्न उठाएका थिए । सरकारले संसदमा पेस गरेको आर्थिक वर्ष २०८२/८३ को बजेटलाई लिएर सत्ताधारीकै सांसदहरू असन्तुष्ट देखिएका छन् । सोही बहसलाई लक्षित गरी सापकोटाले केपी ओली नेतृत्वको सरकार धेरै दिन नटिक्ने प्रवक्ता सापकोटाले दाबी गरे । यद्यपि सरकार ढाल्ने प्रमुख प्रतिपक्ष दलको कुनै योजना नरहेको उनको भनाइ छ । ।

‘सानेपामा गरमागरम बहस भइरहेको छ । उकुसमुकुसको वातावरण छ । रोष्टमबाटै सत्ता पक्षका सांसदले सरकारको कामबारे जेहाद छेडिरहेका छन् । सबैभन्दा ठुलो दल नेपाली कांग्रेसमा सबैभन्दा ठुलो अन्तरविरोध पैदा भइराखेको छ । मलाई लाग्छ अन्तरविरोध, असन्तुष्टि र आक्रोशलाई कांग्रेस नेतृत्वले थाम्न सक्दैन । सरकारको कार्यशैलीलाई लिएर एमालेभित्र पनि त्यस्तै असन्तुष्टि छ । त्यसकारण सरकार धेरै दिन टिक्दैन’, उनले भने ।

सापकोटाले दुई ठुला दलको गठबन्धन सरकार निरंकुश तथा तानाशाही बाटोमा अगाडि बढेको आरोपसमेत लगाए । ओली सरकार बनेदेखि नै बिचौलियाको पक्षपोषण गर्ने काम गरेको, विपक्षी नेताहरूमाथि छानीछानी मुद्दा लगाएको, सत्ताको संरक्षणमा रहेका भ्रष्ट र माफियालाई जोगाउने काम गरेको उनले जिकिर गरे । यस्तै पूर्वराष्ट्रपति विद्या भण्डारीको एमाले राजनीतिमा पुनरागमनको विषयलाई आफूहरूले खास रूपले नहेरेको सापकोटाले जिकिर गरे । भण्डारीलाई माओवादीले उचालेको हो भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले माओवादीको कुनै हात नरहेको स्पष्ट पारे ।

एक्लै लड्ने आत्मविश्वास 

गत वर्ष सत्ताबाट हटेपछि पार्टीको आन्तरिक बैठक, छलफल र बहसका आधारमा पूर्व–पश्चिम दुई ठुला राजमार्ग केन्द्रित अभियान थालेको माओवादीले २०८४ को निर्वाचनमा एक्लै चुनाव लड्ने आत्मविश्वास पैदा भएको माओवादीले दाबी गरेको छ । आगामी दिनमा बस्ने केन्द्रीय समिति बैठकमा अभियानबाट आएका सुझावलाई समेटेर प्रतिवेदन तयार पार्ने र त्यसकै आधारमा समाजवादी क्रान्तिको रुपरेखा तयार पार्ने सापकोटाले बताए ।

‘हामी सत्ताबाट हटेपछि आफ्नै वर्ग, समुदायमा फर्केका छौँ । २०८४ यता हाम्रो सत्तामा कुनै इन्ट्रेस्ट छैन । पूर्व–पश्चिम राजमार्ग केन्द्रित ठुल्ठुला जागरण अभियानमा लाखौँ मानिस जोडिएका छन् । कांग्रेस, एमाले लगायत दलहरूबाट हजारौँ मानिस माओवादीमा प्रवेश गरेका छौँ’, सापकोटाले भने, ‘म दाबाका साथ के भन्छु भने माओवादीप्रति जनआकर्षण ह्वात्तै बढेको छ । यी सबै मूल्याङ्कनका आधारमा आगामी निर्वाचनमा माओवादीले एक्लै चुनाव लड्ने हैसियत बनाएको छ । त्यसको मापन २०८४ को निर्वाचनले गर्नेछ । वास्तवमै माओवादी ठुलो 

असार १६ गते प्रतिनिधि सभाबाट पारित भएको संघीय निजामती सेवा विधेयक–२०८० मा व्यवस्था भएको ‘कुलिङ पिरियड’लाई निष्प्रभावी पार्न चलखेल भएको विषयले राजनीतिमा निकै हलचल ल्याएको छ । बुधबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा पनि गरमागरम बहस भयो । 

कुलिङ पिरियडको सम्बन्धमा भएको गडबडबारे सत्यतथ्य छानबिन गर्न प्रवक्ता सापकोटाले सरकारसमक्ष माग गरेका छन् । ‘यसमा हामी प्रस्ट छौँ । कुनै जिब्रो चपाएका छैनौँ । यो राष्ट्रिय लज्जाको विषय हो । यसको नेतृत्व संघीय संसदको नेतृत्वले लिनुपर्छ । प्रमुख प्रतिपक्ष दल भएको हुनाले गम्भीर रूपमा अध्ययन र अनुसन्धान गरिरहेका छौँ । यसलाई सामान्य रूपमा लिएका छैनौँ । सरकारले छानबिन गरी सत्यतथ्य सार्वजनिक गरोस् । यदि भएन भने अर्कोपटक धारणा सार्वजनिक गर्छौं’, उनले भने ।

समितिबाट सर्वसम्मत् पास भएको विधेयकमा दुई वर्ष ‘कुलिङ पिरियड’ राख्ने स्पष्ट व्यवस्था भए पनि त्यसलाई उल्ट्याएर जालसाजी ढंगले कुलिङ पिरियड नराख्ने चलेखल भएको सापकोटाले आरोप लगाए । यसको सम्पूर्ण जिम्मेवारी प्रतिनिधि सभाका नेतृत्वले लिनुपर्ने उनले बताए ।

यसअघि ‘भिजिट भिसा’ प्रकरणमा सरकारका गृहमन्त्री रमेश लेखकसमेत जोडिएपछि माओवादीले पदाधिकारी बैठक बसेर गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय छानबिन समिति गठन गर्न सरकारसँग माग गरेको थियो । माओवादीले आफ्ना माग पूरा नभएसम्म संसद् चल्न नदिने निर्णयसमेत गरेको थियो ।

विपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा), नेकपा एकीकृत समाजवादी लगायतका दलहरूसँग मिलेर १८ दिनसम्म माओवादीले संसद् अवरोध गरेको थियो । पछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादीका अध्यक्ष प्रचण्डबिच बुढानीलकण्ठमा भेटवार्ता भएपछि पूर्वनिर्णयबाट माओवादी केन्द्र एकाएक पछि हट्यो ।

सत्तापक्षसँग दुई बुँदे सहमति गरी माओवादीले संसदको अवरोध खुलाएसँगै पार्टीभित्र नेतृत्वको कमजोर निर्णयका कारण सदन र सडकमा रक्षात्मक बन्नुपरेको माओवादीकै नेताहरूले बताएका थिए । दुई बुँदे सहमतिले चौतर्फी आलोचना भएको घटनाबाट योपटक माओवादीका नेताहरू सचेत रहेको देखिन्छ । बरु निजामती विधेयकका कारण विद्यालय शिक्षा विधेयक प्रभावित भएको भन्दै तत्काल उक्त विधेयक अगाडि बढाउन माओवादीले आग्रह गरेको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एनपिएल फाइनल भाेलि:उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्ने भएका छन् ।  कीर्त...

इन्डोनेसिया नवीकरणीय ऊर्जातर्फ उन्मुखः २०२६ पछि डिजेल आयात रोकिने

जाकार्ता । इन्डोनेसियाले ऊर्जा सुरक्षालाई सुदृढ पार्ने उद्देश्यसहित सन् २०२६ देखि डिजेलको आयात पूर्ण रूपमा बन्द गर्ने लक्ष्य तय गरेको छ। सरकार बायोडिज...

नापी कार्यालयका सर्वेक्षक र सहयोगीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय पर्साका सर्वेक्षक रामप्रमोद राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्यायलाई घुस (रिसवत) लिई ...

अमेरिकाले भनेजुएली नागरिकको ‘देश निकाला’का लागि तय गरेको उडान रद्द

काठमाडाैँ । संयुक्त राज्य अमेरिकाले भेनेजुएलाका आप्रवासीहरूलाई उनीहरूको मूल देश फर्काउनका लागि तय गरेको शुक्रबारको ‘डिपोर्टेसन’ उडान रद्द गरेको काराका...

धनकुटामा तमोर नदीमा हाम फालेका पुरुष बेपत्ता

धनकुटा । धनकुटा नगरपालिका –९, मुलघाटस्थित तमोर नदीमा हाम फलेर एक जाना पुरुष बेपत्ता भएका छन् ।  शुक्रबार दिउँसो करिब २ बजे तमोर नदीमा हाम फलेर एकजन...

बेलायतको वृद्धि दर घट्दै, लगानी र व्यापारमा दबाब

लन्डन । बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुने बीसीसी (ब्रिटिश चेम्बर्स अफ कमर्स) ले जनाएको छ । नोभेम्बरमा जारी बजेटले अर्थतन्त्रमा उल...

बुढीगण्डकी आयोजना निर्माण अघि बढाउन पहल भइरहेको छ : मुख्यमन्त्री पाण्डे

गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढाउन पहल भइरहेको बताएका छन् । गोरखाक...

पाहुनाको पर्खाइमा म्याग्दीकाे ‘मुदीगाउँ’

म्याग्दी । पृष्ठभूमिमा गुर्जा र धवलागिरि हिमाल । भिरालो पाखामा गुजमुज्ज ढुङ्गे घरहरू । ग्रामीण जीवनशैली । हिउँदमा बेँसी र बर्खामा लेक जाने पशुका घुम्त...

चुनावले मात्र देशलाई लयमा ल्याउँछ : पूर्वमन्त्री भुसाल

तनहुँ । नेपाली कम्युनिष्ट पार्टीका नेतृ एवं पूर्वमन्त्री पम्फा भुसालले फागुन २१ गतेको चुनावले देशलाई लयमा ल्याउने विश्वास व्यक्त गरेकी छन् । नेपाली...

नेकपाको एकता सन्देशसभा: पार्टीको नीति र विचार जनस्तरमा

गण्डकी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सहित विभिन्न कम्युनिष्ट पार्टी र समूहरूबिचको एकतापछि बनेक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending