रसुवा । रसुवागढी नाकास्थित मितेरी पुलबाट आजदेखि पुनः सवारीसाधन सञ्चालनमा आएका छन्। बेलीब्रिजको प्राविधिक परीक्षण सम्पन्न भएपछि चार दिनपछि केरुङतर्फ सवारी आवतजावत सुरु भएको हो।
चिनियाँ प्राविधिक टोलीले बेलीब्रिजको परीक्षण तथा आवश्यक मर्मत सम्पन्न गरेपछि पुल सञ्चालनमा ल्याइएको इलाका प्रहरी कार्यालय टिमुरेले जनाएको छ। परीक्षणका क्रममा पुलका नट–बोल्ट पुनः कस्ने कामसमेत गरिएको थियो।
जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख प्रहरी उपरीक्षक अशोक थापाका अनुसार आजै २२ वटा कन्टेनरसहित साना तथा ठूला मालवाहक सवारीसाधन केरुङतर्फ प्रस्थान गरेका छन्। त्यस्तै चीनबाट स्याउ, सुन्तला, अङ्गुर र ड्रागनफ्रुट बोकेका ३३ वटा सवारीसाधन नेपाल भित्रिएका छन्।
गत वर्ष असार २४ गते ल्हेन्दे खोलामा आएको बाढीले सिमेन्टको मेसिनरी पुल बगाएपछि अस्थायी रूपमा बेलीब्रिज निर्माण गरिएको थियो। वर्षायाममा पुल सुरक्षित रूपमा सञ्चालन गर्न सकिने अवस्था मूल्यांकन गर्न चिनियाँ पक्षले असार १५ गतेदेखि सवारी आवागमन अस्थायी रूपमा रोकेको थियो।
प्रहरीका अनुसार पुलको भारवहन क्षमतालाई ध्यानमा राख्दै १४ फिटभन्दा अग्लो लोड भएका सवारीसाधन सञ्चालन गर्न नपाइने व्यवस्था गरिएको छ। नेपाल र चीन दुवैतर्फ १४ फिट उचाइको मापन डण्डी राखिएकाले सोभन्दा अग्लो सामान बोकेका सवारीसाधनलाई आवतजावत गर्न अनुमति नदिइने चिनियाँ प्राविधिक टोलीले जनाएको छ।
प्रमुख भन्सार अधिकृत राजेन्द्र ढुङ्गानाका अनुसार पुल सञ्चालनमा आएसँगै चीनबाट वस्तु आयात पुनः सहज बन्न थालेको छ। परीक्षणका लागि रोकिएका केही मालवाहक सवारीसाधन पनि भन्सार हातामा प्रवेश गरिसकेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १८ गते, २०८३ - २०:५७
महोत्तरी । सशस्त्र प्रहरी बलका असई थमन विक हत्या प्रकरणमा उच्च अदालत जनकपुरबाट दोषी ठहर भएका नेकपा (एमाले)का पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ परेक...
आषाढ़ १८ गते, २०८३ - २०:५३
सेवा छाडेका कर्मचारीका ४ हजारभन्दा बढी प्रवेश पास अझै सक्रिय
आषाढ़ १८ गते, २०८३ - २०:४९
काठमाडाैं । नेपाल प्रहरीले ८८१ थान भेप (इलेक्ट्रोनिक चुरोट) र नगदसहित पाँच जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले कागेश्वरी मन...
आषाढ़ १८ गते, २०८३ - २०:४७
विशेष परिस्थितिमा नागरिकलाई सैन्य तालिम दिने सरकारकाे तयारी
आषाढ़ १८ गते, २०८३ - २०:४४
रसुवा । रसुवागढी नाकास्थित मितेरी पुलबाट आजदेखि पुनः सवारीसाधन सञ्चालनमा आएका छन्। बेलीब्रिजको प्राविधिक परीक्षण सम्पन्न भएपछि चार दिनपछि केरुङतर्फ सव...
आषाढ़ १८ गते, २०८३ - २०:४१
काठमाडौँ । सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले बर्दियाबाट आजदेखि जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण अभियान सुरु गरेकी छन्। बर्दियाको बढैयाता...
आषाढ़ १८ गते, २०८३ - ०९:१०
रुपन्देही । सर्वोच्च अदालतले बुटवल उपमहानगरपालिका–३ का वडाध्यक्ष विष्णु ढकाललाई पदमुक्त गर्ने निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम ...
आषाढ़ १८ गते, २०८३ - ०९:०४
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले १०० दिनको अवधिमा गरेको महत्वपूर्ण संरचनात्मक सुधारमध्ये छुट्टै विज्ञान, प्रविधि तथा नवप्रवर्त...
आषाढ़ १८ गते, २०८३ - ०९:००
काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे संघीय संसद् भवन, सिंहदरबारमा बस्ने भएको छ। बैठकमा विभिन्न विधेयकमाथि छलफल तथा पारित गर्ने कार्यसूची तय...



प्रतिकृया लेख्नुहोस्: