महोत्तरी । सशस्त्र प्रहरी बलका असई थमन विक हत्या प्रकरणमा उच्च अदालत जनकपुरबाट दोषी ठहर भएका नेकपा (एमाले)का पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक पञ्चलाल गोलेको नेतृत्वमा खटिएको प्रहरी टोलीले बिहीबार साँझ गौशाला नगरपालिका–५ स्थित एमालेको पार्टी कार्यालय अगाडिबाट कोइरीलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार उच्च अदालत जनकपुरको फैसला कार्यान्वयनका क्रममा गौशाला नगरपालिका–२ निवासी कोइरीलाई नियन्त्रणमा लिइएको हो।
थमन विक हत्या मुद्दामा जिल्ला अदालत महोत्तरीले २०८० मंसिर २८ गते कोइरीलाई सफाइ दिएको थियो। तर उक्त फैसलाविरुद्ध परेको पुनरावेदनमा उच्च अदालत जनकपुरले बुधबार जिल्ला अदालतको फैसला उल्ट्याउँदै उनलाई पाँच वर्ष कैद सजाय सुनाएको थियो।
उच्च अदालतले यसै मुद्दामा जिल्ला अदालतबाट जन्मकैदको सजाय पाएका पूर्वप्रदेश राज्यमन्त्री अभिराम शर्मा, धर्मेन्द्र राय, रामशंकर मिश्र, सुरेश पाण्डे तथा पवन कापरको सजाय पनि संशोधन गर्दै पाँच–पाँच वर्ष कैद हुने फैसला गरेको छ।
यद्यपि, प्रदीप माझी, सञ्जयकुमार साह र मोहन ठाकुरलाई जन्मकैद गर्ने जिल्ला अदालतको फैसला भने उच्च अदालतले सदर गरेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १८ गते, २०८३ - २०:५७
महोत्तरी । सशस्त्र प्रहरी बलका असई थमन विक हत्या प्रकरणमा उच्च अदालत जनकपुरबाट दोषी ठहर भएका नेकपा (एमाले)का पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ परेक...
आषाढ़ १८ गते, २०८३ - २०:५३
सेवा छाडेका कर्मचारीका ४ हजारभन्दा बढी प्रवेश पास अझै सक्रिय
आषाढ़ १८ गते, २०८३ - २०:४९
काठमाडाैं । नेपाल प्रहरीले ८८१ थान भेप (इलेक्ट्रोनिक चुरोट) र नगदसहित पाँच जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले कागेश्वरी मन...
आषाढ़ १८ गते, २०८३ - २०:४७
विशेष परिस्थितिमा नागरिकलाई सैन्य तालिम दिने सरकारकाे तयारी
आषाढ़ १८ गते, २०८३ - २०:४४
रसुवा । रसुवागढी नाकास्थित मितेरी पुलबाट आजदेखि पुनः सवारीसाधन सञ्चालनमा आएका छन्। बेलीब्रिजको प्राविधिक परीक्षण सम्पन्न भएपछि चार दिनपछि केरुङतर्फ सव...
आषाढ़ १८ गते, २०८३ - २०:४१
काठमाडौँ । सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले बर्दियाबाट आजदेखि जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण अभियान सुरु गरेकी छन्। बर्दियाको बढैयाता...
आषाढ़ १८ गते, २०८३ - ०९:१०
रुपन्देही । सर्वोच्च अदालतले बुटवल उपमहानगरपालिका–३ का वडाध्यक्ष विष्णु ढकाललाई पदमुक्त गर्ने निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम ...
आषाढ़ १८ गते, २०८३ - ०९:०४
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले १०० दिनको अवधिमा गरेको महत्वपूर्ण संरचनात्मक सुधारमध्ये छुट्टै विज्ञान, प्रविधि तथा नवप्रवर्त...
आषाढ़ १८ गते, २०८३ - ०९:००
काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे संघीय संसद् भवन, सिंहदरबारमा बस्ने भएको छ। बैठकमा विभिन्न विधेयकमाथि छलफल तथा पारित गर्ने कार्यसूची तय...



प्रतिकृया लेख्नुहोस्: