Khabar Dabali १४ माघ २०८२ मंगलवार | 27th January, 2026 Tue
Investment bank

देशभरका तीन माैसमी राडारमा दुईवटा बन्द

के हाे मौसमी राडार ?

खबरडबली संवाददाता

काठमाडाैं । मौसमको पूर्वानुमानलाई थप प्रभावकारी बनाउन जल तथा मौसम विज्ञान विभागले जडान गरेका तीनमध्ये दुई राडार बन्द छन् । उदयपुरको चित्रेथाम र सुर्खेतको रातानाङ्लामा जडान गरिएका राडार बन्द छन् भने पाल्पाको रिब्दीकोटको राडार पनि मर्मतपछि १५ दिनअघि मात्र सञ्चालनमा आएको छ ।

उदयपुरको रौतामाई गाउँपालिका– १ को चित्रेथामको राडार एक र सुर्खेतको रातानाङ्लामा रहेको राडार दुई वर्षदेखि बन्द रहेको मौसम विज्ञान विभाग सूचना अधिकारी तथा सिनियर डिभिजनल हाइड्रोलोजिस्ट दीनकर कायस्थले बताए । ‘अहिले पाल्पाको रिब्दीकोटको मौसमी राडार मात्र सञ्चालनमा छ,’ उनले भने ।

विभागले मौसमी सूचनालाई व्यवस्थित र प्रभावकारी बनाउन नेपालमा पहिलोपटक सुर्खेतको रातानाङ्लामा राडार स्थापना गरेको थियो । त्यसपछि पाल्पाको रिब्दीकोट र उदयपुरको चित्रेथाममा स्थापना गरेको हो । विभागकै उपकरण क्यालिब्रेसन तथा व्यवस्थापन शाखाकी सिनियर डिभिजनल मेट्रोलोजिस्ट डा. इन्दिरा कँडेलले उदयपुरको चित्रेथामको २९ चैत ०८० देखि बन्द भएको र पाल्पाको १५ दिनअघि मात्र सञ्चालनमा रहेको जानकारी दिइन् । ‘अहिले सुर्खेत र उदयपुरको मौसमी राडार बन्द छ,’ उनले भनिन् ।

कँडेलका अनुसार उदयपुर र पाल्पाको मौमसी राडार इन्टरप्राइज इलेक्ट्रोनिक कर्पाेरेसन (इइसी) नामक अमेरिकन कम्पनीले भ्याटबाहेक २५ लाख ४९ हजार ८६४ अमेरिकन डलर (नौ करोड ९७ लाख ९० हजार ३०४ रुपैयाँ) मा निर्माण गरेको थियो । त्यसपछि ६ असोजमा इइसीले २३ असार ०७८ मा सम्पन्न गर्नुपर्ने थियो । तर, विभिन्न कारणले मौसमी राडार जडानमा ढिलाइ भई १७ वैशाख ०८० मा सञ्चालनमा ल्याएको उनको भनाइ छ । ‘पाल्पाको रिब्दीकोटको मौसमी राडार ४ असार ०८१ मा बन्द भई १५ दिनअघि मात्र सञ्चालनमा आएको हो,’ उनले भनिन् ।

बन्द रहेका दुवै राडारको उपकरणमा समस्या भएको विभागको भनाइ छ । महालेखा परीक्षकको ६२औँ प्रतिवेदनले उदयपुर र पाल्पाको मौसमी राडार बन्द रहेको उल्लेख गर्दै निर्माण कम्पनीले सर्तअनुसार मौसमी राडारको उपकरण डाउन टाइमको प्रतिदिन तीन सय डलरका दरले क्षतिपूर्ति असुल्न सुझाव दिएको छ ।

सुर्खेतको रातानाङ्लामा मौसमी राडार दुई वर्षअघिदेखि नै बन्द छ । विभागकै हवाई उड्डयन मौसम शाखामा कार्यरत सिनियर डिभिजनल मेटेरियोलोजिस्ट नीराजन सापकोटाले बन्द रहेको मौसमी राडार सञ्चालनका लागि सरकारले हाल एक करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरिदिएको र अब अर्को वर्ष आउने जेठबाट मात्र मर्मत गरेर सञ्चालनमा ल्याउन सकिने बताए । ‘अमेरिकाबाट सामान ल्याउनुपर्ने हुन्छ, तर खरिद प्रक्रिया लामो छ । तत्काल सम्भव छैन । एक वर्षपछि मात्र सञ्चालनमा ल्याउन सकिनेछ । भर्खर बजेट विनियोजना भएको छ,’ उनले भने ।

मौसमी राडार सञ्चालनका लागि नेपालमा प्रविधिअनुसारको जनशक्ति नपाउँदा समस्या हुने गरेको कँडेलको भनाइ छ । ‘मौसमी राडार राखिएको स्थानमा चौकीदार मात्र राख्नुपरेको छ । विद्युत् सेवा भरपर्दो छैन । मौसमी राडार बिग्रेको समयमा प्राविधिक पनि समयमै पुग्ने भरपर्दो सडक पनि छैन । मौसमी राडार राख्ने अग्ला डाँडैमा हो । विद्युत् कटौती, नपुग्नु अनि मौसमी राडारका लागि प्रविधिअनुसारको जनशक्ति नराख्नु समस्या छ,’ उनले भनिन् ।

के हाे मौसमी राडार ?

राडार वायुमण्डल वरिपरि घुमेर तस्बिर खिच्छ । त्यसआधारमा वायुमण्डलमा रहेको बादलको विश्लेषण गरेर मौसम पूर्वानुमान गर्न सहज हुन्छ । वर्षा, हिमपात हुने खालको बादल हो कि होइन वा बादल कति समयदेखि लागेको छ भनेर थाहा हुन्छ । 

विभागको हवाई उड्डयन मौसम शाखामा कार्यरत सिनियर डिभिजनल मेटेरियोलोजिस्ट नीराजन सापकोटाका अनुसार राडारले नेपालको आकाशमा वायुमण्डलको अवस्थाबारे जानकारी दिन्छ । पहाडको उच्च भेगमा राखिने राडारले नेपालको वायुमण्डलको सबै भू–भागमा वास्तविक समयमा पानी, असिना, हिमपात पार्ने बादलको पूर्वजानकारी दिन्छ । ‘मौसमको तत्कालको अवस्थाको जानकारी पाइन्छ । मौसमी राडार बन्द रहेका वेला अन्य विधि अपनाउने गरेका छौँ,’ उनले भने, ‘तत्कालको मौसमी पूर्वानुमान गर्न मौसमी राडार प्रणालीले सहयोग गर्नेछ । मनसुनको समयमा अति आवश्यक पर्छ । दुईवटा बन्द भए पनि एउटाबाट सहयोग लिइरहेका छौँ ।’ नयाँ पत्रिकाबाट साभार

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending