Khabar Dabali २७ श्रावण २०८३ बुधबार | 12th August, 2026 Wed
Investment bank

डिडिसीले दैनिक १५ हजार लिटर दूध खरिद गर्ने, कृषि केन्द्रीय संघ र साना किसानसँग त्रिपक्षीय सम्झौता

खबरडबली संवाददाता

काठमाडौँ । नेपाल कृषि सहकारी केन्द्रीय संघ, साना किसान विकास लघुवित्त वित्तीय संस्था र दुग्ध विकास संस्थानबीच किसानबाट दूध खरिद तथा बिक्रीसम्बन्धी त्रिपक्षीय सम्झौता भएको छ।

लैनचौरस्थित दुग्ध विकास संस्थानमा भएको सम्झौताअनुसार आगामी भदौ १ गतेदेखि नेपाल कृषि सहकारी केन्द्रीय संघ र साना किसान विकास लघुवित्तका साझेदार दुग्ध उत्पादक सहकारी संस्था तथा सदस्य किसानबाट दैनिक १५ हजार लिटर दूध दुग्ध विकास संस्थानले खरिद गर्नेछ।

सम्झौतापछि किसानले उत्पादन गरेको दूध सहकारी संस्था तथा सम्बन्धित सञ्जालमार्फत संस्थानलाई उपलब्ध गराउने व्यवस्था मिलाइएको छ। दूधको मात्रा र गुणस्तर प्रारम्भिक सङ्कलन केन्द्रमै परीक्षण गरिने र सोही मापदण्ड कायम रहने सम्झौतामा उल्लेख छ।

त्यस्तै, दुग्ध विकास संस्थानले यी दुई संस्थाको सञ्जालमार्फत यसअघि खरिद गरेको दूधको बाँकी भुक्तानी आगामी एक महिनाभित्र गरिसक्नुपर्ने व्यवस्था गरिएको छ। दूध ढुवानी तथा अन्य आवश्यक व्यवस्थापनका लागि समेत सहकार्य गर्ने सम्झौता भएको छ।

सम्झौतापछि बोल्दै दुग्ध विकास संस्थानका महाप्रबन्धक डा. शरणकुमार पाण्डेले दुग्ध क्षेत्रको विकास र प्रवर्द्धनमा त्रिपक्षीय सम्झौता महत्वपूर्ण कोसेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे।

उनले सहकारीको मूल मर्मलाई स्थापित गर्न साना किसान कृषि सहकारी संस्थाले गरेको योगदानको प्रशंसा गर्दै किसानको सञ्जालसँग जोडिएर काम गर्न पाउँदा संस्थान खुसी रहेको बताए।

महाप्रबन्धक पाण्डेले दुग्ध सङ्कलन र बजारीकरणमा मात्र सीमित नभई पशुपालन तथा दुग्ध उत्पादनका बहुआयामिक क्षेत्रमा समेत काम गर्ने योजना रहेको बताए।

उनले विगतमा दुग्ध विकास संस्थानमा देखिएका भुक्तानीलगायतका समस्या अब दोहोरिन नदिने प्रतिबद्धता जनाउँदै किसानलाई नियमित भुक्तानीको सुनिश्चितता गरेर अघि बढ्ने बताए।

साझा प्रयास र पहलबाट मात्रै समृद्धि सम्भव हुने उल्लेख गर्दै पाण्डेले सम्झौताले किसान, सहकारी र दुग्ध विकास संस्थानबीच सहकार्यको नयाँ बाटो खुलेको बताए।

किसानको जीवनस्तर सुधारसँगै आर्थिक तथा सामाजिक रूपान्तरणमा योगदान पुर्‍याउन सके समग्र अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पार्न सकिने उनको भनाइ थियो।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सीमाको विषय कूटनीतिक माध्यमबाटै सुल्झाउनुपर्छ : सांसद थापा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विक्रमसिंह थापाले सुनसरी, सिरहा र कपिलवस्तुमा भएका दुःखद घटनाप्रति प्रतिनिधिसभाको ध्यानाकर्षण गराएका छन्...

डिडिसीले दैनिक १५ हजार लिटर दूध खरिद गर्ने, कृषि केन्द्रीय संघ र साना किसानसँग त्रिपक्षीय सम्झौता

काठमाडौँ । नेपाल कृषि सहकारी केन्द्रीय संघ, साना किसान विकास लघुवित्त वित्तीय संस्था र दुग्ध विकास संस्थानबीच किसानबाट दूध खरिद तथा बिक्रीसम्बन्धी त्र...

पत्रकार किशोर श्रेष्ठ पक्राउ

काठमाडौँ । जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई बुधबार ललितपुरको बागडोलबाट पक्राउ गरिएको हो। श्रेष्ठविरुद्ध ...

दुई दशकदेखि रोकिएन पहिरो, घरआँगनमै आइपुग्दा पनि राज्य बेखबर

ओखलढुङ्गा । सिद्धिचरण नगरपालिका–५ डाँडाखर्कका पाँच परिवारका लागि पहिरो अब वर्षायामको मात्रै समस्या रहेन, हरेक दिनको त्रास बनेको छ। दुई दशकदेखि सिस्नेख...

पानीको संकटले रित्तिँदै पहाड : जहाँ मुहान सुके, त्यहाँ गाउँ नै खाली भए

पोखरा । हिमालको काख, पहाडका भिराला बस्ती र हरियालीले भरिएका गाउँलाई नेपालमा पानीको स्रोतको धनी मानिन्छ। तर पछिल्ला वर्षहरूमा यही पहाडमा पानीको संकट गह...

एप्पल इन्टरटेन्मेन्टको नयाँ फिल्म ‘भिडियोटेप’ घोषणा, उपासना र कुन्दन मुख्य भूमिकामा

काठमाडौँ । एप्पल इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको नयाँ नेपाली चलचित्र ‘भिडियोटेप’को औपचारिक घोषणा गरिएको छ। ललितपुरस्थित लाबिम मलमा आयोजित...

इट इज माइ ट्यालेन्टको जुलाई विजेता गिनीज अधिकारी, जितिन् ५० हजार रुपैयाँ

काठमाडौँ  । ‘इट इज माइ ट्यालेन्ट नेपाल’ सिजन–१ को जुलाई महिनाको विजेता गिनीज अधिकारी बनेकी छन्। प्रतिभा खोजीसम्बन्धी उक्त कार्यक्रमअन्तर्गत जुलाईको उत...

डब्लिन घोषणापत्र : एनआरएनएले उठायो नागरिकता, लगानीदेखि सुरक्षित वैदेशिक रोजगारीसम्मका १५ मुद्दा

काठमाडौँ । गैरआवासीय नेपाली संघको १७औँ युरोप क्षेत्रीय सम्मेलनले नेपाली नागरिकताको निरन्तरता, लगानीमैत्री वातावरण, सुरक्षित वैदेशिक रोजगारी, महिला तथा...

ग्वाङ्झाउमा एनआरएनएको एसिया प्रशान्त सम्मेलन हुँदै, नेपालमा लगानीदेखि नागरिकताको अधिकारसम्म बहस हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघको ११औँ एसिया प्रशान्त क्षेत्रीय सम्मेलन आगामी अगस्ट १५ देखि १७ सम्म चीनको ग्वाङ्झाउमा आयोजना हुने भएको छ। ‘आरोहण २०२६–...

कोशी सरकारबाट कांग्रेसका मन्त्री बाहिरिए, नयाँ सत्ता समीकरणले बदलियो प्रदेशको राजनीति

विराटनगर । केन्द्रमा फेरिएको सत्ता समीकरणको असर कोशी प्रदेश सरकारमा पनि देखिएको छ। नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ राजनीतिक सहकार्य बने...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending