काठमाडौँ । एप्पल इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको नयाँ नेपाली चलचित्र ‘भिडियोटेप’को औपचारिक घोषणा गरिएको छ। ललितपुरस्थित लाबिम मलमा आयोजित पत्रकार सम्मेलनमार्फत चलचित्र निर्माणको घोषणा गरिएको हो।
ओविद उद्दिनको निर्देशनमा बन्न लागेको यो चलचित्र हरर विधामा आधारित रहनेछ। चलचित्रको छायांकन भदौ ५ गतेदेखि उपल्लो मुस्ताङबाट सुरु गरिने निर्माण पक्षले जनाएको छ। करिब ३० दिनमा छायांकन सम्पन्न गर्ने तयारी छ।
चलचित्रमा उपासना सिंह ठकुरी र नव–नायक कुन्दन मान शाक्य मुख्य भूमिकामा देखिनेछन्। त्यस्तै अस्तित्व भट्टचन, कृशल श्रेष्ठ, रिसु राउत, जीवन अधिकारी, शेखर चापागाईँ, सिद्धार्थ सिंहलगायत कलाकारको पनि अभिनय रहनेछ।
चलचित्रमा वशिष्ट प्रधानको छायांकन निर्देशन रहनेछ भने ईश्वर घिमिरेले उत्पादन व्यवस्थापन सम्हाल्नेछन्। महेश बराल मुख्य सहायक निर्देशकका रूपमा रहने निर्माण पक्षले जनाएको छ।
निर्देशक ओविदले आफू सानैदेखि हरर विधाका चलचित्र हेरेर हुर्किएको बताउँदै पहिलो चलचित्रमै यही विधालाई रोजेको बताए।
‘म सानैदेखि हरर जनराका फिल्म हेरेर हुर्किएको हुँ। त्यसैले आफ्नो डेब्यु फिल्ममा पनि यही जनरालाई अगाडि बढाएको छु,’ उनले भने, ‘यो कथा काल्पनिक विषयमा आधारित छ। कुनै पनि वास्तविक घटनासँग मिल्दैन।’
नायिका उपासना सिंह ठकुरीले चलचित्रको विषयमा एक वर्षअघिदेखि नै कुराकानी हुँदै आएको बताइन्। कथा आफूलाई निकै मन परेको उल्लेख गर्दै उनले छायांकनमा जान उत्साहित रहेको बताइन्।
नव–नायक कुन्दनले पनि पहिलो चलचित्रलाई लिएर आफू निकै उत्साहित रहेको बताए।
निर्माण पक्षका अनुसार ‘भिडियोटेप’ करिब ४ करोड रुपैयाँको बजेटमा निर्माण हुनेछ।
कार्यक्रममा एप्पल इन्टरटेन्मेन्टका प्रमुख नकिम उद्दिनले नयाँ पुस्ताको टिमले निर्माण गर्न लागेको चलचित्रलाई दर्शक तथा चलचित्र क्षेत्रबाट साथ र सहयोग मिल्ने विश्वास व्यक्त गर्दै सबैलाई सहयोगका लागि आग्रह गरे।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २७ गते, २०८३ - २२:१३
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विक्रमसिंह थापाले सुनसरी, सिरहा र कपिलवस्तुमा भएका दुःखद घटनाप्रति प्रतिनिधिसभाको ध्यानाकर्षण गराएका छन्...
श्रावण २७ गते, २०८३ - २२:०९
काठमाडौँ । नेपाल कृषि सहकारी केन्द्रीय संघ, साना किसान विकास लघुवित्त वित्तीय संस्था र दुग्ध विकास संस्थानबीच किसानबाट दूध खरिद तथा बिक्रीसम्बन्धी त्र...
श्रावण २७ गते, २०८३ - २२:००
काठमाडौँ । जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई बुधबार ललितपुरको बागडोलबाट पक्राउ गरिएको हो। श्रेष्ठविरुद्ध ...
श्रावण २७ गते, २०८३ - २१:४२
ओखलढुङ्गा । सिद्धिचरण नगरपालिका–५ डाँडाखर्कका पाँच परिवारका लागि पहिरो अब वर्षायामको मात्रै समस्या रहेन, हरेक दिनको त्रास बनेको छ। दुई दशकदेखि सिस्नेख...
श्रावण २७ गते, २०८३ - २१:३२
पोखरा । हिमालको काख, पहाडका भिराला बस्ती र हरियालीले भरिएका गाउँलाई नेपालमा पानीको स्रोतको धनी मानिन्छ। तर पछिल्ला वर्षहरूमा यही पहाडमा पानीको संकट गह...
श्रावण २७ गते, २०८३ - २१:२९
काठमाडौँ । एप्पल इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको नयाँ नेपाली चलचित्र ‘भिडियोटेप’को औपचारिक घोषणा गरिएको छ। ललितपुरस्थित लाबिम मलमा आयोजित...
श्रावण २७ गते, २०८३ - २१:२६
काठमाडौँ । ‘इट इज माइ ट्यालेन्ट नेपाल’ सिजन–१ को जुलाई महिनाको विजेता गिनीज अधिकारी बनेकी छन्। प्रतिभा खोजीसम्बन्धी उक्त कार्यक्रमअन्तर्गत जुलाईको उत...
श्रावण २७ गते, २०८३ - २१:२१
काठमाडौँ । गैरआवासीय नेपाली संघको १७औँ युरोप क्षेत्रीय सम्मेलनले नेपाली नागरिकताको निरन्तरता, लगानीमैत्री वातावरण, सुरक्षित वैदेशिक रोजगारी, महिला तथा...
श्रावण २७ गते, २०८३ - २१:१८
काठमाडौँ । गैरआवासीय नेपाली संघको ११औँ एसिया प्रशान्त क्षेत्रीय सम्मेलन आगामी अगस्ट १५ देखि १७ सम्म चीनको ग्वाङ्झाउमा आयोजना हुने भएको छ। ‘आरोहण २०२६–...
श्रावण २७ गते, २०८३ - २१:०१
विराटनगर । केन्द्रमा फेरिएको सत्ता समीकरणको असर कोशी प्रदेश सरकारमा पनि देखिएको छ। नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ राजनीतिक सहकार्य बने...



प्रतिकृया लेख्नुहोस्: