Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

ताप्लेजुङका तीन स्थानीय तहले १० असारअघि नै बजेट ल्याउने

खबरडबली संवाददाता

ताप्लेजुङ । ताप्लेजुङका केही स्थानीय तहले असार १० गते अघि नै आगामी आर्थिक वर्ष २०८२/८३ को नीति, कार्यक्रम र बजेट ल्याउने तयारी गरेका छन्। आठराई त्रिवेणी , सिरिजङ्गा  र मैवाखोला गाउँपालिकाले  असार १० गते अघि नै आगामी आर्थिक वर्ष २०८२/८३ को नीति, कार्यक्रम र बजेट ल्याउने तयारी गरेका हुन् । 

आठराई त्रिवेणी गाउँपालिकाले असार ८ गते नीति, कार्यक्रम र बजेट ल्याउने भएको छ। पालिका अध्यक्ष दीपेन्द्र पोमूले असार ८ गतेका लागि तयारी भइरहेको बताए। पालिकाले वडा र टोलस्तरमा पुगेर सुझाव सङ्कलन गरिरहेको छ। यसअघि जेठ २० गतेसम्म नीति, कार्यक्रम र बजेटका लागि सुझाव मागिएको थियो। 

सिरिजङ्गा गाउँपालिकाले असार ८ वा ९ गतेभित्र बजेट पारित र स्वीकृत गर्ने योजना बनाएको छ। प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङ्देम्बेका अनुसार असार ७ र ८ गते कार्यपालिका बैठक बोलाइएको छ। 

स्वीकृत भएमा सिरिजङ्गाले सोही दिन वा भोलिपल्ट गाउँसभामार्फत बजेट पेश गर्नेछ। पालिकाले यसअघि १५ दिन सुझावका लागि समय दिएको थियो र वडास्तरमा योजना छनोट र बजेटबारे छलफल गरेको थियो। 

मैवाखोला गाउँपालिकाले गत वर्ष असार ९ गते बजेट ल्याएकोमा यस वर्ष असार १० अघि नै ल्याउने तयारी गरेको छ। पालिका अध्यक्ष विजयप्रकाश बनेमले जेठ २७ गतेदेखि बजेट अधिवेशन बोलाएर नीति र कार्यक्रम पारित गरी असार १० अघि बजेट ल्याउने बताए।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

भदौ २३ को हिंसात्मक घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...

वर्षौँदेखि पालमुनि घरबारविहीन परिवार, चुरेमा जोखिमपूर्ण जीवन

कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...

रुकुम पश्चिममा अटो दुर्घटना : चालकको घटनास्थलमै मृत्यु

रुकुम पश्चिम । गएराति भएको अटो दुर्घटनामा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार राति मध्यपहाडी...

मिराज ढुंगानाको समूहले प्रदर्शनका लागि प्रशासनको अनुमति नलिएको : काठमाडौँ जिल्ला प्रशासन

काठमाडौँ । आन्दोलनको घोषणा गरेको मिराज ढुंगानाको समूहले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरे पनि हालसम्म काठमाडौँ जिल्ला प्रशासन का...

ओखलढुंगामा नियम बिर्सिएको प्रशासन: बिना करारका कर्मचारी सूचना अधिकारी बनेको खुलासा

ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...

पूर्वी पहाडमा सुन्तलाको बम्पर उत्पादन, धरान बजारमा कारोबार ३० प्रतिशतले बढ्यो

धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...

ताप्लेजुङमा भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका  २६ वर्षका फुर्वा शेर्पा...

मौन पीडामा कालिमायाको याचना : अपाङ्गताको पीडा र राज्यको मौनता

छोराको पीडामा बाँधिएकी आमाको कथा

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या बढी

चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending