Khabar Dabali ७ असार २०८३ आईतवार | 21st June, 2026 Sun
Investment bank

सडक पेटी अतिक्रमण तत्काल हटाउन सरकारलाई सर्वोच्चको निर्देशन

खबरडबली संवाददाता

काठमाडौं । सर्वोच्च अदालतले नागरिकको दैनिक जीवन, आवतजावत र सुरक्षासँग प्रत्यक्ष रूपमा जोडिएका सार्वजनिक संरचनाको व्यवस्थापनमा विशेष ध्यान दिन सरकारलाई निर्देशन दिएको छ।

सार्वजनिक संरचना तथा सेवामा हुने लापरबाहीका कारण नागरिकले क्षति बेहोर्नुपरेको भन्दै दुष्कृतिसम्बन्धी कानुन प्रभावकारी रूपमा कार्यान्वयन गर्न माग गरिएको रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले सडकपेटी, सार्वजनिक स्थल तथा नागरिकको सुरक्षासम्बन्धी विषयमा सरकारको ध्यानाकर्षण गराएको हो।

न्यायाधीश हरि फुयाँल र नृपध्वज निरौलाको संयुक्त इजलासले सार्वजनिक स्थान र संरचनाको लापरबाहीका कारण नागरिकलाई क्षति पुगेमा क्षतिपूर्ति दिलाउने तथा गम्भीर अवस्थामा फौजदारी कानुनी प्रक्रिया अघि बढाउन सकिने कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको उल्लेख गरेको छ।

अधिवक्ता सुधिज्ञ पन्तले राज्यको लापरबाहीबाट हुने क्षति तथा नोक्सानीलाई सार्वजनिक दुष्कृतिका रूपमा कारबाही हुनुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए। अदालतले भने मुलुकी देवानी संहिता, २०७४ मा यससम्बन्धी पर्याप्त कानुनी व्यवस्था रहेको उल्लेख गर्दै सम्बन्धित निकायलाई कानुनी उपचारका उपाय अवलम्बन गर्न ध्यानाकर्षण गराएको छ।

सर्वोच्च अदालतले काठमाडौं उपत्यकाका सडकपेटीमा प्रहरी पोस्ट निर्माण गरिएको भए गृह मन्त्रालयमार्फत अध्ययन गरी आवश्यक परे हटाउन पनि निर्देशन दिएको छ। साथै, सडकपेटी अतिक्रमण भएको पाइएमा सम्बन्धित निकायसँग समन्वय गरी हटाउन काठमाडौं महानगरपालिकालाई आदेश दिएको छ।

त्यस्तै, सडकपेटी तथा सार्वजनिक स्थानमा निर्माण सामग्री, प्लाटफर्म, भर्‍याङलगायतका अवरोधक संरचना राखिएको भए हटाउन सूचना जारी गर्न र अटेर गरे कानुनअनुसार आवश्यक कदम चाल्न अदालतले निर्देशन दिएको छ।

अदालतले सडकपेटी भत्किएको, जीर्ण भएको वा ढल खुला छाडिएको अवस्थाले नागरिकको ज्यानसमेत जोखिममा पर्न सक्ने उल्लेख गर्दै यस्ता जोखिम तत्काल हटाउन वा न्यूनीकरण गर्न सम्बन्धित निकायलाई आदेश दिएको छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सिमाबारे प्रधानमन्त्री शाहको स्पष्टीकरण: हामीले ब्रिटिसलाई मध्यस्त बनाउन खोजेका हैनौं

राष्ट्रियताप्रति कसैलाई पनि शंका नगर्न आग्रह

कांग्रेसले जस्तो नेतालाई 'भगवान्' र 'बा' बनाउने गल्ती रास्वपाले नगरोस्: सभापति थापा

चितवन। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीतिक दलले आफ्ना नेतालाई 'भगवान्' वा 'बा'बनाउने प्रवृत्तिका कार...

स्थापना भएको चार वर्षमै प्राप्त गरेको जनसमर्थन लोभलाग्दो छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रसका सभापति गगन कुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थापना भएको चार वर्षमै प्राप्त गरेको जनसमर्थन लोभलाग्दो र...

वैकल्पिक राजनीतिको उपलब्धि रास्वपा हो : बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आफूले वर्षौंदेखि पैरवी गर्दै आएको वैकल्पिक राजनीतिको उपलब्धिका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्व...

रास्वपा कहाँ उभिन्छ भन्ने चासो छ : प्रदीप ज्ञवाली

चितवन । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले राष्ट्रिय राजनीतिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कहाँ उभिन्छ भन्ने विषयमा सबैको चासो रहेको बताएका ...

इतिहासले दिएको अवसर चुकाए रास्वपा र नेतृत्वलाई मात्र नभई देशलाई धोका हुनेछ: अध्यक्ष लिङ्देन

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकमा विद्यमान समस्याहरूको समाधान र विकासका लागि राजनीतिक दलहरूबिच रा...

अन्य दलहरूको तुलनामा रास्वपा र नेकपाबीच धेरै विषयमा समानता छ: वर्षमान पुन

काठमाडौं । नेकपा नेता वर्षमान पुन अनन्तले आफ्नो पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच धेरै विषयमा समानता रहेको बताएका छन्। रास्वपाको प्...

ऐतिहासिक जिम्मेवारी र चुनौती अब रास्वपामाथि पनि आइपुगेको छ : अध्यक्ष यादव

काठमाडौँ। जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले आर्थिक विकास र समृद्धिको सबैभन्दा महत्वपूर्ण सर्त सुशासन भएको बताएको छन् ।  राष्ट्र...

बालेनले राजा ल्याउँछ भनेर रास्वपालाई भोट दिएका छन्: राजेन्द्र लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राजावादी मतदाताको समेत समर्थन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ...

रास्वपाको शक्ति आक्रोश मात्र होइन, आशा र विकल्प हुनुपर्छ: स्वर्णिम वाग्ले

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति  एवम् अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले आफ्नो पार्टी केवल सरकार फेर्ने अभियानमा मात्र नभई समग्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending