काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बजेटमा करका दर हेरफेर गरिएको विषयमा उठेका विवादप्रति प्रतिक्रिया दिँदै विगतका अर्थमन्त्रीहरूले समेत यस्ता त्रुटि सच्याउने अभ्यास गरेको बताएका छन्।
विनियोजन विधेयकमाथि राष्ट्रिय सभामा उठेका प्रश्नहरूको जवाफ दिने क्रममा अर्थमन्त्री वाग्लेले करका दर संशोधनलाई लिएर आफूविरुद्ध अनावश्यक आरोप लगाइएको दाबी गरे। यद्यपि, विगतमा कुन अर्थमन्त्रीले यस्तो संशोधन गरेका थिए भन्नेबारे उनले नाम उल्लेख गरेनन्।
यसअघि प्रतिनिधिसभामा बोल्दै पूर्वअर्थमन्त्री वर्षमान पुनले करका दर हेरफेरको विषयमा निष्पक्ष छानबिन हुनुपर्ने माग गरेका थिए।
यसको जवाफमा राष्ट्रिय सभामा बोल्दै अर्थमन्त्री वाग्लेले करका दर सच्याउने विषयलाई अनावश्यक रूपमा अतिरञ्जित गरिएको बताए।
“यी राजद्रोह वा देशद्रोहका विषय होइनन्। अर्थमन्त्री रातभर बसेर करका दर चलायो भन्ने खालका आरोपप्रति मेरो खेद छ,” उनले भने।
वाग्लेले विगतमा पनि यस्ता संशोधन भएको दाबी गर्दै गत वर्ष मात्रै ७३ वटा करका दर हेरफेर गरिएको उल्लेख गरे। उनले पूर्वअर्थमन्त्री पुनतर्फ संकेत गर्दै उनको कार्यकालमा समेत २४ वटा संशोधन गरिएको दाबी गरे।
“एकजना अर्थमन्त्री निकै चर्को रूपमा बोलिरहनुभएको देखेँ। उहाँको पालामा पनि २४ वटा संशोधन भएका रहेछन्। वस्तुका कर दरलगायतका विषयमा दर्जनौं परिवर्तन गरिएको थियो,” उनले भने।
वाग्लेले विगतका संशोधनहरू पर्याप्त पारदर्शी नभएको आरोप लगाउँदै आफूले भने सबै प्रक्रिया विधिसम्मत र पारदर्शी ढंगले पूरा गरेको बताए।
“मैले त औपचारिक रूपमा संसद्का महासचिवलाई पत्र लेखेर सांसदहरूको हातमा पुग्नुअघि सच्याइएको पाना समावेश गरिदिन अनुरोध गरेको छु,” उनले स्पष्ट पारे।
उनका अनुसार सच्याइएको विवरण सांसदहरूलाई वितरण गरिसकेपछि कुनै नयाँ संशोधन गरिएको छैन। “सांसदहरूको हातमा सच्याइएको प्रति पुगेपछि कमा र पूर्णविरामसमेत परिवर्तन गरिएको छैन,” उनले दाबी गरे।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १४ गते, २०८३ - १७:५३
काठमाडौं । नेकपा (एमाले)ले सुनसरीको देवानगञ्ज गाउँपालिकामा पछिल्ला दिनमा उत्पन्न तनावपूर्ण अवस्थाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। एमाले अध्य...
श्रावण १४ गते, २०८३ - १७:४७
काठमाडौं । प्रतिनिधिसभाको बैठक पाँच दिनका लागि स्थगित भएको छ। बिहीबार बसेको बैठकले ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २...
श्रावण १४ गते, २०८३ - १७:३३
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ सुनसरीको देवानगञ्ज पुगेर हालैको घटनामा ज्यान गुमाएका दुवै व्यक्तिका परिवारसँग भेट गर्ने भएका छन्। गृहमन्त्री गुरुङ...
श्रावण १४ गते, २०८३ - १७:२७
काठमाडौं । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ। जिल्ला सुरक्षा समितिको निर्णयअनुसार बि...
श्रावण १४ गते, २०८३ - १७:१७
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आज राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी गरेका छन्। प्रधानमन्त्री निकट स्रोतका अनुसार सुनसरीमा भएको घटनापछि विकस...
श्रावण १४ गते, २०८३ - १७:०९
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले कोशी र मधेश प्रदेशबाट प्रतिनिधित्व गर्ने पार्टीका सांसदहरूको आकस्मिक बैठक बोला...
श्रावण १४ गते, २०८३ - १७:०३
जनकपुरधाम । सिरहाको गोलबजारमा प्रदर्शनका क्रममा गोली लागेर घाइते भएका अर्का युवक विकास ठाकुरको स्वास्थ्य अवस्था गम्भीर बनेको छ। जिल्ला प्रशासन कार्...
श्रावण १४ गते, २०८३ - १६:५५
काठमाडौं । सुनसरीमा विकसित सुरक्षा अवस्थाको अनुगमन तथा समन्वयका लागि गृहमन्त्री सुधन गुरुङ सुनसरी जाने भएका छन्। प्रधानमन्त्री बालेन शाहसँग छलफल गर...
श्रावण १४ गते, २०८३ - १६:५०
काठमाडौं। सिरहामा प्रदर्शन हिंसात्मक बन्दै गएपछि आगजनी र तोडफोडका घटना बढ्न थालेका छन्। बिहीबार बिहानदेखि चर्किएको प्रदर्शनका कारण जिल्लाको सुरक्षा अव...
श्रावण १४ गते, २०८३ - १६:४३
जनकपुरधाम । सिरहाको गोलबजारमा जारी तनावका बीच गोली लागेर एकजनाको मृत्यु भएको छ। कर्फ्यु आदेश लागू रहेकै बेला दुई पक्षबीचको झडप थप चर्किएपछि क्षेत्र...



प्रतिकृया लेख्नुहोस्: