Khabar Dabali २६ माघ २०८२ आईतवार | 8th February, 2026 Sun
Investment bank

सर्लाहीमा आठ लाख बढीलाई हात्तीपाईलेविरुद्धको औषधि खुवाइने

खबरडबली संवाददाता

सर्लाही । राष्ट्रिय अभियान अन्तरगत सर्लाहीमा पनि हात्तीपाइले रोगविरुद्धको आमऔषधि खुवाउने कार्यक्रम सुरु भएको छ । जिल्लामा सम्पूर्ण पालिकाले एकै साथ हात्तीपाईले रोगविरुद्धको आम औषधि खुवाउने अभियान सुरु गरेका हुन् । विभिन्न पालिकाले औपचारिक कार्यक्रमनै आयोजना गरेर औषधि खुवाउन सुरु गरेको जनाएका छन् ।

स्थानीय प्रतिनिधि, स्वास्थ्यकर्मी, शिक्षक शिक्षिका लगायतले औषधि सेवन गरेर अभियानको सुरुवात गरिएको छ । बागमती नगरपालिकामा पनि औषधि खुवाउने कार्यक्रम सुरु गरिएको पालिकाका स्वास्थ्य शाखा संयोजक पदमबहादुर रायमाझीले जानकारी दिए । नगरकी कार्यबाहक प्रमुख लीलाकुमारी मोक्तानले सम्पूर्ण नगरवासीमा निर्धक्क भएर औषधि सेवन गर्न आह्वान गर्दै अभियानको सुरुवात गरेकी थिइन् । सुरुमा उनि आफैँले औषधि खाएर सुरु गरेकी हुन् । 

योसँगैँ विद्यालयमा रहेका छात्रछात्रालाई औषधि खुवाउन सुरु गरिएको छ । बागमती नगरपालिकाले मात्र ३८ हजार बढीलाई हात्तीपाईलेविरुद्धको औषधि खुवाउने लक्ष्य लिएको जनाएको छ । यस्तै आजदेखि वैशाख २९ गतेसम्म सञ्चालन हुने अभियान अन्तरगत जिल्लामा आठ लाख बढीलाई हात्तीपाईलेविरुद्धको औषधि खुवाउने लक्ष्य राखिएको छ । अभियानमा सहभागी भई २०३० सम्ममा देशलाई हात्तीपाईले रोगमुक्त बनाउन सहयोग पुर्‍याइ दिन स्वास्थ्य कार्यालय सर्लाहीका प्रमुख डा नवलकिशोर झाले आग्रह गरे । 

अभियानमार्फत् जिल्लामा दुई वर्षमाथि उमेर समूहका आठ लाख २४ हजार ६७१ जनालाई औषधि खुवाइने डा झाले जानकारी दिए । यसका लागि जिल्लामा पाँच सय २५ जना स्वास्थ्यकर्मी र एक हजार तीन सय २६ जना महिला स्वास्थ्य स्वयम्सेविका परिचालन भएका छन् । 

उनीहरुले स्कुल–स्कुलमा पुगेर लक्षित उमेर समूहलाई औषधि खुवाउनेछन् । भने, घर–घरमै पुगेर पनि औषधि खुवाउने बागमती नगरपालिका स्वास्थ्य शाखा संयोजक पदमबहादुर रायमाझीले बताए । हात्तीपाईले रोगविरुद्धको औषधि गर्भवती महिला, सात दिन सम्मका सुत्केरी, छारे रोगी तथा गम्भीर बिमारीले खान नहुने उनको भनाइ छ । अन्य सबैले हात्तीपाईले रोगबाट बच्न अनिवार्य रुपमा औषधि सेवन गर्नुपर्ने चिकित्सकको भनाइ छ । 

औषधि सेवनको क्रममा जिल्लामा हालसम्म कुनै किसिमको गम्भीर समस्या नदेखिएकाले स्वास्थ्य कार्यालय मलङ्गवाले जनाएको छ । स्वास्थ्य कार्यालय सर्लाहीका अनुसार गत वर्ष पनि यस जिल्लामा सात लाख ६२ हजार ६८४ जनालाई हात्तीपाईलेविरुद्धको औषधि खुवाइएको थियो । 

सर्लाहीमा हालसम्म एक हजार चार सय ७५ जना हात्तीपाईले रोगका बिरामी रहेका स्वास्थ्य कार्यालय सर्लाहीले जनाएको छ । उनीहरु लामो समयदेखि सङ्क्रमित भई उपचार गराइरहेका हुन् । जिल्लामा पछिल्लो समय नयाँ सङ्क्रमित नगन्य मात्रामा फेला पर्ने गरेको तथ्याङ्कमा उल्लेख गरिएको छ । हात्तीपाईले रोग सङ्क्रमितलाई टोकेको क्यूलेस लामखुट्टेले अन्य मान्छेलाई टोकेपछि यो सङ्क्रमण फैलिने गर्दछ । 

जनचेतना तथा औषधि उपचारका कारण सङ्क्रमण घट्दै गएको स्वास्थ्य कार्यलय सर्लाहीका भेक्टर कन्ट्रोल निरीक्षक मनोज झाले जानकारी दिए । पछिल्लो समय जिल्लाका विभिन्न पालिकामा न्यून मात्रामा सङ्क्रमित फेला परेपछि अभियानलाई निरन्तरता दिइएको उनको भनाइ छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE