फिदिम । पाँचथरको फिदिम बजार क्षेत्रमा आतंक मच्चाएको भुस्याहा कुकुरमा रेविज संक्रमण पुष्टि भएपछि जिल्लाभर उच्च सतर्कता अपनाइएको छ। करिब एक घण्टाको अवधिमा ४१ वटा जनावर र एक बालिकालाई टोकेको उक्त कुकुरको मृत्यु भएपछि गरिएको प्रारम्भिक परीक्षणमा रेविज पोजिटिभ देखिएको हो।
नगरपालिकाका अनुसार शनिबार साँझ कुकुरले बजारका विभिन्न स्थानमा ४० वटा कुकुर र एक बालिकालाई टोकेको थियो। त्यसपछि आइतबार कुकुरलाई नियन्त्रणमा लिएर क्वारेन्टिनमा राखिएको थियो। तर, कुकुरले टिन काटेर बाहिर निस्कँदै स्थानीयको एउटा माउ भैँसीलाई समेत टोकेको थियो।
पुनः नियन्त्रणमा लिएर अर्को क्वारेन्टिनमा राखिएको कुकुर सोमबार मरेको थियो। त्यसपछि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाँचथरका प्राविधिकले गरेको र्यापिड परीक्षणमा रेविज संक्रमण पुष्टि भएको नगरपालिकाको पशु सेवा शाखा प्रमुख नारायण थापाले जानकारी दिए। थप पुष्टि गर्न कुकुरको नमुना पीसीआर परीक्षणका लागि पनि पठाइएको छ।
पछिल्ला महिनाहरूमा पाँचथरका विभिन्न स्थानीय तहमा रेविजको आशंकामा गाई, गोरु, भैँसी र बाछा मर्ने घटनासमेत देखिन थालेपछि पशु स्वास्थ्यकर्मीले संक्रमण फैलिन सक्ने जोखिम बढेको बताएका छन्।
रेविजको जोखिमलाई ध्यानमा राख्दै स्थानीय तहले संक्रमित क्षेत्र र आसपासका बस्तीमा निगरानी बढाएको छ। पशुमा अत्यधिक रिसाउने, जथाभावी टोक्ने, धेरै र्याल चुहाउने, पानीदेखि डराउने, खाना खान छाड्ने वा अस्वाभाविक व्यवहार देखिए तत्काल पशु सेवा शाखा, भेटेरिनरी अस्पताल वा प्रहरीलाई खबर गर्न आग्रह गरिएको छ।
स्वास्थ्यकर्मीले कुकुर वा अन्य जनावरले टोकेमा घाउलाई तुरुन्तै साबुनपानीले राम्रोसँग धुन, ढिलाइ नगरी स्वास्थ्य संस्थामा पुगेर रेविजविरुद्धको खोप लगाउन र लक्षण देखिनुअघि नै उपचार प्रक्रिया सुरु गर्न आग्रह गरेका छन्। रेविजको लक्षण देखिएपछि उपचार सम्भव नहुने भएकाले समयमै खोप नै सबैभन्दा प्रभावकारी बचाउको उपाय भएको उनीहरूको भनाइ छ।
स्थानीय तहले घरपालुवा कुकुरलाई नियमित रेविजविरुद्धको खोप लगाउन, खुला नछाड्न र स्वास्थ्य परीक्षण गराउन समेत पशुपालकलाई आग्रह गरेको छ। जिल्लामा संक्रमणको जोखिम बढ्दै गएकाले समुदायस्तरमा सचेतना, निगरानी र सूचना प्रवाहलाई थप प्रभावकारी बनाइएको जनाइएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २३ गते, २०८३ - ०९:०१
काठमाडौँ । मध्यपूर्वमा सैन्य तनाव चर्किरहेका बेला साउदी अरब, पाकिस्तान र टर्कीले सुरक्षा सहकार्यलाई नयाँ उचाइमा पुर्याउने गरी ‘मक्का संयुक्त रक्षा सम...
श्रावण २३ गते, २०८३ - ०८:५४
५ दिनभित्र ग्यास समस्या हट्ने दाबी
श्रावण २३ गते, २०८३ - ०८:४९
काठमाडौँ । सुनसरीको देवानगन्जदेखि सिरहाको गोलबजारसम्म सुरक्षा निकायको गोली प्रहारबाट नागरिकको ज्यान गएको घटनाले राज्यको बल प्रयोग र सुरक्षा संयन्त्रको...
श्रावण २३ गते, २०८३ - ०८:४३
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले विद्युत् संरचना सुधार तथा मर्मतसम्भारका लागि काठमाडौँका विभिन्न क्षेत्रमा दुई दिन विद्युत् आपूर्ति बन्द गर्ने भए...
श्रावण २३ गते, २०८३ - ०८:३७
काठमाडौँ । प्रतीक्षित नेपाली चलचित्र ‘झिँगेदाउ २’ को टिजर सार्वजनिक भएको छ। ललितपुरस्थित क्यूएफएक्स लबिममा आयोजित कार्यक्रमबीच चलचित्रको १ मिनेट ५१ से...
श्रावण २३ गते, २०८३ - ०८:२८
काठमाडौँ । घर निर्माणको तयारीमा रहेका ग्राहकलाई लक्षित गर्दै देभको इन्जिनियरिङ एन्ड बिल्डर्स प्रालिले नक्सा डिजाइन तथा इन्जिनियरिङ सेवामा ३३ प्रतिशत छ...
श्रावण २३ गते, २०८३ - ०८:२४
काठमाडौँ । नेपाल टेलिकमले दूरसञ्चार सेवा प्रयोग गरेबापतको बक्यौता महसुल भुक्तानी गर्न बाँकी ग्राहकलाई जरिवानामा छुट दिने भएको छ। कम्पनीले सार्वजनिक...
श्रावण २३ गते, २०८३ - ०८:१३
काठमाडौँ । नेपाली टेलिभिजनमा ‘हर्के हल्दार’का रूपमा लोकप्रिय बनेका कलाकार विष्णु सापकोटा फेरि टेलिभिजन पर्दामा देखिने भएका छन्। लामो समय नियमित कार्यक...
श्रावण २३ गते, २०८३ - ०८:०२
कपिलवस्तु । कपिलवस्तु नगरपालिकाका पूर्वनगरप्रमुख किरण सिंह शुक्रबार बिहानदेखि सम्पर्कविहीन भएका छन्। उनी चढेर हिँडेको मोटरसाइकल गोरुसिङ्गे जंगलमा भेटि...
श्रावण २३ गते, २०८३ - ०७:५७
काठमाडौँ । देशभर अहिले मनसुनी वायुको प्रभाव कायमै रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेकाले आज पनि देशका अधिकांश भूभागमा वर्षाको सम्भ...



प्रतिकृया लेख्नुहोस्: