राजविराज । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनापछि उत्पन्न तनावपूर्ण अवस्थाबीच सप्तरीमा धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न विभिन्न स्थानमा शान्ति र सद्भाव र्याली आयोजना गरिएको छ।
शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड) सप्तरीको आयोजनामा राजविराजमा सद्भाव र्याली निकालिएको हो। यस्तै, बोदेबरसाइन नगरपालिकाको नेतृत्वमा पनि धार्मिक तथा जातीय सद्भावलाई सुदृढ बनाउने उद्देश्यले छुट्टै र्याली सम्पन्न भएको छ।
‘सामाजिक सद्भाव कायम गरौं, आपसी भाइचारा सम्बन्ध स्थापित गरौं र एकअर्कालाई सम्मान गरौं’ भन्ने नारासहित आयोजित र्यालीमा स्थानीय राजनीतिक दलका प्रतिनिधि, सरोकारवाला निकाय, नागरिक समाज तथा हिन्दु र मुस्लिम समुदायका व्यक्तिहरूको सहभागिता रहेको थियो।
बोदेबरसाइनमा आयोजित कार्यक्रममा सप्तरी निर्वाचन क्षेत्र नं. ४ (ख) का प्रदेशसभा सदस्य अनिरुद्ध सिंह यादव, नगरप्रमुख आतेश कुमार सिंहलगायत स्थानीय जनप्रतिनिधिको उपस्थिति थियो।
र्यालीमा सहभागीहरूले कुनै पनि विवाद वा द्वन्द्वले समस्याको समाधान नदिने उल्लेख गर्दै सामाजिक सद्भाव, सहिष्णुता र आपसी विश्वासलाई बलियो बनाउन सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिएका थिए।
नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवणकुमार देवले देवानगञ्ज घटनापछि सिर्जिएको परिस्थितिलाई सामान्य बनाउन र समुदायबीच विश्वास कायम राख्ने उद्देश्यले सद्भाव र्याली आयोजना गरिएको बताए।
स्थानीयवासीले यस्ता कार्यक्रमले राजविराज र बोदेबरसाइनमा देखिएको तनाव कम भई जनजीवन पुन: सामान्य हुने विश्वास व्यक्त गरेका छन्।
देवानगञ्ज घटनापछि सुरक्षा अवस्थालाई ध्यानमा राख्दै साउन १४ गते राति १० बजेदेखि बोदेबरसाइन र साउन १५ गते बिहान ८ बजेदेखि राजविराज क्षेत्रमा प्रमुख जिल्ला अधिकारीले कर्फ्यु आदेश जारी गरेका थिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २२ गते, २०८३ - १७:३६
काठमाडौं। नेकपा (एमाले) ले आफ्ना सांसदहरूले परिवारका सदस्यलाई स्वकीय सचिवका रूपमा नियुक्त गर्न नपाउने व्यवस्था लागू गरेको छ। संसदीय दलको शुक्रबार बसेक...
श्रावण २२ गते, २०८३ - १७:२७
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले सरकारको नियतमाथि प्रश्न नरहे पनि कार्यशैलीमा सुधार आवश्यक रहेको बताएका छन्। प्रतिनिध...
श्रावण २२ गते, २०८३ - १७:१४
मकवानपुर। जिल्ला प्रशासन कार्यालय, मकवानपुरले एल.पी. ग्यास कालोबजारी गरेको पाइएमा त्यस्ता ग्यास सिलिण्डर जफत गर्ने भएको छ । केही दिनदेखि एल.पी. ग्य...
श्रावण २२ गते, २०८३ - १६:५५
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रियामा आर्थिक प्रभाव, पहुँचको दुरुपयोग तथा कुनै...
श्रावण २२ गते, २०८३ - १६:४४
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवाको गुणस्तर सुधार, उपभोक्ता हित संरक्षण र आधुनिक प्रविधिको प्रभावकारी उपयोग सुनिश्चित गर्न दूरसञ्चार ...
श्रावण २२ गते, २०८३ - १६:३५
काठमाडौं । सर्वोच्च अदालतले अवैध रूपमा सम्पत्ति आर्जन गरेको आरोप लागेका मिलन गुरुङ र उनकी श्रीमती इन्दिरा घले गुरुङलाई सफाइ दिने विशेष अदालतको फैसला स...
श्रावण २२ गते, २०८३ - १६:२२
काठमाडौं। विराटनगरका व्यवसायी गोपाल मुदण्डाको घरमा गरिएको प्रहरी छापामारी प्रकरणमा नेपाल प्रहरी प्रधान कार्यालयले सूचनाको प्रमाणीकरण (भेरिफाइ) प्रक्रि...
श्रावण २२ गते, २०८३ - १३:५५
काठमाडौं । नेपाल शिक्षक महासंघले आफ्ना शैक्षिक तथा पेसागत मागहरू सम्बोधन गराउन दबाबमूलक आन्दोलन सुरु गर्ने घोषणा गरेको छ। महासंघले आगामी भदौदेखि आन्दो...
श्रावण २२ गते, २०८३ - १३:४८
काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले सीमा विवादबारे दिएको अभिव्यक्तिको स्पष्टीकरण माग गर्दै विपक्षी दलहरूले प्रतिनिधिसभामा विरोध जारी राखेका छन्। प...
श्रावण २२ गते, २०८३ - १३:३३
काठमाडौँ । आर्थिक गतिविधिमा देखिएको सुस्तता र लगानी विस्तारका चुनौतीबारे राष्ट्रिय योजना आयोगले निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गरेको छ। छलफलमा आर्थि...



प्रतिकृया लेख्नुहोस्: