काठमाडौं । मेक्सिकोस्थित क्विनटाना रोका प्रहरीले एउटा निकै अचम्मको उजुरी पाएका छन् । त्यहाँकी एक महिलाले आफ्नी २३ वर्षीया छिमेकीमाथि देखिने गरी भित्री वस्त्र सुकाएकोमा आपत्ति जताउँदै उजुरी नै दर्ता गरेकी छिन् । उनको अनुसार ती छिमेकीले उनका श्रीमानलाई उत्तेजित पार्न यसो गरेकी हुन् ।
४२ वर्षकी युभित्जा इले आफ्नी ‘निर्लज्ज’ छिमेकीलाई ‘नैतिकता र सभ्यता’ बिर्सिएको आरोप लगाएकी छिन् । उनले प्रहरीलाई उनकी छिमेकीको व्यवहार कुनै संयोग नभएको बताएकी छिन् । उनले प्रहरीसमक्ष भनिन्, ‘मेरा श्रीमान् घरमा भएकै बेला, शनिबार दिउँसो उनले सधैँ आफ्नो थोङ्ग (भित्री वस्त्र) धोएर सुकाउँछिन् । मैले मेरा श्रीमानलाई सधैँ छिमेकीको भित्री वस्त्र घुरेर हेरेको देखेकी छु । मैले उनलाई मेरा श्रीमान्लाई उत्तेजित नबनाउन भने पनि उनले यसो गर्न छोडिनन् ।’
युभित्जाले प्रहरीलाई ती महिलालाई नैतिकता र सभ्यता बिर्सिएकोमा पक्राउ गर्न आग्रह गरेकी छिन् । तर प्रहरीले ती २३ वर्षीया महिलाले कानुन विपरीत केही पनि नगरेको भन्दै सम्झाए । प्रहरीले ती महिलाको घरमा गएर छिमेकी, महिलाका श्रीमान् र महिलालाई सँगै राखेर यस्ता खालका विवादबाट टाढै बस्न सल्लाह दिएको छ । एजेन्सीको सहयोगमा
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १२ गते, २०८२ - १७:२९
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई प्रतिनिधिसभा संसदीय दलको नेतामा चयन गर्ने निर्णय गरेको छ। आज...
चैत्र १२ गते, २०८२ - १७:१८
काठमाडौँ । सांसदको शपथ लिएलगत्तै प्रस्तावित प्रधानमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) सर्वोच्च अदालत ...
चैत्र १२ गते, २०८२ - १७:०५
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिबाट संसदीय दल गठनसम्बन्धी प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको छ। जारी केन्द्रीय सम...
चैत्र १२ गते, २०८२ - १६:५४
उर्लाबारी। टिप्परको ठक्करबाट मोरङको कानेपोखरी-७ मा एकजनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक डम्बर विश्वकर्माका अनुसार ब...
चैत्र १२ गते, २०८२ - १६:५४
उर्लाबारी। टिप्परको ठक्करबाट मोरङको कानेपोखरी-७ मा एकजनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक डम्बर विश्वकर्माका अनुसार ब...
चैत्र १२ गते, २०८२ - १६:४८
इथियोपिया। जिबुतीको तटमा आप्रवासी बोकेको डुङ्गा पल्टिएर दुर्घटनाग्रस्त भए पछि कम्तिमा नौ जना आप्रवासीको मृत्यु हुनुका साथै अन्य ४५ जना बेपत्ता भएको आप...
चैत्र १२ गते, २०८२ - १६:३२
काठमाडौँ। मकवानपुरको हेटौँडा उपमहानगरपालिकास्थित यातायात व्यवस्था कर्याालयमा कार्यरत अधिकृत (छैटौं) अमृत भेटुवालसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा ...
चैत्र १२ गते, २०८२ - १६:१८
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सांसदहरूलाई संसद्मा पार्टीका आधिकारिक विचार मात्रै राख्न निर्देशन दिएका छन्। बिहीबार पार्टी केन...
चैत्र १२ गते, २०८२ - १६:०७
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले हालै सम्पन्न निर्वाचनको परिणाम ‘जादुमय’ देखिएको टिप्पणी गरेका छन्। बिहीबार नवनिर्वाचित प्रतिनिध...
चैत्र १२ गते, २०८२ - १४:३६
काठमाडौँ । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले आज सिंहदरबारस्थित संसद्को अस्थायी भवनमा आयोजित सभामा पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रतिनिधिसभा...



प्रतिकृया लेख्नुहोस्: