Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

७ करोडको कारलाई ट्याक्सी बनाएपछि‘

खबरडबली संवाददाता

काठमाडौं । के तपाईंले कहिल्यै ७ करोड रुपैयाँको कार किनेर ट्याक्सीको रूपमा प्रयोग गरेको व्यक्ति देख्नुभएको छ ? सायद छैन । तर, चीनका एक जना मानिसले त्यस्तै गरे । चीनमा एक व्यक्तिले पहिले मर्सिडीज मेब्याक एस(४८० कार किनेका थिए र अहिले उनी यसबाट धेरै पैसा कमाइरहेका छन्। कारहाम्रोका अनुसार नेपालमा यो कारको मूल्य ६ करोडदेखि ७ करोड १५ लाखसम्म पर्छ ।

साउथ चाइना मर्निङ पोस्टका अनुसार यी व्यक्तिले अब आफ्नो कारमा एक यात्राको लागि लगभग ५ हजार युआनसम्म (९० हजार रूपैयाँ) लिन्छन्। यी व्यक्ति बेइजिङमा बस्छन् र ‘ओल्ड युआन ड्राइभ्स अ मेब्याक फर राइड–हेलिङ’ नामक सामाजिक सञ्जाल खाता चलाउँछन्। धेरै मानिसहरूलाई उनको अनौठो पेशा मन पर्छ र अहिले उनका लगभग १ लाख २० हजार फलोअर्स छन्।

युआन थर भएका यी व्यक्तिले विलासी सवारी साधनको व्यवसाय चलाइरहेका छन्। यी व्यक्तिले गत वर्ष नोभेम्बर १ मा १–५५ मिलियन युआनमा मेब्याक कार किनेका थिए र त्यसपछि ट्याक्सीको रूपमा काम गर्न थालेका थिए। हालै, सोही व्यक्तिले बिहान ६ः४५ बजे आफ्नो दिन सुरु गरेको र दिनभरि सवारी पूरा गरेर ४ हजार युआन कमाएको बताए।

उनी भन्छन्, ‘विलासी मेब्याक राइड(हेलिङ कार चलाउनु मेरो काम मात्र होइन, मेरो जीविकोपार्जन पनि हो।’ अहिले, मेब्याक मोडेल बेइजिङ र सांघाईमा राइड(हेलिङको लागि मात्र अर्डर गर्न सकिन्छ। अन्य शहरहरूमा यो कहिले उपलब्ध हुन्छ भन्ने कुरा अनिश्चित छ ।’

रिपोर्टका अनुसार, ती व्यक्तिले आफूले ६ लाख ८० हजार युआनको डाउन पेमेन्ट गरेको बताएका छन्, जसमध्ये ५ लाख युआन उनको छ वर्षको बचतबाट संकलन गरिएको थियो। यसपछि, बाँकी रकम पाँच वर्षको लागि ऋणको रूपमा लिइयो। यसको इएमआइ १४,४६६ युआन थियो।

युआनका अनुसार उनी महिनामा लगभग ४० वटा सवारी गर्छन् र केही यात्राहरूको लागि उनलाई ५ हजार युआन सम्मको भुक्तानी मिल्छ। ती व्यक्तिले आरामदायी जीवनशैली अपनाएर हरेक महिना लगभग १० हजार बचत गर्ने दाबी गर्छन्।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चार लेनको मादी पुल अन्तिम चरणमा

तनहुँ । मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी वैशाखभित्र सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको छ । व्यास नगरपालिका–...

अर्बकुना सुन्तला उत्पादन कृषक समूहद्वारा ८७ लाखको सुन्तला बिक्री

स्याङ्जा । स्याङ्जाको एउटै समूहले यस वर्ष ८७ लाख मूल्यको सुन्तला बिक्री गरेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–७ स्थित अर्बकुना सुन्तला उत्पादन कृषक...

मुस्ताङको ऐतिहासिक सांस्कृतिक गाउँ ‘झारकोट’ ओझेलमा

मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–१ मा अवस्थित हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर नजिकैको ‘झारकोट’ गाउँ प...

एमाले ११ औँ महाधिवेशन: उम्मेदवारीको अन्तिम नामावली सूचीसहित

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि उम्मेदवारीको अन्तिम नामावली सार्वजनिक भएको छ। केन्द्रीय निर्वाचन समितिले सार्वज...

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे, भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा हात्ती भैरहवा पुगेका छन् । बुधबार गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल हुँदै ती हात्...

मङ्गलाघाटमा पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी । बेनी नगरपालिका–७ मङ्गलाघाटमा स्थानीयवासीले सातमुरे पाखो सम्याएर ३५ मिटर लम्बाइ र १५ मिटर चौडाइ भएको खेलमैदान निर्माण गरेका छन्। बेनी नगरपाल...

कोरियाली पर्यटक भित्र्याउन टान–काटा बीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ ।  ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) र कोरिया एसोसिएसन अफ ट्राभल एजेन्ट्स (काटा) बीच द्विपक्षीय पर्यटन प्रवर्द्धन र सहकार्य सुदृढ गर्...

नेकपा (संयुक्त) ले सात प्रदेश सम्मेलन आयोजक संयोजक तोक्यो

घनश्याम भुसाल संयोजक रहेको दस्तावेज लेखन समिति गठन

एमाले महाधिवेशनप्रति भीम रावलको तीखाे प्रहार, ‘ओलीको निरंकुशता अहिले पुष्टि हुँदैछ’

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले नेकपा एमालेको जारी ११औँ महाधिवेशनप्रति कडा प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जालमार्फत प्रति...

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षौंदेखि अलपत्र पारेर रुग्ण बनाइएका सिँचाइतर्फका २२ वटा ठेक्का तोडिएको छ । ठेक्का तोडिएका आयोजनाहरुको क...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending