Khabar Dabali २७ श्रावण २०८३ बुधबार | 12th August, 2026 Wed
Investment bank

गृहमा १२९ कर्मचारी दरबन्दी थपिँदा सहसचिवको संख्या घट्यो

खबरडबली संवाददाता

काठमाडौँ । गृह मन्त्रालयले संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएण्डएम), २०८३ मार्फत मन्त्रालयअन्तर्गतका विभिन्न निकायको कर्मचारी दरबन्दी पुनरावलोकन गरेको छ। नयाँ संरचनाअनुसार गृह मन्त्रालयअन्तर्गत कुल १२९ कर्मचारीको दरबन्दी थप गरिएको छ भने सहसचिवको दरबन्दी घटाइएको छ।

नयाँ ओएण्डएमअनुसार गृह मन्त्रालयअन्तर्गत कर्मचारीको कुल दरबन्दी ४ हजार ४८२ बाट बढाएर ४ हजार ६११ पुर्‍याइएको छ। मन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफ्लेका अनुसार नयाँ संगठन तथा व्यवस्थापन सर्वेक्षणको प्रतिवेदन स्वीकृत भइसकेको छ।

नयाँ संरचनामा सचिवको एक दरबन्दी भने यथावत् राखिएको छ। प्रथम श्रेणीका सहसचिवको दरबन्दी भने उल्लेख्य रूपमा घटाइएको छ। यसअघि गृह मन्त्रालयअन्तर्गत ७५ सहसचिवको दरबन्दी रहेकोमा ९ वटा घटाएर ६६ कायम गरिएको छ।

त्यसको विपरीत उपसचिवसहित तल्लो तहका अधिकांश पदमा दरबन्दी बढाइएको छ। उपसचिवको दरबन्दी १५५ बाट बढाएर १६१ पुर्‍याइएको छ।

त्यस्तै शाखा अधिकृतको दरबन्दीमा ५३ थप गरिएको छ। यसअघि ५९१ रहेको शाखा अधिकृतको दरबन्दी अब ६४४ पुगेको छ।

नायब सुब्बाको दरबन्दीमा पनि ५१ थप गरिएको छ। १ हजार ३७० रहेको दरबन्दी बढाएर १ हजार ४२१ पुर्‍याइएको छ।

खरिदारतर्फ भने ३ दरबन्दी थप गरिएको छ। मन्त्रालयको साउन २५ गतेको निर्णयअनुसार खरिदारको दरबन्दी ७१४ बाट बढाएर ७१७ पुर्‍याइएको हो।

गृह मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवामा कार्यरत कर्मचारीको दरबन्दी पनि बढाइएको छ। स्वास्थ्य सेवातर्फ एकमुष्ट ८ दरबन्दी थप गरी १३८ बाट १४६ पुर्‍याइएको प्रवक्ता काफ्लेले जानकारी दिए।

त्यस्तै श्रेणीविहीन कर्मचारीको दरबन्दीमा १७ पद थप गरिएको छ। यसअघि १ हजार ४३८ रहेको यस्तो दरबन्दी अब १ हजार ४५५ पुगेको छ।

यसरी हेर्दा नयाँ ओएण्डएमले उच्च तहमा रहेको सहसचिवको संख्या घटाएर प्रशासनिक तथा सेवा प्रवाहसँग प्रत्यक्ष जोडिएका तल्लो तहका पदमा दरबन्दी विस्तार गरेको देखिन्छ।

मन्त्रालयले नयाँ दरबन्दी संरचना स्वीकृत गरिसके पनि यसको कार्यान्वयन भने भइसकेको छैन। गृह मन्त्रालयको प्रशासन महाशाखाका अनुसार नयाँ संगठन संरचना र दरबन्दीसम्बन्धी व्यवस्था छिट्टै कार्यान्वयनको चरणमा जानेछ।

WhatsApp Image 2026-08-12 at 15.11.12

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

थपलियालाई दलको नेताबाट हटाउन अविश्वासको प्रस्ताव दर्ता, किरणलाई नेता बनाउने तयारी

हेटौंडा । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ (जेएन) थपलियालाई पदबाट हटाउने प्रक्रिया अघि बढाइएको छ। एमाले प्रदेश संसदीय दलको कार्यालयम...

सल्यान जिप दुर्घटना अपडेट: भेरी नदीमा बेपत्ता दुई जनाको पहिचान खुल्यो

सल्यान। भेरी नदीमा जिप खस्दा गाडीसहित बेपत्ता भएका दुई जनाको पहिचान खुलेको छ। पश्चिम सल्यानको वनगाड कुपिण्डे नगरपालिका–१ अम्रास्थित छिन्चु–जाजरकोट सडक...

स्रोत नखुलेको ५१ लाख ३४ हजार रुपैयाँसहित एक जना पक्राउ

मलङ्गवा । सर्लाही प्रहरीले स्रोत नखुलेको ५१ लाख ३४ हजार रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ। ब्रह्मपुरी गाउँपालिका–२ स्थित राजदेवी मन्दिरअगाडि भेल...

जग्गा प्राप्तिसम्बन्धी पुरानो कानून संशोधन गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले निजी जग्गा प्राप्तिसम्बन्धी पुरानो कानून समयानुकूल संशोधन गर्न सरकारलाई निर्देशन दिएको छ। ओखलढुंगाका चोपिन्द्रबहादुर ता...

फिफाको निलम्बनपछि नेपाली फुटबल ठप्प, फुकुवा गर्न संवाद, सहकार्य र समन्वयमा जोड

काठमाडौँ। अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफाले) अखिल नेपाल फुटबल संघ (एन्फा)लाई निलम्बन गरेपछि नेपाली फुटबलको अन्तर्राष्ट्रिय गतिविधि प्रभावित भएको छ।...

एनसेलको शेयर खरिद–बिक्री छानबिन प्रतिवेदनले के देखायो ?

काठमाडौँ। सरकारले एनसेल आजियाटाको शेयर खरिद–बिक्रीसम्बन्धी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन, २०८० सार्वजनिक गरेको छ। मन्त्रिपरिषद्को मंगलबार बसेको ...

गृहमा १२९ कर्मचारी दरबन्दी थपिँदा सहसचिवको संख्या घट्यो

काठमाडौँ । गृह मन्त्रालयले संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएण्डएम), २०८३ मार्फत मन्त्रालयअन्तर्गतका विभिन्न निकायको कर्मचारी दरबन्दी पुनरावलोकन गरेको...

कोप–३१ मा सहभागी हुन प्रधानमन्त्री बालेनलाई टर्कीका राष्ट्रपतिको निमन्त्रणा

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) लाई जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय शिखर सम्मेलन कोप–३१ मा सहभागी हुन टर्कीका राष्ट्रपतिबा...

सरकारी कार्यालयबाट सेवा लिन नागरिकले पेस गर्ने निवेदनको ढाँचामा अब एकरूपता कायम

काठमाडौँ। सरकारी कार्यालयबाट सेवा लिन नागरिकले पेस गर्ने निवेदनको ढाँचामा अब एकरूपता कायम हुने भएको छ। सरकारले निवेदन प्रक्रियालाई सरल बनाउँदै सार्वजन...

भेरी नदीमा जिप खस्दा २ जना बेपत्ता, दुई जना घाइते

सुर्खेत । छिन्चु–जाजरकोट सडकखण्डअन्तर्गत सल्यानको बाङ्गिरहनजिकै जिप भेरी नदीमा खस्दा दुई जना बेपत्ता भएका छन्। दुर्घटनामा जिपमा सवार अन्य दुई जना भने ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending