काठमाडौं । सन् २०१५ को सेप्टेम्बर महिनामा एक अनौठो घटना देखियो । सन्मय वेद नाम गरेका एक भारतीय युवाले प्राविधिक गडबडीका कारण विश्वकै चर्चित डोमेन नेम ‘गुगल डटकम’ केवल ८०० भारुमा किने ।
गुजरातमा बस्दै आएका गुगलका तत्कालीन कर्मचारी सन्मय एक रात गुगल डोमेन्समा डोमेन नेम खोज्दै थिए । त्यही क्रममा उनले गुगल डटकम बिक्रीमा रहेको देखे । सुरुमा उनलाई यो एउटा प्राविधिक त्रुटि होला भन्ने लाग्यो । तर उत्सुकताले उनले किन्ने प्रक्रिया अगाडि बढाए ।
क्रेडिट कार्डबाट १२ डलर (त्यतिबेलाको लगभग ८०४ भारु) तिरेपछि उनी गुगल डटकमका मालिक बने । गुगल डोमेन्सको ड्यासबोर्डमा आफूलाई गुगल डटकमको मालिकको रूपमा देखेर उनी आश्चर्यचकित भए । “कारोबार सफल होला भनेर मैले सोचेकै थिइनँ । आखिर नययनभि।अयm डोमेन खरिद गर्न सफल भएँ । मेरो क्रेडिट कार्डबाट १२ डलर काटियो,” सन्मयले पछि अन्तर्वार्ताहरूमा भने ।
छोटो समयका लागि भएपनि उनले गुगल डटकमको प्रशासनिक काममा पहुँच पाए, जुन सामान्यतया डोमेन मालिकलाई मात्र उपलब्ध हुन्छ । तर, यो अधिकार एक मिनेटभन्दा बढी टिकेन । गुगलले तुरुन्तै उनको पहुँच बन्द गर्यो र कारोबार रद्द गर्यो ।
गुगलले यो घटनालाई स्वीकार्दै प्राविधिक त्रुटि भएको बताएको छ । साथै, गुगलले सन्मयको इमान्दारिता र पारदर्शिताको कदर गर्दै उनलाई पुरस्कृत गर्ने निर्णय गर्यो ।
फाइनान्सियल एक्सप्रेसका अनुसार सन्मयलाई गुगलले छ हजार छ डलर ९आजको विनिमय दर अनुसार करिब आठ लाख २५ हजार रुपैयाँ० पुरस्कार दिने प्रस्ताव गर्यो । उनले गुगललाई उक्त रकम भारतका गरिब बालबालिकाको सहयोगार्थ दान गर्न आग्रह गरे । गुगलले पनि सद्भाव देखाउँदै उक्त रकमको दोब्बर दान गर्यो ।
यो कुनै ठगी वा झुटो खबर थिएन, बरु एउटा दुर्लभ प्राविधिक त्रुटि थियो । डोमेन नेमको म्याद सकिने र नवीकरण गर्ने प्रक्रिया सामान्यतया स्वचालित हुन्छ । तर, कहिलेकाहीँ बलियो प्रणालीमा पनि त्रुटि हुन सक्छ ।
गुगलले त्रुटि स्वीकार्नु र सन्मयले इमान्दारीपूर्वक प्रतिक्रिया दिनुले यो घटना सकारात्मक सन्देश दिने खालको बन्यो । सन्मय वेदले गुगलको साम्राज्य त हात पारेनन्, तर उनले इन्टरनेट इतिहासको एउटा रोचक कहानीमा आफ्नो नाम लेखाए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १९ गते, २०८३ - ०७:४७
काठमाडौं । विद्यालय तहको पाठ्यक्रममा आठ वटा नयाँ विषय थपिने भएका छन्। पाठ्यक्रम विकास केन्द्रले तयार पारेका नयाँ पाठ्यक्रम स्वीकृतिका लागि शिक्षा तथा ...
श्रावण १९ गते, २०८३ - ०७:४३
काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे बस्ने भएको छ। बैठकमा वार्षिक प्रतिवेदन पेसदेखि भूमिहीन र सुकुमवासीको पुनःस्थापनासम...
श्रावण १९ गते, २०८३ - ०७:२७
काठमाडौं । लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्गमा यातायात सेवा प्रभावित भएको छ। नेपाल प्रहरीको मंगलबार बिहान सार्व...
श्रावण १९ गते, २०८३ - ०७:२५
जनकपुरधाम । सुनसरीको देवानगञ्ज घटनापछि तराई–मधेशका विभिन्न जिल्लामा बढेको साम्प्रदायिक तनाव समाधानका लागि गृहमन्त्री सुधन गुरुङको नेतृत्वमा सरकार र हि...
श्रावण १९ गते, २०८३ - ०७:२३
काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव आज पनि कायम रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको ...
श्रावण १८ गते, २०८३ - ०९:४८
सर्लाही । सर्लाही प्रहरीले १०९ किलो गाँजासहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार सोमबार बिहान लालबन्दी नगरपालिका–१ स्थित पूर्व–पश...
श्रावण १८ गते, २०८३ - ०९:४५
झापा । झापाको कन्काई नगरपालिका–४ कोटीहोममा पिकअप गाडीको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार सोमबार बिहा...
श्रावण १८ गते, २०८३ - ०९:३७
काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले काठमाडौं उपत्यकासहित देशका २५ भन्दा बढी जिल्लाका साना नदी तथा खोलामा आज आकस्...
श्रावण १८ गते, २०८३ - ०९:३१
काठमाडौं । लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्ग तथा सडक खण्ड प्रभावित भएका छन्। नेपाल प्रहरीले सोमबार बिहान साढे ६ बजेसम...
श्रावण १८ गते, २०८३ - ०९:२२
विराटनगर । नेकपा (एमाले) का सचिव तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीमाथि आफ्नै पार्टीभित्र राजनीतिक दबाब बढेको छ। पार्टी अध्यक्ष केपी शर...



प्रतिकृया लेख्नुहोस्: