काठमाडौं । सन् २०१५ को सेप्टेम्बर महिनामा एक अनौठो घटना देखियो । सन्मय वेद नाम गरेका एक भारतीय युवाले प्राविधिक गडबडीका कारण विश्वकै चर्चित डोमेन नेम ‘गुगल डटकम’ केवल ८०० भारुमा किने ।
गुजरातमा बस्दै आएका गुगलका तत्कालीन कर्मचारी सन्मय एक रात गुगल डोमेन्समा डोमेन नेम खोज्दै थिए । त्यही क्रममा उनले गुगल डटकम बिक्रीमा रहेको देखे । सुरुमा उनलाई यो एउटा प्राविधिक त्रुटि होला भन्ने लाग्यो । तर उत्सुकताले उनले किन्ने प्रक्रिया अगाडि बढाए ।
क्रेडिट कार्डबाट १२ डलर (त्यतिबेलाको लगभग ८०४ भारु) तिरेपछि उनी गुगल डटकमका मालिक बने । गुगल डोमेन्सको ड्यासबोर्डमा आफूलाई गुगल डटकमको मालिकको रूपमा देखेर उनी आश्चर्यचकित भए । “कारोबार सफल होला भनेर मैले सोचेकै थिइनँ । आखिर नययनभि।अयm डोमेन खरिद गर्न सफल भएँ । मेरो क्रेडिट कार्डबाट १२ डलर काटियो,” सन्मयले पछि अन्तर्वार्ताहरूमा भने ।
छोटो समयका लागि भएपनि उनले गुगल डटकमको प्रशासनिक काममा पहुँच पाए, जुन सामान्यतया डोमेन मालिकलाई मात्र उपलब्ध हुन्छ । तर, यो अधिकार एक मिनेटभन्दा बढी टिकेन । गुगलले तुरुन्तै उनको पहुँच बन्द गर्यो र कारोबार रद्द गर्यो ।
गुगलले यो घटनालाई स्वीकार्दै प्राविधिक त्रुटि भएको बताएको छ । साथै, गुगलले सन्मयको इमान्दारिता र पारदर्शिताको कदर गर्दै उनलाई पुरस्कृत गर्ने निर्णय गर्यो ।
फाइनान्सियल एक्सप्रेसका अनुसार सन्मयलाई गुगलले छ हजार छ डलर ९आजको विनिमय दर अनुसार करिब आठ लाख २५ हजार रुपैयाँ० पुरस्कार दिने प्रस्ताव गर्यो । उनले गुगललाई उक्त रकम भारतका गरिब बालबालिकाको सहयोगार्थ दान गर्न आग्रह गरे । गुगलले पनि सद्भाव देखाउँदै उक्त रकमको दोब्बर दान गर्यो ।
यो कुनै ठगी वा झुटो खबर थिएन, बरु एउटा दुर्लभ प्राविधिक त्रुटि थियो । डोमेन नेमको म्याद सकिने र नवीकरण गर्ने प्रक्रिया सामान्यतया स्वचालित हुन्छ । तर, कहिलेकाहीँ बलियो प्रणालीमा पनि त्रुटि हुन सक्छ ।
गुगलले त्रुटि स्वीकार्नु र सन्मयले इमान्दारीपूर्वक प्रतिक्रिया दिनुले यो घटना सकारात्मक सन्देश दिने खालको बन्यो । सन्मय वेदले गुगलको साम्राज्य त हात पारेनन्, तर उनले इन्टरनेट इतिहासको एउटा रोचक कहानीमा आफ्नो नाम लेखाए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ३० गते, २०८२ - १०:१८
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनमा केही चर्चित युवा नेताहरू केन्द्रीय सदस्यको सूचीमा स्थान बनाउन लागेका छन्। प्रतिनिधि मनोनयन पश्चात् यी नयाँ अ...
मंसिर ३० गते, २०८२ - १०:१०
मकवानपुर । मकवानपुरको मनहरी–६ सिस्नेरी पाखामा सिकार खेल्न गएका दुईजनामध्ये एक जनाको लडाइँबाट अन्यको मृत्यु भएको छ। राक्सिराङ–८ राजराङका ४५ वर्षीय ग...
मंसिर ३० गते, २०८२ - १०:०६
महासचिवमा प्रदीप ज्ञवालीको अडान, ओली–पोखरेल भिडन्त जारी
मंसिर ३० गते, २०८२ - १०:००
ईश्वर पोखरेल अध्यक्ष, महासचिवमा सुरेन्द्र पाण्डे तय
मंसिर ३० गते, २०८२ - ०९:४५
सिन्धुपाल्चोक । बाह्रबिसे–कोदारी राजमार्गअन्तर्गत पर्ने इको पहिरो दुई महिनाभित्र दीर्घकालीन रूपमा नियन्त्रण गरी बस्ती संरक्षणको काम थाल्ने सहमति भएपछि...
मंसिर ३० गते, २०८२ - ०९:३०
भोजपुर । भोजपुरका किसानका लागि सुन्तला खेती भरपर्दो आम्दानीको आधार बन्दै गएको छ। व्यावसायिक रूपमा सुन्तला उत्पादन गर्दै आएका किसानले बजार विस्तार र रा...
मंसिर ३० गते, २०८२ - ०९:१०
भत्किएका संरचना, स्क्र्याब र फुटपाथ अतिक्रमणले दुर्घटनाको जोखिम बढ्दो
मंसिर ३० गते, २०८२ - ०९:०५
खाेटाङ । राजनीति गर्दैमा अरू कुनै पेसा गर्न नहुने भन्ने मान्यता छैन। बरु राजनीतिलाई मात्रै पेसा बनाउँदा देशमा भ्रष्टाचार बढेको आरोप लाग्दै आएको छ। यही...
मंसिर ३० गते, २०८२ - ०८:४०
काठमाडौँ । सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन घोषणा गरेसँगै देशभर चुनावी माहोल तातेको छ। नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा लगायत दल...
मंसिर ३० गते, २०८२ - ०८:२५
काभ्रेपलाञ्चोक । इलाका प्रहरी कार्यालय मंगलटारको हिरासतभित्र रहेको शौचालयमा झुण्डिएको अवस्थामा एक युवक मृत फेला परेका छन्। भ्रेपलाञ्चोकको रोशी गाउँपाल...




प्रतिकृया लेख्नुहोस्: