सुर्खेत । छिन्चु–जाजरकोट सडकखण्डअन्तर्गत सल्यानको बाङ्गिरहनजिकै जिप भेरी नदीमा खस्दा दुई जना बेपत्ता भएका छन्। दुर्घटनामा जिपमा सवार अन्य दुई जना भने नदीबाट पौडिएर बाहिर निस्किन सफल भएका छन्।
जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता रमेश खत्रीका अनुसार दुर्घटनाका बेला जिपमा चार जना सवार थिए। तीमध्ये जिप चालक र जिप मालिक नदीमा बेपत्ता भएका हुन्।
दुर्घटनामा बनगाड कुपिण्डे नगरपालिका–१ का २९ वर्षीय प्रेम विक र २१ वर्षीय खुमलाल बुढाथोकी सामान्य घाइते भएका छन्। उनीहरू दुवै जना नदीमा पौडिएर बाहिर निस्किन सफल भएका थिए।
प्रहरीका अनुसार लु १ ज ३०२२ नम्बरको जिप छिन्चु–जाजरकोट सडकखण्डअन्तर्गत बनगाड कुपिण्डे नगरपालिका–१ बाङ्गिरहनजिकै सडकबाट करिब ५० मिटर तल खसेर भेरी नदीमा पुगेको थियो।
नदीमा बेपत्ता भएका चालक र जिप मालिकको खोजी भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे भने थप अनुसन्धान भइरहेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २७ गते, २०८३ - १६:४८
काठमाडौँ। अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफाले) अखिल नेपाल फुटबल संघ (एन्फा)लाई निलम्बन गरेपछि नेपाली फुटबलको अन्तर्राष्ट्रिय गतिविधि प्रभावित भएको छ।...
श्रावण २७ गते, २०८३ - १६:३९
काठमाडौँ। सरकारले एनसेल आजियाटाको शेयर खरिद–बिक्रीसम्बन्धी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन, २०८० सार्वजनिक गरेको छ। मन्त्रिपरिषद्को मंगलबार बसेको ...
श्रावण २७ गते, २०८३ - १६:२३
काठमाडौँ । गृह मन्त्रालयले संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएण्डएम), २०८३ मार्फत मन्त्रालयअन्तर्गतका विभिन्न निकायको कर्मचारी दरबन्दी पुनरावलोकन गरेको...
श्रावण २७ गते, २०८३ - १५:४६
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) लाई जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय शिखर सम्मेलन कोप–३१ मा सहभागी हुन टर्कीका राष्ट्रपतिबा...
श्रावण २७ गते, २०८३ - १५:३१
काठमाडौँ। सरकारी कार्यालयबाट सेवा लिन नागरिकले पेस गर्ने निवेदनको ढाँचामा अब एकरूपता कायम हुने भएको छ। सरकारले निवेदन प्रक्रियालाई सरल बनाउँदै सार्वजन...
श्रावण २७ गते, २०८३ - १५:२८
सुर्खेत । छिन्चु–जाजरकोट सडकखण्डअन्तर्गत सल्यानको बाङ्गिरहनजिकै जिप भेरी नदीमा खस्दा दुई जना बेपत्ता भएका छन्। दुर्घटनामा जिपमा सवार अन्य दुई जना भने ...
श्रावण २७ गते, २०८३ - १५:२१
विराटनगर। कोशी प्रदेश सरकारमा सहभागी नेपाली काङ्ग्रेसका चार मन्त्री र एक राज्यमन्त्रीले आज राजीनामा दिने भएका छन्। केन्द्रमा नेपाल कम्युनिस्ट पार्टी (...
श्रावण २७ गते, २०८३ - १५:०४
काठमाडौं । लुम्बिनी प्रदेशमा सरकार गठनका लागि नेकपा एमाले र नेकपाले नेकपा मसालसँग दुईबुँदे सहमति गरेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संय...
श्रावण २७ गते, २०८३ - १४:५१
काठमाडौं । थाइल्यान्डबाट १८ किलो गाँजा बोकेर नेपाल आएका दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा ३६ वर्षीय सञ्जीव कुमार र २६ वर...
श्रावण २७ गते, २०८३ - १४:०५
ओखलढुङ्गा । सिद्धिचरण नगरपालिका–५ डाँडाखर्क गाउँ मुनिबाट दुई दशकदेखि निरन्तर झरिरहेको पहिरो नियन्त्रण हुन नसक्दा पाँच घरपरिवार उच्च जोखिममा छन् । ...



प्रतिकृया लेख्नुहोस्: