Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

‘व्यवसाय सञ्चालनको विकल्प छैन’

खबरडबली संवाददाता
कास्की । गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराल (जीवन)ले जनस्वास्थ्यका मापदण्डलाई कडाइका साथ पालना गर्दै व्यवसाय सञ्चालन गर्नुपर्ने बताएका छन् ।
 
फेवा पर्यटन विकास समिति पोखरा–१८ द्वारा आज यहाँ आयोजित बधाई तथा शुभकामना कार्यक्रममा उनले विगत दुई वर्षदेखि कोरोनाको प्रभाव नेपालसहित विश्वव्यापी रहेको उल्लेख गर्दै व्यवसाय सञ्चालन गर्ने विषयमा अब ढिला गर्न नहुने बताए।
 
कोरोनाको प्रभाव अझै कति रहन्छ भन्ने अन्योल रहेको बताउँदै उहाँले प्रभाव लामो समय रहँदा हाम्रो अर्थतन्त्र नराम्रोसँग प्रभावित हुने भएकाले मापदण्ड पालना गर्दै व्यवसाय सञ्चालन गर्न दिनुपर्छ भन्ने पक्षमा आफू रहेको स्पष्ट पार्नुभयो ।
 
मानिस अब कोरोनाका अतिरिक्त भोक तथा ऋणले थप प्रभावित हुनसक्ने बताउँदै उनले कोरोनाबाट प्रभावित पर्यटन क्षेत्रलाई पुन:उत्थानका लागि कोरोनाविरुद्धको खोपको व्यवस्थापन सङ्घीय सरकारले छिटो गर्नुपर्ने आवश्यकता औँल्याए ।
 
पोखरा–१८ का वडाध्यक्ष रणबहादुर थापाले पोखरामा आउने अधिकांश पर्यटक यस क्षेत्रको भ्रमणमा आउने भए पनि राज्य पक्षबाट पर्याप्त मात्रामा लगानी हुन नसकेको गुनासो गरे।
 
फेवा नहर व्यवस्थापनलगायतका माग
 
यसैबीच अर्थमन्त्री बरालसँग पोखराको फेवा नहरलाई व्यवस्थापन गर्न माग गरिएको छ । पोखरा–१७ को जनजागरण टोल विकास संस्थाका तर्फबाट फेवा नहरका कारण हरेक वर्ष मानिससमेत बगाउने तथा अकालमा मृत्युवरण गर्नुपर्ने अवस्था भएको भन्दै नहरको व्यवस्थापन गर्न माग गरिएको हो ।
 
पोखरा महानगरपालिका–१७ का वडाध्यक्ष तीर्थराज अधिकारीले पोखरा पार्दीस्थित राम मन्दिरबाट पावरहाउस खेलमैदान जाने एक हजार २०० मिटर सडक स्तरोन्नति गर्न माग गरे । पावरहाउसमा करिब ५०० रोपनी जग्गामध्ये हाल साहसिक खेल गतिविधि सञ्चालन गर्न सकिने गरी १५२ रोपनी जग्गा प्रयोग गर्न मिल्ने अवस्थामा रहेको उनले जानकारी दिए ।
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जिल्ला कारागार कञ्चनपुरमा कैदीबन्दीबीच झडप, अवस्था तनावग्रस्त

काठमाडौं । जिल्ला कारागार कार्यालय कञ्चनपुरमा तनाव उत्पन्न भएको छ। कारागारभित्र रहेका कैदीबन्दीबीच विवाद भएपछि अवस्था तनावग्रस्त बनेको हो। तनाव भएक...

देउवाले उपसभापति र महामन्त्रीलाई छलफलमा बोलाए

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष तहका चार नेतालाई छलफलका लागि बोलाएका छन्। शनिबार बिहान ९ बजे बैठक बस्ने गरी उनले ...

जेनजी आन्दोलनका घाइते पत्रकारको उपचार सरकारले गर्छ : सञ्चारमन्त्री खरेल

काठमाडौँ । जेनजी युवा पुस्ताको आन्दोलनको रिपोर्टिङका क्रममा घाइते भएका पत्रकारको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ ।  शुक्रबार घाइते पत्रकारलाई न...

केन्द्रीय कमिटीमा ओलीले भने : पार्टी भित्रका असन्तुष्टि मिडियामा गएर नपोख्नु

काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेको काँधमा अहिले असाधारण जिम्मेवारी रहेको बताएको छन्।  ११ औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन...

अमेरिकाले एकै दिन गर्याे ७५ नेपाली डिपोर्ट

काठमाडौँ । अमेरिकाले अवैध रूपमा बसोबास गर्दै आएका तथा कानुनको पालना नगरेका ७५ जना नेपालीलाई एकै दिन डिपोर्ट गरेको छ। उनीहरूलाई बिहीबार दिउँसो चार्टर्ड...

बैठकको नेताको मोबाइल फोन बज्दा ओलीले आपत्ति

एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली आवरणको पार्टी होइन

जेनजी आन्दोलनका घाइते पत्रकारलाई सम्मान

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनका क्रममा घाइते भएका पत्रकारलाई सम्मान गरेको छने । शुक्रबार मन्त्रालयमा विशेष क...

रवि लामिछालाई भरतपुरबाट गाडिमा रुपन्देही लगिँदै

चितवन । चितवनको भरतपुरबाट रास्वपा सभापति रवि लामिछानेलाई अहिले रुपन्देहीतर्फ लगिँदैछ। भैरहवा विमानस्थलमा घना हुस्सु ९कुहिरो०का कारण उडान नखुलेपछि उनी ...

बाँसलाई निर्माण सामाग्रीको रुपमा प्रयोग गरौँ : मन्त्री घिसिङ

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र  शहरी विकासमन्त्री कुलमान घिसिङले बाँसवाट निर्माण हुने संरचनाको डिजाइन सम्बन्धी मार...

अमेरिकाले स्थगित गर्याे ‘ग्रीन कार्ड लटरी’

काठमाडौँ । अमेरिकाले ‘ग्रीन कार्ड लटरी’ योजना अस्थायी रूपमा स्थगित गरेको छ। यो निर्णय ब्राउन युनिभर्सिटीमा दुई जनाको ज्यान जाने गोलीकाण्डपछि अमेरिकी र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending