Khabar Dabali २८ श्रावण २०८३ बिहीबार | 13th August, 2026 Thu
Investment bank

‘व्यवसाय सञ्चालनको विकल्प छैन’

खबरडबली संवाददाता
कास्की । गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराल (जीवन)ले जनस्वास्थ्यका मापदण्डलाई कडाइका साथ पालना गर्दै व्यवसाय सञ्चालन गर्नुपर्ने बताएका छन् ।
 
फेवा पर्यटन विकास समिति पोखरा–१८ द्वारा आज यहाँ आयोजित बधाई तथा शुभकामना कार्यक्रममा उनले विगत दुई वर्षदेखि कोरोनाको प्रभाव नेपालसहित विश्वव्यापी रहेको उल्लेख गर्दै व्यवसाय सञ्चालन गर्ने विषयमा अब ढिला गर्न नहुने बताए।
 
कोरोनाको प्रभाव अझै कति रहन्छ भन्ने अन्योल रहेको बताउँदै उहाँले प्रभाव लामो समय रहँदा हाम्रो अर्थतन्त्र नराम्रोसँग प्रभावित हुने भएकाले मापदण्ड पालना गर्दै व्यवसाय सञ्चालन गर्न दिनुपर्छ भन्ने पक्षमा आफू रहेको स्पष्ट पार्नुभयो ।
 
मानिस अब कोरोनाका अतिरिक्त भोक तथा ऋणले थप प्रभावित हुनसक्ने बताउँदै उनले कोरोनाबाट प्रभावित पर्यटन क्षेत्रलाई पुन:उत्थानका लागि कोरोनाविरुद्धको खोपको व्यवस्थापन सङ्घीय सरकारले छिटो गर्नुपर्ने आवश्यकता औँल्याए ।
 
पोखरा–१८ का वडाध्यक्ष रणबहादुर थापाले पोखरामा आउने अधिकांश पर्यटक यस क्षेत्रको भ्रमणमा आउने भए पनि राज्य पक्षबाट पर्याप्त मात्रामा लगानी हुन नसकेको गुनासो गरे।
 
फेवा नहर व्यवस्थापनलगायतका माग
 
यसैबीच अर्थमन्त्री बरालसँग पोखराको फेवा नहरलाई व्यवस्थापन गर्न माग गरिएको छ । पोखरा–१७ को जनजागरण टोल विकास संस्थाका तर्फबाट फेवा नहरका कारण हरेक वर्ष मानिससमेत बगाउने तथा अकालमा मृत्युवरण गर्नुपर्ने अवस्था भएको भन्दै नहरको व्यवस्थापन गर्न माग गरिएको हो ।
 
पोखरा महानगरपालिका–१७ का वडाध्यक्ष तीर्थराज अधिकारीले पोखरा पार्दीस्थित राम मन्दिरबाट पावरहाउस खेलमैदान जाने एक हजार २०० मिटर सडक स्तरोन्नति गर्न माग गरे । पावरहाउसमा करिब ५०० रोपनी जग्गामध्ये हाल साहसिक खेल गतिविधि सञ्चालन गर्न सकिने गरी १५२ रोपनी जग्गा प्रयोग गर्न मिल्ने अवस्थामा रहेको उनले जानकारी दिए ।
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

थपलियालाई दलको नेताबाट हटाउन अविश्वासको प्रस्ताव दर्ता, किरणलाई नेता बनाउने तयारी

हेटौंडा । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ (जेएन) थपलियालाई पदबाट हटाउने प्रक्रिया अघि बढाइएको छ। एमाले प्रदेश संसदीय दलको कार्यालयम...

सल्यान जिप दुर्घटना अपडेट: भेरी नदीमा बेपत्ता दुई जनाको पहिचान खुल्यो

सल्यान। भेरी नदीमा जिप खस्दा गाडीसहित बेपत्ता भएका दुई जनाको पहिचान खुलेको छ। पश्चिम सल्यानको वनगाड कुपिण्डे नगरपालिका–१ अम्रास्थित छिन्चु–जाजरकोट सडक...

स्रोत नखुलेको ५१ लाख ३४ हजार रुपैयाँसहित एक जना पक्राउ

मलङ्गवा । सर्लाही प्रहरीले स्रोत नखुलेको ५१ लाख ३४ हजार रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ। ब्रह्मपुरी गाउँपालिका–२ स्थित राजदेवी मन्दिरअगाडि भेल...

जग्गा प्राप्तिसम्बन्धी पुरानो कानून संशोधन गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले निजी जग्गा प्राप्तिसम्बन्धी पुरानो कानून समयानुकूल संशोधन गर्न सरकारलाई निर्देशन दिएको छ। ओखलढुंगाका चोपिन्द्रबहादुर ता...

फिफाको निलम्बनपछि नेपाली फुटबल ठप्प, फुकुवा गर्न संवाद, सहकार्य र समन्वयमा जोड

काठमाडौँ। अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफाले) अखिल नेपाल फुटबल संघ (एन्फा)लाई निलम्बन गरेपछि नेपाली फुटबलको अन्तर्राष्ट्रिय गतिविधि प्रभावित भएको छ।...

एनसेलको शेयर खरिद–बिक्री छानबिन प्रतिवेदनले के देखायो ?

काठमाडौँ। सरकारले एनसेल आजियाटाको शेयर खरिद–बिक्रीसम्बन्धी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन, २०८० सार्वजनिक गरेको छ। मन्त्रिपरिषद्को मंगलबार बसेको ...

गृहमा १२९ कर्मचारी दरबन्दी थपिँदा सहसचिवको संख्या घट्यो

काठमाडौँ । गृह मन्त्रालयले संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएण्डएम), २०८३ मार्फत मन्त्रालयअन्तर्गतका विभिन्न निकायको कर्मचारी दरबन्दी पुनरावलोकन गरेको...

कोप–३१ मा सहभागी हुन प्रधानमन्त्री बालेनलाई टर्कीका राष्ट्रपतिको निमन्त्रणा

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) लाई जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय शिखर सम्मेलन कोप–३१ मा सहभागी हुन टर्कीका राष्ट्रपतिबा...

सरकारी कार्यालयबाट सेवा लिन नागरिकले पेस गर्ने निवेदनको ढाँचामा अब एकरूपता कायम

काठमाडौँ। सरकारी कार्यालयबाट सेवा लिन नागरिकले पेस गर्ने निवेदनको ढाँचामा अब एकरूपता कायम हुने भएको छ। सरकारले निवेदन प्रक्रियालाई सरल बनाउँदै सार्वजन...

भेरी नदीमा जिप खस्दा २ जना बेपत्ता, दुई जना घाइते

सुर्खेत । छिन्चु–जाजरकोट सडकखण्डअन्तर्गत सल्यानको बाङ्गिरहनजिकै जिप भेरी नदीमा खस्दा दुई जना बेपत्ता भएका छन्। दुर्घटनामा जिपमा सवार अन्य दुई जना भने ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending