काठमाडौं । संस्कृति, साहित्य र कलाको लेखन, प्रकाशन र प्रसारण गर्दै आएको संसाक मासिकले ‘संसाक साहित्यिक सम्मान–२०७८’ घोषणा गरेको छ । संसाक मासिकले हरेक वर्षझैँ यस वर्ष पनि समीक्षा, काव्य, कविता, मुक्तक, नियात्रा र शीत विधामा कलम चलाउँदै आएका स्रष्टालाई सम्मान गर्न लागेको हो ।
संसाकयात्री नियात्रा सम्मानबाट रञ्जुश्री पराजुली (काठमाडौँ), संसाक अनामणि समीक्षा सम्मान अरुणबहादुर खत्री ‘नदी’ (काठमाडौँ), संसाक भद्रकुमारी केसी मुक्तक, हाइकु सम्मान अमित घिमिरे (सिन्धुपाल्चोक), संसाक तेज शोभा काव्य सम्मान रेनु थापा ‘मौनता’ (काठमाडौँ), संसाक कर्ण शीत सम्मान देवेन्द्रराज शाक्य (बुटवल) र संसाक गोपालराज मैयादेवी पाण्डे साहित्य सम्मानबाट साहित्यकार मेनुका चापागाईं (मोरङ)लाई सम्मान गर्न लागिएको हो ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) का निवर्तमान अध्यक्ष तथा साहित्यकार राधेश्याम लेकालीको संयोजकत्वमा मुक्तककार जसध्वज गुरुङ र पद्यकन्या बहुमुखी क्याम्पसका उपप्राध्यापक अनुपमा रेग्मी सदस्य रहेको समितिले उक्त पुरस्कार तथा सम्मानका लागि स्रष्टाहरु चयन गरेको हो । सम्मान वितरण कार्यक्रमका लागि कोरोना भाइरसको अवस्थालाई ध्यानमा राखेर उपयुक्त समय र स्थानको छनोट गरिने संसाक मासिकका सम्पादक एवं प्रकाशक उमेश पाण्डेले जानकारी दिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २७ गते, २०८३ - १७:१९
हेटौंडा । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ (जेएन) थपलियालाई पदबाट हटाउने प्रक्रिया अघि बढाइएको छ। एमाले प्रदेश संसदीय दलको कार्यालयम...
श्रावण २७ गते, २०८३ - १७:१०
सल्यान। भेरी नदीमा जिप खस्दा गाडीसहित बेपत्ता भएका दुई जनाको पहिचान खुलेको छ। पश्चिम सल्यानको वनगाड कुपिण्डे नगरपालिका–१ अम्रास्थित छिन्चु–जाजरकोट सडक...
श्रावण २७ गते, २०८३ - १७:०७
मलङ्गवा । सर्लाही प्रहरीले स्रोत नखुलेको ५१ लाख ३४ हजार रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ। ब्रह्मपुरी गाउँपालिका–२ स्थित राजदेवी मन्दिरअगाडि भेल...
श्रावण २७ गते, २०८३ - १६:५९
काठमाडौं । सर्वोच्च अदालतले निजी जग्गा प्राप्तिसम्बन्धी पुरानो कानून समयानुकूल संशोधन गर्न सरकारलाई निर्देशन दिएको छ। ओखलढुंगाका चोपिन्द्रबहादुर ता...
श्रावण २७ गते, २०८३ - १६:४८
काठमाडौँ। अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफाले) अखिल नेपाल फुटबल संघ (एन्फा)लाई निलम्बन गरेपछि नेपाली फुटबलको अन्तर्राष्ट्रिय गतिविधि प्रभावित भएको छ।...
श्रावण २७ गते, २०८३ - १६:३९
काठमाडौँ। सरकारले एनसेल आजियाटाको शेयर खरिद–बिक्रीसम्बन्धी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन, २०८० सार्वजनिक गरेको छ। मन्त्रिपरिषद्को मंगलबार बसेको ...
श्रावण २७ गते, २०८३ - १६:२३
काठमाडौँ । गृह मन्त्रालयले संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएण्डएम), २०८३ मार्फत मन्त्रालयअन्तर्गतका विभिन्न निकायको कर्मचारी दरबन्दी पुनरावलोकन गरेको...
श्रावण २७ गते, २०८३ - १५:४६
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) लाई जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय शिखर सम्मेलन कोप–३१ मा सहभागी हुन टर्कीका राष्ट्रपतिबा...
श्रावण २७ गते, २०८३ - १५:३१
काठमाडौँ। सरकारी कार्यालयबाट सेवा लिन नागरिकले पेस गर्ने निवेदनको ढाँचामा अब एकरूपता कायम हुने भएको छ। सरकारले निवेदन प्रक्रियालाई सरल बनाउँदै सार्वजन...
श्रावण २७ गते, २०८३ - १५:२८
सुर्खेत । छिन्चु–जाजरकोट सडकखण्डअन्तर्गत सल्यानको बाङ्गिरहनजिकै जिप भेरी नदीमा खस्दा दुई जना बेपत्ता भएका छन्। दुर्घटनामा जिपमा सवार अन्य दुई जना भने ...



प्रतिकृया लेख्नुहोस्: