Khabar Dabali १५ श्रावण २०८३ शुक्रबार | 31st July, 2026 Fri
Investment bank

स्वार्थ समूहको कब्जामा रहेको अर्थतन्त्रको बेथिति अब तोडिन्छ: अर्थमन्त्री डा.वाग्ले

खबरडबली संवाददाता

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको अर्थतन्त्र र राज्यका निकायमा रहेका बेथिति र निहित स्वार्थ समूहको प्रभावलाई तोड्न सरकार दृढताका साथ अघि बढेको बताएको छन् ।

आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै अर्थमन्त्री डा। वाग्लेले विगत १५ वर्षदेखि देशका विभिन्न अङ्गहरू निहित स्वार्थ समूहको कब्जामा रहेको दाबी गर्दै वर्तमान सरकार त्यसको अन्त्य गर्ने अभियानमा जुटेको बताए । उनले विगतमा राजनीतिक नेतृत्वदेखि राज्यका कतिपय निकायसमेत त्यस्ता समूहको प्रभावमा परेको तथ्यहरू उजागर भइरहेको उल्लेख गरे।

नेपालको इतिहासकै सबैभन्दा ठुलो वित्तीय घोटालाको फाइल अहिले न्यायिक प्रक्रियामा रहेको जानकारी दिँदै अर्थमन्त्री डा। वाग्लेले भने, “एक खर्ब रुपियाँभन्दा बढी बिगो मागदाबीसहित मुद्दा प्रक्रियामा छ । विगतमा देशका जिम्मेवार व्यक्ति र निकायहरू कसरी प्रभावित भएका थिए भन्ने कुरा यसले प्रष्ट पार्छ । हामीले अहिले अर्थतन्त्र र प्रशासनमा देखिएका तमाम गडबडी सफा गर्ने अभियान ९क्लिन अप दी मेस० सुरु गरेका छौँ ।”

अर्थमन्त्री डा। वाग्लेले स्वदेशमा केही हुँदैन भन्ने नकारात्मक भाष्य चिरेर युवाहरूलाई देशभित्रै अवसर दिलाउन सरकारले काम गरिरहेको बताए। युवाहरूलाई विदेशिनु नपर्ने वातावरण निर्माण गर्न नीतिगत सुधारका लागि सरकार सधैँ तयार रहेको उनको भनाइ थियो । मुलुकमा सुशासन र आर्थिक समृद्धिको जग बसाउन पाँच वर्षको स्पष्ट कार्ययोजना ९रोडम्याप०सहित सरकार अघि बढिरहेको उनले दाबी गरे।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनसरी घटनाप्रति एमालेको गम्भीर ध्यानाकर्षण: संयमता अपनाउन र सामाजिक सद्भाव कायम गर्न अपिल

काठमाडौं । नेकपा (एमाले)ले सुनसरीको देवानगञ्ज गाउँपालिकामा पछिल्ला दिनमा उत्पन्न तनावपूर्ण अवस्थाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। एमाले अध्य...

प्रतिनिधिसभा बैठक पाँच दिनका लागि स्थगित, अर्थसम्बन्धी विधेयक समितिमा पठाइयो

काठमाडौं । प्रतिनिधिसभाको बैठक पाँच दिनका लागि स्थगित भएको छ। बिहीबार बसेको बैठकले ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २...

मृतकका परिवारलाई भेट्न सुनसरी जादै गृहमन्त्री गुरुङ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ सुनसरीको देवानगञ्ज पुगेर हालैको घटनामा ज्यान गुमाएका दुवै व्यक्तिका परिवारसँग भेट गर्ने भएका छन्। गृहमन्त्री गुरुङ...

वीरगञ्जमा निषेधाज्ञा लागू, पाँच जनाभन्दा बढी भेला हुन रोक

काठमाडौं । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ। जिल्ला सुरक्षा समितिको निर्णयअनुसार बि...

प्रधानमन्त्री शाहले आजै राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आज राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी गरेका छन्। प्रधानमन्त्री निकट स्रोतका अनुसार सुनसरीमा भएको घटनापछि विकस...

सुनसरी–मधेशको अवस्थाबारे छलफल गर्न रवि लामिछानेले बोलाए रास्वपा सांसदको आकस्मिक बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले कोशी र मधेश प्रदेशबाट प्रतिनिधित्व गर्ने पार्टीका सांसदहरूको आकस्मिक बैठक बोला...

गोली लागेर घाइते विकास ठाकुरको अवस्था गम्भीर, हेलिकोप्टरबाट थप उपचारका लागि पठाइयो

जनकपुरधाम । सिरहाको गोलबजारमा प्रदर्शनका क्रममा गोली लागेर घाइते भएका अर्का युवक विकास ठाकुरको स्वास्थ्य अवस्था गम्भीर बनेको छ। जिल्ला प्रशासन कार्...

गृहमन्त्री गुरुङ सुनसरी जाने

काठमाडौं । सुनसरीमा विकसित सुरक्षा अवस्थाको अनुगमन तथा समन्वयका लागि गृहमन्त्री सुधन गुरुङ सुनसरी जाने भएका छन्। प्रधानमन्त्री बालेन शाहसँग छलफल गर...

सिरहामा तनाव थप चर्कियो, एबी मलमा आगजनी

काठमाडौं। सिरहामा प्रदर्शन हिंसात्मक बन्दै गएपछि आगजनी र तोडफोडका घटना बढ्न थालेका छन्। बिहीबार बिहानदेखि चर्किएको प्रदर्शनका कारण जिल्लाको सुरक्षा अव...

सिरहाको गोलबजारमा गोली लागेर एकजनाको मृत्यु

जनकपुरधाम । सिरहाको गोलबजारमा जारी तनावका बीच गोली लागेर एकजनाको मृत्यु भएको छ। कर्फ्यु आदेश लागू रहेकै बेला दुई पक्षबीचको झडप थप चर्किएपछि क्षेत्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending