Khabar Dabali २२ जेष्ठ २०८३ शुक्रबार | 5th June, 2026 Fri
Investment bank

विवादले रोकियो सडक निर्माण, दुई करोड बजेट फ्रिज

खबरडबली संवाददाता

चितवन। सुगम जिल्लाका रूपमा चिनिने चितवनमै यस्तो बस्ती छ, जहाँ विद्यालय पुग्नसमेत जोखिमपूर्ण बाटो हिँड्नुपर्ने बाध्यता छ। पूर्वी चितवनको राप्ती नगरपालिका–१३ स्थित कान्दा बस्तीमा सडक नपुग्दा स्थानीयवासी र विद्यार्थीले अझै पनि भिरपाखा हुँदै आवतजावत गर्नुपरेको छ।

कान्देश्वरी आधारभूत विद्यालयसम्म पुग्ने आठ किलोमिटर सडक निर्माणका लागि पछिल्ला पाँच वर्षमा दुई करोड रुपियाँभन्दा बढी बजेट विनियोजन भए पनि हालसम्म करिब दुई किलोमिटर मात्र ट्र्याक खोलिएको छ। त्यो पनि चारपाङ्ग्रे सवारी कहिलेकाहीँ मात्र पुग्ने अवस्था रहेको स्थानीय बताउँछन्। बाँकी छ किलोमिटर क्षेत्रमा झाडी र भिरपाखा समातेर यात्रा गर्नुपर्ने बाध्यता छ।

राप्ती नगरपालिका–१३ को वडा कार्यालयदेखि कान्दा जोड्ने सडक निर्माणका लागि विगत पाँच वर्षदेखि बजेट विनियोजन हुँदै आए पनि कामले गति लिन सकेको छैन। स्थानीयबीच सहमति नहुँदा उपभोक्ता समिति गठन गर्न नसकिएको र त्यसकै कारण बजेट खर्च हुन नसकेको जनप्रतिनिधिहरू बताउँछन्।

करिब १५ वर्षअघि कान्दाका चेपाङ बालबालिकाले विषालु जङ्गली च्याउ खाँदा एकै परिवारका दुई बालिकासहित आठ जनाको मृत्यु भएको घटना सार्वजनिक भएपछि उक्त क्षेत्रको विकासमा विभिन्न तहबाट चासो बढेको थियो। त्यसपछि सडकलगायत पूर्वाधार विकासका लागि पहल भए पनि अपेक्षित प्रगति हुन सकेको छैन।

राप्ती नगरपालिकाका प्रमुख शमशेर लामाका अनुसार २०७९ सालको स्थानीय तह निर्वाचनअघि सङ्घीय सरकारमार्फत वडा नम्बर १३ देखि कान्दासम्म सडक निर्माणका लागि ५० लाख रुपियाँ बजेट विनियोजन भएको थियो। सो बजेटबाट सामान्य रूपमा डोजर लगाएर ट्र्याक खोल्ने काम भए पनि अपेक्षित उपलब्धि हासिल हुन सकेन।

नगरप्रमुख लामाले कान्देश्वरी आधारभूत विद्यालयसम्म पुग्ने सडक निर्माणका लागि नगरपालिकाले प्रत्येक वर्ष करिब ५० लाख रुपियाँ बजेट छुट्याउँदै आएको जानकारी दिए। तर, उपभोक्ता समिति गठन हुन नसक्दा बजेट कार्यान्वयन हुन नसकेको उनको भनाइ छ।

“सङ्घीय सरकारबाट आएको बजेटसमेत प्रभावकारी रूपमा खर्च हुन सकेन। नगरपालिकाले छुट्याएको बजेट पनि उपभोक्ता समिति गठन नहुँदा प्रयोग हुन सकेको छैन,” उनले भने, “चार वर्षदेखि प्रत्येक वर्ष ५० लाख रुपियाँ बजेट छुट्याइरहेको छु, तर स्थानीय एकजुट हुन नसक्दा काम अघि बढ्न सकेको छैन।”

वडा नम्बर १३ का अध्यक्ष अशोक प्रजाले आफू निर्वाचित भएयता सडक निर्माणका लागि एक करोड ४० लाख रुपियाँभन्दा बढी बजेट विनियोजन भइसकेको बताए। उनका अनुसार उपभोक्ता समिति गठन हुन नसक्दा काम रोकिएको हो। निर्माण कम्पनीमार्फत ठेक्का प्रक्रियाबाट काम अघि बढाउने प्रयाससमेत सफल हुन सकेन।

चालु आर्थिक वर्षमा पनि ३८ लाख रुपियाँ बजेट विनियोजन गरिएको छ। “अहिले बल्ल समिति गठन भएको छ, तर वर्षायाम सुरु भइसकेकाले काम कसरी अघि बढाउने भन्ने अन्योल छ,” वडा अध्यक्ष प्रजाले भने।

कान्देश्वरी आधारभूत विद्यालयका प्रधानाध्यापक बालकृष्ण थपलियाले हालसम्म करिब दुई किलोमिटर मात्र ट्र्याक खुलेको जानकारी दिए। “ट्र्याक खुलेको क्षेत्रमा पनि कहिलेकाहीँ मात्र बोलेरो पुग्छ। बाँकी बाटो भिरपाखा र झाडी हुँदै हिँड्नुपर्छ,” उनले भने, “खुट्टा चिप्लिएमा भीरबाट खसेर ज्यानसमेत जान सक्छ।”

उनका अनुसार विद्यालयमा आवासीय सुविधासहित १७६ जना विद्यार्थी अध्ययनरत छन्। “कान्दा र आसपासका बस्तीका विद्यार्थी गोरेटो बाटो हुँदै विद्यालय आउँछन्। नगरपालिकासम्म पुग्नसमेत निकै कठिन छ,” उनले भने, “हाम्रो समस्या कसले बुझ्ने ?”

प्रधानाध्यापक थपलियाले प्रत्येक वर्ष सडक निर्माणका लागि बजेट विनियोजन भएको जानकारी आए पनि स्थलगत रूपमा उल्लेखनीय काम नभएको गुनासो गरे। “असार लागेपछि कहिलेकाहीँ डोजर आएर पहाड कोतरेजस्तो गर्छ, वर्षा सुरु भएपछि काम रोक्छ, त्यसपछि फेरि देखिँदैन,” उनले भने।

वडा अध्यक्ष प्रजाका अनुसार कान्दा बस्तीमा ६५ घरधुरीको बसोबास छ। लामो समयदेखि सडक पुर्‍याउने प्रयास भइरहे पनि विभिन्न कारणले काम सम्पन्न हुन सकेको छैन।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गृह मन्त्रालयले एसएसपी सरुवा सच्यायो, उपत्यका ट्राफिकमा सुरेश काफ्ले पठाइए

काठमाडौँ । गृह मन्त्रालयले नेपाल प्रहरीका एसएसपीहरूको सरुवा सूची सच्याएको छ। जेठ १८ गते प्रधानमन्त्री तथा तत्कालीन गृहमन्त्री बालेन्द्र शाहको निर्णयअन...

परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान, द्विपक्षीय वार्तामा व्यापार–ऊर्जा लगायत विषयमा छलफल हुने

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल भारतको औपचारिक भ्रमणमा प्रस्थान गरेका छन्। उनी भारतीय विदेशमन्त्री एस। जयशंकरको निमन्त्रणामा २२ देखि २४ जेठसम्म...

संविधान संशोधन गर्दा धार्मिक मामिलामा कुनै फेरबदल नगर्न सुझाव

काठमाडौँ । पूर्वप्रधानन्यायाधीश एवं मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले संविधान संशोधन गर्दा यसको मूल मर्म, आधारभूत संरचना र प्रस्तावनालाई अक...

प्रधानमन्त्रीलाई मोबाइलमा के म्यासेज लेखेका रहेछन् सचिव कृष्णहरिले ?

काठमाडौँ । उपराष्ट्रपतिको कार्यालयमा कार्यरत नेपाल सरकारका सचिव कृष्णहरि पुष्करले राजदूत नियुक्तिका लागि सहयोग माग्दै प्रधानमन्त्री वालेन्द्र शाहलाई म...

संसद्मा पेश भएका आठ अध्यादेशको स्वीकृति प्रक्रिया अघि बढेन

काठमाडौं । सरकारले संसद्मा पेश गरेका आठ वटा अध्यादेशको स्वीकृति प्रक्रिया अझै अघि बढाएको छैन। संसद्को अधिवेशन नरहेका बेला जारी गरिएका यी अध्यादेशहरू स...

छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइन: कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोग, नेपालका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जेनजी विद्रोहपछि छ महिनाभित्रको निर्धारित समयमा प्रतिनिसभा सदस्...

विवादले रोकियो सडक निर्माण, दुई करोड बजेट फ्रिज

चितवन। सुगम जिल्लाका रूपमा चिनिने चितवनमै यस्तो बस्ती छ, जहाँ विद्यालय पुग्नसमेत जोखिमपूर्ण बाटो हिँड्नुपर्ने बाध्यता छ। पूर्वी चितवनको राप्ती नगरपालि...

राष्ट्रिय सभाको एक सिट साढे चार महिनादेखि रिक्त, ओम प्रकाश अर्यालको नाम अनुमोदन हुन सकेन

काठमाडौं । राष्ट्रिय सभाको एक मनोनित सदस्य पद साढे चार महिनादेखि रिक्त रहेको छ। राष्ट्रपतिबाट मनोनित सदस्य वामदेव गौतमले ४ माघ २०८२ मा राजीनामा दिएपछि...

सुनको मुल्य ह्वात्तै घट्यो, तोलाको कतिमा भइरहेको छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा रु दुई हजार १०० र चाँदी रु ५५ ले घटेको हो ।  नेपाल सुनचाँदी व्यवसाय महासङ्घका...

सामाजिक सञ्जालमार्फत धम्की: खोटाङमा एक महिलाको ज्यान गयो

खोटाङ। सामाजिक सञ्जालमार्फत दिइएको निरन्तर मानसिक यातना सहन नसकेपछि खोटाङमा एक महिलाले आत्महत्या गरेको खुलेको छ। अश्लील शब्द प्रयोग गर्ने, अश्लील भिडि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending