काठमाडौँ । राष्ट्रिय सतर्कता केन्द्रले सरकारी कार्यालयमा छड्के अनुगमनलाई तीव्रता दिएको छ ।
केन्द्रले दैनिक १० वटा कार्यालयमा छड्के अनुगमन गर्ने गरेको केन्द्रका सूचना अधिकारी सरिता खतिवडाले जानकारी दिए। उनले पाँच वटा समूह बनाएर कार्यालय समयमा हाजिरी, पोशाक, फाइल ट्रापिङजस्ताको अनुगमन गरिरहेको बताए।
उनका अनुसार गत साउनयता केन्द्रले एक हजार १३० कार्यालय अनुगमन गरेको छ । तीमध्ये छ हजार ७१० जना कर्मचारीले कार्यालय समय पालना नगरेको र एक हजार १६२ कर्मचारीले तोकिएको पोशाक नलगाएको पाइएको केन्द्रका सूचना अधिकारी खतिवडाले जानकारी दिए ।
सो क्रममा कतिपय कार्यालयमा दुई तीनपटकसमेत अनुगमन गरिएको छ । छड्के अनुगमनमा ती कर्मचारीलाई कारबाही गर्ने सिफारिस गरेको उनले बताए।
कर्मचारीलाई निजामती सेवा ऐन, २०४९ को दफा ५५ अनुसार सम्बन्धित कार्यालयले चेतावनी पत्र दिने र सोको अभिलेख कार्यालमा राखिने भएको छ ।
यस्तै, ऐनमा दुई पटकसम्म चेतावनी परिसकेका कर्मचारीलाई विभागीय कारबाही गर्ने व्यवस्था रहेको छ । केन्द्रले सात प्रदेशमा एकरएक जिल्लामा पनि अनुगमन गरिरहेको छ । जनसम्पर्क धेरै हुने जिल्लाका कार्यालयमा केन्द्रले अनुगमन गरिरहेको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २२ गते, २०८३ - ११:४६
काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा रु दुई हजार १०० र चाँदी रु ५५ ले घटेको हो । नेपाल सुनचाँदी व्यवसाय महासङ्घका...
जेष्ठ २२ गते, २०८३ - ११:३५
खोटाङ। सामाजिक सञ्जालमार्फत दिइएको निरन्तर मानसिक यातना सहन नसकेपछि खोटाङमा एक महिलाले आत्महत्या गरेको खुलेको छ। अश्लील शब्द प्रयोग गर्ने, अश्लील भिडि...
जेष्ठ २२ गते, २०८३ - ११:१७
काठमाडौँ । पूर्वप्रधानमन्त्री सुशीला कार्कीले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन विश्वकै लागि अध्ययन गर्न लायक रहेको बताएको छिन् । ...
जेष्ठ २२ गते, २०८३ - ११:००
काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य रहेको बताएको छन्। विश्व वातावरण दिव...
जेष्ठ २२ गते, २०८३ - १०:४७
काठमाडौं। प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक शुक्रबार स्थगित भएको छ। समितिको बैठक आज दिउँसो १ बजे बस्ने कार्यसूची तय गर...
जेष्ठ २२ गते, २०८३ - १०:३९
काठमाडौं । सरकारले अध्ययन बिदा तथा असाधारण बिदामा रहेका तर बिदा अवधि समाप्त भएपछि कार्यालयमा नियमित रूपमा हाजिर नभएका र लामो समयदेखि कार्यालयको सम्पर्...
जेष्ठ २२ गते, २०८३ - १०:२४
काठमाडौँ । राष्ट्रिय सतर्कता केन्द्रले सरकारी कार्यालयमा छड्के अनुगमनलाई तीव्रता दिएको छ । केन्द्रले दैनिक १० वटा कार्यालयमा छड्के अनुगमन गर्ने गर...
जेष्ठ २२ गते, २०८३ - १०:१६
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ मोटरसाइकल दुर्घटनामा परेका छन्। उदयपुरको बेलकामा आयोजित एक कार्यक्रममा सहभागी हुन कटारीबाट ज...
जेष्ठ २१ गते, २०८३ - १८:०४
ललितपुर । नेपाली कांग्रेसले बारा जिल्ला सभापति राजेश राय यादवलाई पदबाट निलम्बन गरेको छ। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्ट...
जेष्ठ २१ गते, २०८३ - १७:४१
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले प्रधानमन्त्री बालेन्द्र शाहको सीमा विवादसम्बन्धी अभिव्यक्तिको विरोध गर्दै बिहीबार काठमाडौंको माइतीघर मण...



प्रतिकृया लेख्नुहोस्: