अर्घाखाँची । ग्रामीण क्षेत्रमा आधारभूत स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यले करोडौँ रुपैयाँ लगानीमा निर्माण गरिएका अर्घाखाँचीका तीन वटा १५ शय्याका अस्पताल भवन जनशक्ति र सञ्चालन बजेट अभावका कारण प्रयोगविहीन बनेका छन्। निर्माण सम्पन्न भई सम्बन्धित स्थानीय तहलाई हस्तान्तरण गरिए पनि सेवा सञ्चालन हुन नसक्दा सरकारी लगानी अलपत्र परेको छ।
भूमिकास्थान नगरपालिका, मालारानी गाउँपालिका र पाणिनी गाउँपालिकामा निर्माण गरिएका अस्पताल भवन सञ्चालनमा आउन नसक्दा स्थानीयवासीले अपेक्षित स्वास्थ्य सेवा पाउन सकेका छैनन्। करिब ३८ करोड रुपैयाँ लागतमा निर्माण भएका यी संरचनाको उपयोग नहुँदा स्थानीय तहप्रति असन्तोषसमेत बढ्दै गएको छ।
भूमिकास्थान नगरपालिका–७ चिँदीचौरमा निर्माण गरिएको १५ शय्याको आधारभूत अस्पताल भवन करिब तीन वर्षदेखि सञ्चालनविहीन छ। सङ्घीय सरकारको करिब १२ करोड रुपैयाँ लागतमा निर्माण सम्पन्न भए पनि आवश्यक चिकित्सक तथा अन्य जनशक्ति व्यवस्थापन नहुँदा सेवा सुरु हुन सकेको छैन।
नगरप्रमुख झविलाल थापा ले सीमित स्रोतसाधनका कारण अस्पताल सञ्चालन गर्न कठिनाइ भइरहेको बताए। यस्तै, पूर्वनगरप्रमुख रेशम थापा ले सम्बन्धित मन्त्रालयमा पटक–पटक पहल गरिए पनि नीतिगत अस्थिरता र समन्वय अभावका कारण प्रक्रिया अघि बढ्न नसकेको बताए।
मालारानी गाउँपालिकाको खनदहमा करिब १३ करोड ५० लाख रुपैयाँ लागतमा निर्माण गरिएको १५ शय्याको अस्पताल भवन २०८१ सालमै हस्तान्तरण भए पनि सञ्चालनमा आउन सकेको छैन। प्रमुख प्रशासकीय अधिकृत गोविन्द भट्टराईका अनुसार आवश्यक जनशक्ति र स्रोत व्यवस्थापन नहुँदा भवन प्रयोगविहीन बनेको हो।
त्यस्तै, पाणिनी गाउँपालिकामा निर्माण गरिएको अस्पताल भवन पनि सञ्चालनको प्रतीक्षामै छ। पूर्वाधार तयार भए पनि आवश्यक चिकित्सक, स्वास्थ्यकर्मी र व्यवस्थापन संरचनाको अभावमा सेवा सुरु हुन नसकेको स्थानीय तहले जनाएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको मापदण्डअनुसार १५ शय्याको अस्पताल सञ्चालन गर्न नवौँ वा १०औँ तहका मेडिकल जनरलिस्टसहित करिब ३० जना जनशक्ति आवश्यक पर्छ। अस्पतालमा चिकित्सक, नर्स, प्रयोगशाला तथा रेडियो इमेजिङ प्राविधिक, फार्मेसी, प्रशासनिक तथा सहयोगी कर्मचारीको व्यवस्था अनिवार्य मानिन्छ।
अर्घाखाँची अस्पतालका प्रमुख जगन्नाथ तिवारी का अनुसार पर्याप्त जनशक्ति र स्रोत व्यवस्थापनबिना अस्पताल सञ्चालन सम्भव छैन। उनले बहिरङ्ग, आकस्मिक, अन्तरङ्ग, प्रयोगशाला, रेडियो इमेजिङ र फार्मेसी सेवा सञ्चालनका लागि आवश्यक संरचना तथा जनशक्ति अनिवार्य रहेको बताए।
स्थानीय तहले ठूलो संख्यामा जनशक्ति व्यवस्थापन र नियमित बजेट सुनिश्चित गर्न नसक्दा करोडौँ लगानीका भवन उपयोगविहीन बनेका हुन्। परिणामस्वरूप स्थानीय नागरिक सामान्य स्वास्थ्य सेवाका लागि समेत जिल्लाबाहिर जान बाध्य भइरहेका छन्।
स्थानीय बासिन्दा रोमाहर्ष खनाल ले सङ्घ, प्रदेश र स्थानीय सरकारबीच प्रभावकारी समन्वय गरी तत्काल अस्पताल सञ्चालनमा ल्याउनुपर्ने आवश्यकता औँल्याए । उनले अस्पताल सञ्चालनमा ढिलाइ हुँदा राज्यको लगानी खेर जानुका साथै समयसँगै भवनको मर्मतसम्भार खर्चसमेत बढ्दै जाने बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २२ गते, २०८३ - ०९:५६
अर्घाखाँची । ग्रामीण क्षेत्रमा आधारभूत स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यले करोडौँ रुपैयाँ लगानीमा निर्माण गरिएका अर्घाखाँचीका तीन वटा १५ शय्याका अ...
जेष्ठ २२ गते, २०८३ - ०९:४७
काठमाडौँ । सरकारले बागमती नदी तथा उपत्यकाका विभिन्न खोला किनारका अतिक्रमित क्षेत्र खाली गराएपछि ती स्थानको संरक्षण र सौन्दर्यीकरणको काम अघि बढाउने तया...
जेष्ठ २२ गते, २०८३ - ०९:४०
किभ । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई एक खुला पत्र लेख्दै युद्ध अन्त्यका लागि आमनेसामने (प्रत्यक्ष) वार्...
जेष्ठ २२ गते, २०८३ - ०९:३८
बुटवल । प्यूठानको झिमरुक गाउँपालिका–६ निन्युखर्ककी शान्ता कुमाल र उनका तीन छोरी गम्भीर आर्थिक संकटमा परेका छन्। दुवै मिर्गौला फेल भएपछि उपचारका क्रममा...
जेष्ठ २२ गते, २०८३ - ०९:२९
चितवन । माडीमा गुडिरहेको मोटरसाइकल अचानक बाघसँग ठोक्किँदा एकजना चालक घाइते भएका छन् । गयराति करिब ८:०० बजेको समयमा माडी नगरपालिका वडा नं. ९ स्थित रात...
जेष्ठ २२ गते, २०८३ - ०९:२५
काठमाडौं । काठमाडौं कुलेश्वरस्थित फलफूल बजारमा तराईका विभिन्न क्षेत्र, विशेषगरी लहान लगायतका क्षेत्रमा उत्पादित नेपाली आँप भित्रिन थालेपछि बजारमा चहलप...
जेष्ठ २२ गते, २०८३ - ०९:२२
नवलपुर । नवलपुरको कावासोती नगरपालिका–४ हसौराका मित्रबहादुर गाहा मगर व्यावसायिक तरकारी खेतीबाट वार्षिक सात लाख रुपैयाँसम्म आम्दानी गर्दै उदाहरणीय किसान...
जेष्ठ २२ गते, २०८३ - ०९:१७
काठमाडौं । गृह मन्त्रालयले सशस्त्र प्रहरी बलका सात जना नायब महानिरीक्षक (डीआईजी) को सरुवा र सात जनाको पदस्थापन गरेको छ । बिहीबार सशस्त्र प्रहरी बल, प्...
जेष्ठ २२ गते, २०८३ - ०९:१२
चितवन । भरतपुर कारागारका ५० जना कैदी भाइरल ज्वरोबाट पीडित भएका छन् । हालसम्म ५० जना कैदीमा यो समस्या देखिएको हो । जिल्ला कारागारका प्रमुख रवीन्द्र...
जेष्ठ २२ गते, २०८३ - ०९:०५
काठमाडौँ । मुलुकमा हाल उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा (ट्रफ) तथा स्थानीय वायुको आंशिक प्रभाव रहेकाले देशका विभिन्न क्षेत्रमा बदली र...



प्रतिकृया लेख्नुहोस्: